Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

१६ वर्षपछि सुरु भयो भरतपुर महानगरपालिकाको ल्यान्डफिल साइट निर्माण कार्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
१६ वर्षपछि सुरु भयो भरतपुर महानगरपालिकाको ल्यान्डफिल साइट निर्माण कार्य
Photo / Coverage: केन्द्रबिन्दु

चितवन । ढिलै भए पनि अन्ततः भरतपुर महानगरपालिकाको ल्यान्डफिल साइट निर्माण १६ वर्षपछि अघि बढेको छ । महानगरपालिका–११ स्थित जलदेवी सामुदायिक वनको संरक्षित वन क्षेत्रमा रहेका दुई हजार ५०६ रुख कटान सुरु भएसँगै निर्माण प्रक्रियाले गति लिएको हो । उक्त क्षेत्रमा आज वृक्ष तथा भूमिपूजन गरी महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले रुख काटेर कटान कार्यको शुभारम्भ गर्नुभयो । महानगरपालिकाका कार्यवाहक प्रमुख अधिकारीले लामो समयदेखि रोकिएको फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको प्रक्रिया अघि बढ्नु महानगरका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। उनले फोहरलाई अव्यवस्थित रूपमा फाल्दै आएको अवस्थाको अन्त्य गरी आधुनिक र व्यवस्थित फोहर प्रशोधन केन्द्र निर्माण गर्ने लक्ष्य रहेको बताउनुभयो । उनले भने, “हामीले चाहेको फोहर प्रशोधन केन्द्र नेपालका ७५३ वटै स्थानीय तहमध्ये नमुना बन्न सकोस् भन्ने हो ।” उनले आधुनिक प्रविधिसहित विकास गर्न सार्वजनिक–निजी साझेदारी ९पिपिपी० मोडलमा लैजाने तयारी गरेको जानकारी दिए । भरतपुर महानगरपालिका–११ का वडाध्यक्ष कमलबहादुर मल्लले लामो समयदेखिको प्रयासपछि ल्यान्डफिल साइट निर्माण प्रक्रिया अघि बढ्नु महत्वपूर्ण उपलब्धि भएको जानकारी दिए । उनले २०६८ सालदेखि महानगरपालिकाका विभिन्न निकायको निरन्तर प्रयासपछि आजको अवस्थामा आइपुगेको उल्लेख गरे । ल्यान्डफिल साइटबाट उत्सर्जन हुने फोहरलाई वैज्ञानिक ढङ्गले प्रशोधन तथा व्यवस्थापन गरी वातावरण प्रदूषित हुन नदिने गरी महानगरपालिकाले काम गर्ने योजना अघि सारको छ । डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यले उक्त वन क्षेत्र चीन, नेपाल र भारतलाई जोड्ने महत्वपूर्ण करिडोरका रूपमा रहेको बताए । उनले यसलाई तीन देशबीचको मेरुदण्ड र घाँटीको संज्ञा दिँदै यस्तो महत्वपूर्ण वन क्षेत्रमा रुख कटान गर्नु वन संरक्षणकर्मीका लागि सुखद विषय नभएको बताए । ल्यान्डफिल साइटका लागि कटान गर्न लागिएका दुई हजार ५०६ रुखमध्ये एक हजार ६१९ सालका छन् । कूल रुखको करिब ६५ प्रतिशत सालका र बाँकी अन्य नरम प्रजातिका छन् । कटानबाट ३९ हजार ७९१ दशमलव ९३ घनफिट काठ र ५७ दशमलव ६६ चट्टा दाउरा उत्पादन हुने अनुमान गरिएको छ । कटानलाई व्यवस्थित बनाउन चारवटा प्लट निर्माण गरिएको छ । पाँच साताभित्र कटानको काम सम्पन्न गर्ने र त्यसपछि लिलामी प्रक्रिया अघि बढाएर माघको दोस्रो सातासम्ममा सम्पूर्ण क्षेत्र खाली गराउने लक्ष्य रहेको बताइन्छ । ल्यान्डफिल साइट निर्माणको प्रक्रिया तत्कालीन स्थानीय विकास मन्त्रालयको सचिवस्तरीय निर्णयबाट २०६६ फागुन ९ गते अघि बढेको थियो । जग्गा व्यवस्थापन, सट्टाभर्ना र वातावरणीय अध्ययनलगायत प्रक्रियाका कारण लामो समय काम रोकिएको थियो । भरतपुर महानगरपालिकाले वन विभागको खातामा रु पाँच करोड १९ लाख ७५ हजार जम्मा गरेपछि जग्गा व्यवस्थापनको प्रक्रिया अघि बढेको थियो । त्यसपछि वन विकास कोष र राजस्वबापत थप रकमसमेत जम्मा गरिएको आचार्यले जानकारी दिए । गत असोज १६ गते दोस्रो सम्झौता भएपछि वन कार्यालयले तत्कालै प्रक्रिया अघि बढाएको थियो । सम्झौताको ३२औँ दिनमा कटानका लागि आवश्यक प्रक्रिया पूरा भएको उनले बताए । उनले भने, “विधि र प्रक्रिया पूरा गर्ने हो भने वन कार्यालय कामको बाधक हिजो पनि थिएन, आज पनि छैन र भोलि पनि हुनेछैन । हामी केवल कानुनका नियामक हौँ, जनताका सहयोगी हौँ ।” आचार्यले ल्यान्डफिल साइटलाई नेपालकै नमुना बनाउने गरी विकास गर्न महानगरपालिकालाई अनुरोध गरे । भरतपुर महानगरपालिकाका वन तथा वातावरण महाशाखा प्रमुख विराट घिमिरेले ल्यान्डफिल साइट निर्माणका लागि २०६८ फागुन २२ गते वन तथा भू–संरक्षण मन्त्रालय र वन विभागसँग नौ दशमलव नौ हेक्टर जग्गा उपयोग गर्ने सम्झौता भएको जानकारी दिए । विभिन्न चरण पार गर्दै गत जेठ २६ गते बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) प्रतिवेदन स्वीकृत भएपछि निर्माण प्रक्रिया अघि बढेको उनले बताए । उनका अनुसार महानगरपालिकाले जग्गा व्यवस्थापन, वन विकास कोष, राजस्व तथा रुख कटानलगायत प्रयोजनका लागि विभिन्न चरणमा गरी रु सात करोड ६१ लाख सात हजार ७२० भुक्तानी गरिसकेको छ । उनले भने, “२०६८ सालदेखि हामी निरन्तर यो काममा लागिरहेका छौँ । विभिन्न प्रक्रिया पूरा गर्दै आज रुख कटानको चरणसम्म आइपुगेका छौँ ।” उनले ल्यान्डफिल साइट निर्माणको अवधारणा अघि बढाउने तत्कालीन कार्यकारी अधिकृत रामजी बराल, तत्कालीन समितिका अध्यक्ष पूर्णबहादुर श्रेष्ठ तथा पूर्वप्रमुख रेनु दाहाललगायत जनप्रतिनिधि र कर्मचारीको योगदान स्मरण गरे । उनले लामो समयदेखि रोकिएको उक्त कामलाई निष्कर्षमा पु¥याउन विभिन्न तहका जनप्रतिनिधि र कर्मचारीले निरन्तर पहल गरेको बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सडक सफाइको विषयमा सांसद आशिका र वडाध्यक्षबीच विवाद
Latest NewsJust now

