Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Others/२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

10/24/2026, 8:02:56 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का घटना भएका छन् । ती घटनामा परी आठ जना घाइते भएका छन् भने करिब रु २४ लाख १५ हजार बराबरको आर्थिक क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ६ गते बिहान १० बजेदेखि आज आजसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, लेक लाग्ने, पहिरो तथा जनावरको आक्रमणलगायत विपद्का घटना भएका हुन् । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सप्तरी, धादिङ, गोरखा, कञ्चनपुर र डडेल्धुरामा सर्पदंशका घटना भएका छन् । यस्तै, मोरङ, सुनसरी, बारा, नवलपरासी पूर्व, दाङ, सल्यान, कैलाली र डडेल्धुरामा आगलागीका घटना भएका छन् । त्यसैगरी, मनाङ र डोल्पामा लेक लाग्ने, म्याग्दीमा पहिरो तथा कास्की र कैलालीमा जनावरको आक्रमणका घटना भएका छन् । विभिन्न जिल्लामा भएका यी विपद्का घटनाबाट आठ जना घाइते भएका छन् । घटनामा मानवीय क्षति नभए पनि भौतिक सम्पत्तिमा क्षति पुगेको प्राधिकरणले जनाएको छ । विपद्मा परी घाइते भएकामध्ये केहीको सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि जिल्ला बाहिरका अस्पतालमा लगिएको छ । घटनाबाट भएको क्षतिको विवरण सङ्कलन तथा प्रभावित क्षेत्रमा आवश्यक व्यवस्थापनका लागि सम्बन्धित निकाय सक्रिय रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले विपद्को जोखिम देखिएमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गर्न र आधिकारिक सूचनाको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । विपद्का समयमा सतर्कता अपनाउनुका साथै जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्नसके सम्भावित जनधनको क्षति कम गर्न सकिने प्राधिकरणको सुझाव छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दाबी
OthersJust now

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दाबी

इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने प्रयास ‘उल्लेखनीय रूपमा बढाएको’ अमेरिकी राष्ट्रिय गुप्तचर प्रमुख जे क्लेटनले शुक्रबार चेतावनी दिएका छन् । यो चेतावनी यमनका हूथीहरूबाट बढ्दो आक्रमणपछि वासिङ्टनले यस हप्ता साउदी अरबबाट गैरआवश्यक अमेरिकी दूतावासका कर्मचारी र उनीहरूका परिवारलाई फिर्ता बोलाएको केही दिनपछि आएको हो । यो महिना साउदी अरबमा इरान समर्थित समूहबाट लगभग दैनिक आक्रमण भइरहेका छन् । तीमध्ये ...

पर्दाफास
कालीगण्डकी नदीमा पुरुषको शव फेला
OthersJust now

कालीगण्डकी नदीमा पुरुषको शव फेला

७ कात्तिक, स्याङ्जा । स्याङ्जाको कालीगण्डकी नदीमा पहिचान नखुलेका एक पुरुषको शव फेला परेको छ । कालीगण्डकी गाउँपालिका–१ पुलक्यामस्थित नदीको बीच भागमा ढुंगामा अड्किएको अवस्थामा शनिबार बिहान शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार बिहान करिब ११ बजे अन्दाजी ४० वर्षका पुरुषको शव फेला… ...

अनलाइन खबर
तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए
OthersJust now

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज तीन सवारीसाधन एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा १९ च १४७७ नम्बरको स्कारपिओ र विपरीत दिशाबाट आउँदै गरेको ग १ ज ९००८ नम्बरको ईभी माइक्रो एकआपसमा ठोक्किएका थिए । ठक्करपछि अनियन्त्रित भएको स्कारपिओ डिभाइडर नाघेर विपरीत लेनमा पुगेको र पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ज ...

पर्दाफास
४२.७२० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
OthersJust now

४२.७२० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका-६ बाट लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्ज र प्रहरी चौकी इनर्वाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले आज वीरगञ्ज महानगरपालिका–१६ बाट उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा तनहुँको म्याग्दे गाउँपालिका-६ का २८ वर्षीय अमित दर्जी र म्याग्दे गाउँपालिका-२ का २९ वर्षीय दीपक परियार रहेका छन्। उनीहरूको साथबाट ४२.७२० ग्राम खैरो ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play