Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

हेलिकप्टर दुर्घटनामा घाइते भएका तीन जनाको मेडिसिटीमा उपचार हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
हेलिकप्टर दुर्घटनामा घाइते भएका तीन जनाको मेडिसिटीमा उपचार हुँदै
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सोलुखुम्बूको फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकप्टर आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका तीन जनाको नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राज राणाका अनुसार, दुर्घटनामा घाइते फिस्टेल एयरका पाइलट रवीन्द्र प्रजापति, एयर डाइनेस्टीका पाइलट प्रज्ज्वल केसी तथा न्यूजील्याण्डका नागरिक शैलेश किसन पटेलकोको उक्त अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते तीनै जनालाई प्रभु हेलिकप्टरमार्फत उपचारका लागि नेपाल मेडिसिटी अस्पताल ल्याइएको थियो । उनका अनुसार घाइतेहरूलाई अस्पताल ल्याइए लगत्तै प्रारम्भिक स्वास्थ्य परीक्षण तथा आवश्यक चिकित्सकीय मूल्याङ्कन गरियो । परीक्षणपछि तीनै जनाको स्वास्थ्य अवस्थास्थिर र खतरामुक्त रहेको अस्पतालले जनाएको छ । घाइतेको स्वास्थ्य अवस्थाअनुसार थप परीक्षण, उपचार तथा निरन्तर निगरानी गरिने अस्पतालले जानकारी दिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तेहरानमा ट्रम्पलाई ज्यान मार्ने धम्कीसहितका विशाल होर्डिङ बोर्ड
Latest NewsJust now

तेहरानमा ट्रम्पलाई ज्यान मार्ने धम्कीसहितका विशाल होर्डिङ बोर्ड

एजेन्सी– इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मार्ने धम्कीसहितका विशाल होर्डिङ बोर्ड तथा ब्यानर राजधानी तेहरानका विभिन्न स्थानमा प्रदर्शनमा राखेको छ। तेहरानको व्यस्त एन्गेलाब स्क्वायरमा राखिएको विशाल होर्डिङमा ‘हामी ट्रम्पलाई मार्नेछौँ’ भन्ने सन्देश लेखिएको छ। उक्त होर्डिङमा ट्रम्पलाई जेलभित्र टाउको निहुराएर बसेको अवस्थामा चित्रण गरिएको छ। त्यस्तै, उत्तरी तेहरानको ताज्रिस स्क्वायरमा आयोजित खुला प्रदर्शनीमा ट्रम्पका विभिन्न […] ...

काठमाण्डुपाटी
यमनमा साउदीकाे आक्रमण, बालबालिकासहित १७ जनाको मृत्यु भएको हुथीको दाबी
Latest NewsJust now

यमनमा साउदीकाे आक्रमण, बालबालिकासहित १७ जनाको मृत्यु भएको हुथीको दाबी

साना । यमनमा इरान समर्थित हुथी विद्रोहीहरूले यस साता साउदी नेतृत्वको गठबन्धनले गरेको आक्रमणमा परी दुई दिनभित्र १७ जना सर्वसाधारणको मृत्यु भएको दाबी गरेका छन् । उक्त गठबन्धनले अन्तरराष्ट्रिय मान्यताप्राप्त यमनी सरकारलाई समर्थन गर्दै आएको छ । हुथी नियन्त्रित स्वास्थ्य मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिअनुसार, मृत्यु हुनेमध्ये अधिकांश बालबालिका छन् । मन्त्रालयले साउदी विमानहरूले घर, आवासीय क्षेत्र र बजारलाई निशाना बनाएको ...

केन्द्रबिन्दु
अमेरिकामा मध्यावधि निर्वाचनका लागि मतदान सुरु
Latest NewsJust now

अमेरिकामा मध्यावधि निर्वाचनका लागि मतदान सुरु

काठमाडौं । अमेरिकामा मध्यावधि निर्वाचनका लागि मंगलबार मतदान सुरु भएको छ । नेपाली समयअनुसार साँझ ४: ४५ बजे कनेक्टिकट, इन्डियाना, केन्टकी, मेन, न्यु ह्याम्पसायर, न्यु जर्सी, न्युयोर्क र भर्जिनियासहित आठ राज्यमा मतदान केन्द्र खुलेका छन् । यस निर्वाचनमा अमेरिकी संसद्को तल्लो सदन प्रतिनिधिसभाका सबै ४३५ र माथिल्लो सदन सिनेटका ३५ सिटका लागि मतदान हुँदैछ । राष्ट्रपति निर्वाचनको दुई वर्षपछि हुने मध्यावधि निर्वाचनमा केही ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play