सडक सफाइको विषयमा सांसद आशिका र वडाध्यक्षबीच विवाद

काठमाडौं । धादिङ क्षेत्र नम्बर १ की प्रतिनिधिसभा सदस्य आशिका तामाङ र थाक्रे गाउँपालिका–३ का वडाध्यक्ष विजय लामाबीच विवाद भएको छ । सडक सरसफाइको विषयलाई लिएर उनीहरूबीच वादविवाद भएको हो । सांसद तामाङले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा उनी वडाध्यक्ष लामाको कार्यकक्षमा पुगेर सडकको अवस्था राम्रो नभएको भन्दै प्रश्न गरिरहेको देखिन्छ । उनले सडक कतै पनि सफा नभएको र सडक बनाउन ...

केन्द्रबिन्दु
आईजीपी केसीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिन्ह
Latest NewsJust now

आईजीपी केसीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिन्ह

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीलाई गृहमन्त्री सुधन गुरुङले दन्र्यानी चिन्ह लगाइदिएका छन् । विगतमा गृह सचिवले आईजीपीलाई दज्र्यानी चिन्ह लगाइदिने परम्परा थियो । नेपाल प्रहरीमा ३४ औँ आईजीपी बनेका केसीलाई सरकारले आजै आईजीपी बनाउने निर्णय गरेको थियो । गृहमन्त्री गुरुङले आईजीपीलाई दज्र्यानी चिन्ह लगाइदिएपछि गृहसचिव केदारनाथ शर्माले पुष्पगुच्छा दिएर बधाई दिएका थिए । कार्यक्रममा सशस्त्र प्रहरीका आईजीपी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, प्रहरीका ...

कर्पोरट खबर
आईजीपी प्रकरणमा सरकार र पार्टीकै कुरा बाझियो : विश्वप्रकाश शर्मा
Latest NewsJust now

आईजीपी प्रकरणमा सरकार र पार्टीकै कुरा बाझियो : विश्वप्रकाश शर्मा

काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले प्रहरी महानिरीक्षक (आईजीपी) हटाउने विषयमा सरकार र सत्तारूढ दलका नेताहरूबाटै फरक–फरक अभिव्यक्ति आएको भन्दै व्यङ्ग्य गरेका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा शर्माले आईजीपी हटाउने निर्णयको आधार र त्यससँग जोडिएका घटनाक्रम पारदर्शी रूपमा सार्वजनिक गर्न सरकारसँग माग गरे। सरकारका प्रवक्ता पार्टीको निर्देशनमा आईजीपी हटाइएको बताउने तर पार्टीका प्रवक्ताले भने त्यस्तो निर्देशन नदिएको बताउने ...

नेपालन्युज
तिहारलाई माटोको दियो-पाला, पुर्खाको सीपमा नयाँपुस्ताको साथ (भिडियो रिपोर्ट)
Latest NewsJust now

तिहारलाई माटोको दियो-पाला, पुर्खाको सीपमा नयाँपुस्ताको साथ (भिडियो रिपोर्ट)

काठमाडौँ । उज्यालोको पर्व तिहार नजिकिएसँगै भक्तपुरका कुमाल समुदायलाई माटोका भाँडाकुँडा र दियो-पाला बनाउन भ्याइनभ्याई छ । तिहारमा घर–आँगन, कोठा झिलिमिली पार्न प्रयोग गरिने माटोका दियोको माग उच्च हुन्छ ।... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play