Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी

Share:WhatsAppFacebookX (Twitter)Telegram
होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी
Photo / Coverage: नेपालन्युज

तेहरान।स्ट्रेट अफ होर्मुजमा नौसैनिक बारुदी सुरुङमा ठोक्किएपछि दुई वटा तेल ट्याङ्करमा आगलागी भएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले जनाएको छ। सरकारी समाचार संस्था आईआरएनएका अनुसार, आइतबार आईआरजीसीले ती ट्याङ्करहरू अनधिकृत जलमार्ग प्रयोग गरी अघि बढ्ने क्रममा बारुदी सुरुङमा ठोक्किएको जनाएको हो। आईआरजीसीको विज्ञप्तिमा भनिएको छ, “नियम उल्लङ्घन गर्ने दुई तेल ट्याङ्करमध्ये एउटा स्ट्रेट अफ होर्मुजको पूर्वी भागमा र अर्को होर्मुज मध्यभित्र नौसैनिक बारुदी सुरुङमा ठोक्किएपछि आगलागी भएको हो।” ती ट्याङ्करहरूले नेभिगेसन र स्थान पहिचान प्रणाली बन्द गर्नेलगायतका नियमसमेत उल्लङ्घन गरेको इरानको दाबी छ। यद्यपि, इरानले ट्याङ्करहरूको नाम र राष्ट्रियता खुलाएको छैन। फेब्रुअरीको अन्त्यमा इरानमा युद्ध सुरु भएयता तेहरानले विश्वको प्रमुख ऊर्जा आपूर्ति मार्गमध्ये एक होर्मुजमा जहाज आवागमनमा कडा प्रतिबन्ध लगाउँदै आएको छ। इरानले आफ्नै अनुमतिमा तोकिएका जलमार्ग मात्र प्रयोग गर्न जहाजहरूलाई निर्देशन दिएको छ। यसको जवाफमा अमेरिकाले इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी लगाउनुका साथै ट्याङ्करहरूलाई उक्त जलमार्ग पार गर्न सहयोग गर्दै आएको छ। विश्वको कुल तेल खपतको करिब पाँच भागको एक भाग यही जलमार्गबाट ओसारपसार हुने गर्छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार, गर्मीयामयता खाडी राष्ट्रहरूलाई होर्मुज हुँदै एक अर्ब ५० करोड ब्यारेल तेल निर्यात गर्न अमेरिकाले सहयोग गरेको थियो। अमेरिकी सेनाले हालै उक्त जलमार्गबाट सबै बारुदी सुरुङ हटाइसकिएको दाबी समेत गरेको छ। यसैबीच, शनिबार राति इरानका विभिन्न स्थानमा विस्फोट जस्ता आवाज सुनिएको आईआरएनएले जनाएको छ। समाचार संस्थाका अनुसार केसम, सिरिक, जास्क र बन्दर अब्बासमा त्यस्ता आवाज सुनिएका थिए। ती आवाजको कारण भने खुलेको छैन। जास्क बन्दरगाह सहरमा कुनै वस्तु ठोक्किएको अधिकारीहरूले पुष्टि गरेको पनि आईआरएनएले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि इरानमाथि पुनः ठूलो सैन्य आक्रमण गर्ने सम्भावनाबारे चर्चा गरेका थिए। पछि उनले उक्त योजनाबाट पछि हटेको संकेत गरेका थिए । यद्यपि, अमेरिकी सेनाले इरानमाथि सीमित आक्रमण भने जारी राखेको छ। –रासस /एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लक्ष्मीपूजा, तिहार र छठमा विद्युत् आपूर्ति नियमित राख्न मन्त्री श्रेष्ठद्वारा कमाण्ड सेन्टरको निरीक्षण
Latest NewsJust now

लक्ष्मीपूजा, तिहार र छठमा विद्युत् आपूर्ति नियमित राख्न मन्त्री श्रेष्ठद्वारा कमाण्ड सेन्टरको निरीक्षण

काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले लक्ष्मीपूजा, तिहार तथा छठ पर्वका अवसरमा विद्युत् आपूर्ति व्यवस्थापनका लागि भइरहेका गतिविधिबारे जानकारी लिएका छन् । मन्त्री श्रेष्ठले आईतबार साँझ स्यूचाटारस्थित भार प्रेषण केन्द्र (लोड डिस्प्याच सेन्टर) मा रहेको केन्द्रीय कमाण्ड सेन्टरको निरीक्षण गर्दै विद्युत् आपूर्ति प्रणालीको पछिल्लो अवस्थाबारे जानकारी लिए । निरीक्षणका क्रममा उनले चाडपर्वको समयमा […] ...

काठमाण्डुपाटी
डोल्पा कारागारबाट फरार ६ कैदी पक्राउ, दुईको खोजी जारी
Latest NewsJust now

डोल्पा कारागारबाट फरार ६ कैदी पक्राउ, दुईको खोजी जारी

पक्राउ पर्नेमा त्रिपुरासुन्दरी–४ का हरिबहादुर बुढा र जाजरकोटको बारेकोट–१ का यज्ञ विक छन् । योसँगै फरार आठ कैदीमध्ये पक्राउ पर्नेको संख्या ६ पुगेको छ । ...

कान्तिपुर
यू–१९ एसिया कपः युएईसँग नेपाल सात विकेटले पराजित
Latest NewsJust now

यू–१९ एसिया कपः युएईसँग नेपाल सात विकेटले पराजित

काठमाडौं । ओमानमा जारी एसिसी यू–१९ एसिया पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले सात विकेटको हार व्यहोरेको हो । यस प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा नेपालले भारतविरुद्ध १० विकेटको पराजय व्यहोरेको थियो । युएईले भने प्रतियोगितामा जितको खाता खोलेको छ । आज नेपालले दिएको सामान्य १५४ रनको लक्ष्य युएईले ३४।४ ओभरमा सात विकेट ...

केन्द्रबिन्दु
यू–१९ एसिया कपः युएईसँग नेपाल ७ विकेटले पराजित
Latest NewsJust now

यू–१९ एसिया कपः युएईसँग नेपाल ७ विकेटले पराजित

ओमानमा नेपालले दिएको १५४ रनको लक्ष्य युएईले ३४.४ ओभरमा सात विकेट गुमाएर पूरा गर्दै नेपालको लगातार दोस्रो हार निश्चित गर्‍यो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play