Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/१२ वर्ष अघिका श्रीलंकाली स्टार म्याथ्युज अहिले विराटनगर किङ्समा

१२ वर्ष अघिका श्रीलंकाली स्टार म्याथ्युज अहिले विराटनगर किङ्समा

10/23/2026, 7:46:55 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
१२ वर्ष अघिका श्रीलंकाली स्टार म्याथ्युज अहिले विराटनगर किङ्समा

काठमाडौं- यस सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) मा आबद्ध हुन आएका विदेशी क्रिकेटरमध्ये एन्जेलो म्याथ्युज सम्भवतः सबैभन्दा पाका खेलाडी हुन् । सन् १९८७ जुन २ मा कोलम्बोमा जन्मिएका उनी ३९ वर्ष पूरा भइसकेका छन् । फिटनेसका आधारमा उनको प्रदर्शनमा शङ्का गर्ने स्थान भए पनि उनको अनुभव विराटनगर किङ्सका लागि महत्त्वपूर्ण सावित हुन सक्नेछ । अलराउन्डर उनले ११९ टेस्ट खेल्दै ८२१ रन बनाएका छन् । यसैगरी २२६ एकदिवसीयमा ५ हजार ९१६ रन बनाएका छन् । यसअघि उनले लङ्का प्रिमियर लिग र आईपीएलमा सहभागिता जनाएका थिए । उनले सन् २०१४ मा भएको इङ्ल्यान्डविरुद्धको टेस्टमा पहिलो पारीमा ४ विकेट लिँदै ४४ रन खर्चेका थिए । दोस्रो पारीमा उनले १६० रन बनाएका थिए । सोही प्रदर्शनका कारण उनी म्यान अफ द म्याच पनि घोषित भएका थिए । उनको यसै प्रदर्शनका कारण श्रीलङ्काले टेस्टमा पनि अन्तिम बलमा सफलता पाएको थियो । त्यसअघि पनि उनले इङ्ल्यान्डसँगको खेलमा १०२ रनमात्र बनाएनन्, अन्तिम विकेट जोगाएर आफ्नो टोलीलाई हारबाट बचाएका थिए । सन् २०१४ मा उनी साँच्चै बेजोड फर्ममा थिए । अबुधावीमा पाकिस्तानसँग भएको खेलमा उनले ९१ रन र १५७ रन प्रहार गरेका थिए । त्यसमा उनी प्लेयर अफ द म्याच भएका थिए ।सन् २००९ मा कोलम्बोमा भारतसँग भएको एकदिवसीय खेलमा उनले ६ विकेट लिएका थिए । सन् २०१४ मा राँचीमा भारतसँग भएको एकदिवसीय खेलमा उनले १३९ रन बनाएका थिए । २८७ रनको लक्ष्य पछ्याएको भारतले ८ बल बाँकी रहँदा ७ विकेटको क्षतिमा पूरा गरेको थियो । लाहिरु थिरिमान ५२ रनमा आउट भए पनि अर्को छेउबाट ब्याटर आउट भए पनि उनी एक्लैले पारी सम्हालेर आफ्नो टोलीलाई सम्मानजनक स्कोर बनाउन सहयोग गरेका थिए । सो खेलमा उनले ७ ओभर बलिङ गरेर ३३ रन खर्चेर २ विकेट समेत लिएका थिए । सो खेलमा अनौठो संयोग देखिएको थियो । भारतीय कप्तान कोहली र श्रीलङ्काका कप्तान म्याथ्युज दुवै १३९ रनमा अविजित रहेका थिए । अहिले उनले सबैखाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका छन् । सन् २०१४ मा श्रीलङ्काले टी २० विश्वकप जित्दा उनी टोलीका मुख्य खेलाडी थिए । वेस्ट इन्डिजसँगको सेमिफाइनलमा उनले २३ बलमा ४० रन बनाएका थिए । भारतसँगको फाइनलमा २५ रन दिएर १ विकेट लिएका थिए । सन् २००९ को टी २० तथा २०११ को एकदिवसीय विश्वकपमा उनको टोली श्रीलङ्का उपविजेता बनेको थियो । सन् २०१२ को टी २० विश्वकपमा पनि श्रीलङ्का उपविजेता बनेको थियो । १२ वर्षअघि उनको बेजोड फर्म हेर्नेहरू अहिले पनि धेरै आशावादी छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

[अर्काइभ] यस्तो थियो २६ वर्षअघिको वार्षिक बजेट र राजस्व
ताजा खबरJust now

[अर्काइभ] यस्तो थियो २६ वर्षअघिको वार्षिक बजेट र राजस्व

२०५७ जेठ १७ मा अर्थमन्त्री महेश आचार्यले आर्थिक वर्ष २०५७/५८ का लागि ९१ अर्ब ६२ करोड १३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । त्यतिबेला राजस्व संकलनको लक्ष्य ५२ अर्ब ९८ करोड रुपैयाँ राखिएको थियो भने मुख्य सचिवको मासिक तलब १५ हजार रुपैयाँ पुगेको थियो । ...

कान्तिपुर
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्पमा परी १६ जनाको मृत्यु, ७६ घाइते
ताजा खबरJust now

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्पमा परी १६ जनाको मृत्यु, ७६ घाइते

उत्तरी तिब्बतको नाग्छु क्षेत्रमा गएको शक्तिशाली भूकम्पले ३३९ घर र २० पशु गोठ भत्काएको छ । भूकम्पपछि उद्धार तथा राहत कार्य जारी छ । ...

कान्तिपुर
बेँसीसहर-चामे सडक ६ दिनमा सञ्चालन
ताजा खबरJust now

बेँसीसहर-चामे सडक ६ दिनमा सञ्चालन

मनाङ। अविरल वर्षाका कारण अवरुद्ध बेँसीसहर: चामे सडकखण्ड पुनः सञ्चालनमा आएको छ। मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीको सहयोगमा छ दिनभित्रै सो सडक मर्मत गरी यातायात सेवा सुचारु गरिएको हो। गत असोजमा चार दिनसम्म परेको भारी वर्षाले सडकका विभिन्न स्थानमा पहिरो खस्नुका साथै बाढीले सडक कटान गरेको थियो। बुटवल पावर कम्पनीका संयोजक प्रतीकमानसिंह प्रधानले कम्पनीले आवश्यक उपकरण, जनशक्ति, इन्धन तथा अन्य सामग्री परिचालन ...

नेपालन्युज
पोखरा-दुबई उडानबाट एक महिनामा ६ हजार बढी यात्रु लाभान्वित
ताजा खबरJust now

पोखरा-दुबई उडानबाट एक महिनामा ६ हजार बढी यात्रु लाभान्वित

काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाइ दुबईले एक महिना पूरा गरेको छ। गत असोज ७ गतेदेखि सुरु भएको उक्त सेवाबाट हालसम्म ६ हजार ३६२ यात्रुले सेवा लिएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार एक महिनाको अवधिमा कुल ३० वटा उडान भएका छन्। जसमा दुबईबाट पोखरा आउने चार हजार ५२१ र पोखराबाट दुबई ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play