पाकिस्तानी अलराउन्डर नवाज चितवनबाट एनपीएल खेल्ने

पाकिस्तानी अलराउन्डर नवाज चितवनबाट एनपीएल खेल्ने
horizontal HDकाठमाडौं । पाकिस्तानका अलराउन्डर मोहम्मद नवाजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण चितवन राइनोजबाट खेल्ने भएका छन् । ३२ वर्षीय नवाज बायाँहाते ब्याटिङ र बायाँहाते स्पिन बलर नवाजलाई एनपीएलको तेस्रो सिजनका लागि अनुबन्ध गरेको घोषणा गरेको हो । नवाजले पाकिस्तानका लागि टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले पाकिस्तानबाट ९८ टी–२० अन्तर्राष्ट्रिय खेलमा ९११ रन बनाउनुका साथै बलिङमा पनि योगदान दिएका छन् । नवाज सन् २०१६ देखि पाकिस्तानको राष्ट्रिय टोलीमा छन् । उनी पाकिस्तान सुपर लिगलगायत विभिन्न टी–२० फ्रेन्चाइज प्रतियोगितामा पनि खेलेका छन् । मध्यक्रममा उपयोगी ब्याटिङ र स्पिन बलिङ गर्न सक्ने क्षमताका कारण उनी टोलीका लागि दुवै भूमिकामा उपयोगी मानिन्छन् । चितवनले यसअघि पाकिस्तानकै हसन अली, जिम्बाब्वेका सिकन्दर राजा र इंग्ल्यान्डका रवि बोपाराजस्ता अनुभवी विदेशी खेलाडीलाई पनि टोलीमा समेटेको छ । The post पाकिस्तानी अलराउन्डर नवाज चितवनबाट एनपीएल खेल्ने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा
खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत यस वर्षको दसैँमा माइतीघर आवतजावत गर्ने ६४२ छोरीचेलीलाई निःशुल्क मोटरबाइक सेवा दिएका छन् । सामाजिक सेवाको भावना बोकेका... ...

एसिया कपमा छनोट हुने नेपाली टोलीलाई ३० लाख पुरस्कार
काठमाडौं। नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी एसिया कपका लागि छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आइतबार आयोजित पत्रकार सम्मेलनमा उक्त पुरस्कार राशि सार्वजनिक गरेका हुन्। नेपालले गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ४४ रनले पराजित गर्दै दोस्रोपटक एकदिवसीय एसिया कपमा स्थान सुरक्षित गरेको थियो। अध्यक्ष चन्दले एसिया ...

दसैँमा ६४२ छोरीचेलीलाई नि:शुल्क मोटरबाइक सेवा
खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत यस वर्षको दसैँमा माइतीघर आवतजावत गर्ने ६४२ छोरीचेलीलाई नि:शुल्क मोटरबाइक सेवा दिएका छन् । सामाजिक सेवाको भावना बोकेका युवा समूहले दसैँको अवसर पारेर ४ दिन (कात्तिक ३ गतेदेखि ६ गतेसम्म) सञ्चालन गरेको अभियानमा ६४२ छोरीचेलीले नि:शुल्क मोटरबाइक सेवा दिएका हुन् । अभियानको […] ...

पादरीहरूबाट यौन दुर्व्यवहारमा परेका १३०० जनालाई ८० करोड डलर क्षतिपूर्ति दिन चर्च सहमत
न्युयोर्क । अमेरिकाको न्युयोर्कस्थित क्याथोलिक चर्चको आर्कडायोसेसले पादरीहरूबाट यौन दुर्व्यवहारमा परेका करिब १ हजार ३०० पीडितलाई ८० करोड डलरभन्दा बढी क्षतिपूर्ति दिन सहमति जनाएको छ । आर्कबिसप रोनाल्ड हिक्सले शनिबार पीडित... ...


