Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Business/हिल्सामा मैत्रीपुल निर्माण सम्पन्न, सञ्चालनमा आउन अझै ८–९ महिना लाग्ने

हिल्सामा मैत्रीपुल निर्माण सम्पन्न, सञ्चालनमा आउन अझै ८–९ महिना लाग्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिल्सामा मैत्रीपुल निर्माण सम्पन्न, सञ्चालनमा आउन अझै ८–९ महिना लाग्ने

हुम्ला, कात्तिक ७ । नेपाल–चीन सीमा क्षेत्र हिल्सामा चीनले निर्माण गरेको मैत्रीपुलको उद्घाटन यस वर्ष पनि नहुने भएको छ । निर्माण सम्पन्न भए पनि उद्घाटनका लागि नेपाली पक्षले समय मिलाउन नसक्दा पुल सञ्चालनमा आउन नसकेको हो । यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीका अनुसार चिनियाँ पक्ष पुल उद्घाटन गर्न तयार भए पनि भोटेकोशीमा आएको बाढीलगायतका समस्याका कारण नेपाली पक्षले समय मिलाउन सकेन । चिनियाँ पक्षले पुल उद्घाटनको व्यवस्था मिलाउन नेपालसँग आग्रह गरेको थियो । उद्घाटन हुन नसकेपछि चीनले आफ्नो क्षेत्रमा बार लगाएर पुलमा आवतजावत बन्द गरेको छ । हिमपात सुरु भइसकेकाले अब पुल उद्घाटन गर्न सम्भव नदेखिएको जैसीले बताउनुभयो । यसले पुल सञ्चालनमा आउन कम्तीमा आठदेखि नौ महिना ढिलाइ हुने उहाँको भनाइ छ । सम्बन्धित निकायले चाँडोभन्दा चाँडो पुल उद्घाटनको तयारी गर्न आफूलाई मौखिक आग्रह गरेको र सोहीअनुसार जिल्ला प्रशासन कार्यालय हुम्लालाई लिखित जानकारी गराएको जैसीले बताउनुभयो । हिल्सा नाकाबाट यसअघि आयातको मात्र अनुमति रहेकोमा चीनले अहिले २९ किसिमका जडीबुटी निकासी गर्न पनि अनुमति दिएको छ । पुल सञ्चालनमा आएपछि मालवाहक कन्टेनर सिधै नेपाली सीमासम्म आउन सक्नेछन् । हाल पुल सञ्चालनमा नआएकाले नेपालले निर्माण गरेको बेलिब्रिजबाट सवारीसाधन आवतजावत गरिरहेका छन् । स्थानीय बासिन्दा तथा पर्यटक भने झोलुङ्गे पुलबाट आवतजावत गरिरहेका छन् । गत वर्ष मंसिरमा मैत्रीपुलको निर्माण सम्पन्न भएको थियो । पुल निर्माण गर्न चीनलाई छ महिना लागेको थियो । पुलसँगै चीनले नेपालतर्फको साढे तीन सय मिटर सडकसमेत निर्माण गरेको छ । पुल सञ्चालनमा ल्याउने विषयमा नेपाल र चीनका स्थानीय प्रतिनिधिबीच गत वैशाख १० गते छलफल भए पनि उद्घाटनबारे निर्णय हुन सकेको थिएन । निर्माण सम्पन्न भएको पुल सञ्चालनमा ल्याउन चीनले जिल्ला प्रशासन कार्यालय हुम्लालाई पत्राचारसमेत गरेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा
अर्थतन्त्रJust now

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौं, कात्तिक ७ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने ३३६ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १०२, सिसी क्यामराको निगरानीमा परेका ३९ र रातो बत्ती उल्लंघन गर्ने २० चालक कारबाहीमा परेका छन् । त्यस्तै, तीव्र गतिमा सवारी चलाउने ५७, हर्न बजाउने आठ र लेन अनुशासन ...

जनताटाइम्स
म्याग्दीमा बाढीपहिरोको वितण्डा : सडक पुनर्निर्माणमै करोडौँ खर्च
अर्थतन्त्रJust now

म्याग्दीमा बाढीपहिरोको वितण्डा : सडक पुनर्निर्माणमै करोडौँ खर्च

म्याग्दी / बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब रु सात करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । पश्चिम म्याग्दीका मङ्गला, ...

अर्थडबली
मौसम खुल्दा नुवाकोटको गुर्जेबाट देखिएको मनमोहक हिमशृङ्खलाको दृश्य
अर्थतन्त्रJust now

मौसम खुल्दा नुवाकोटको गुर्जेबाट देखिएको मनमोहक हिमशृङ्खलाको दृश्य

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका - ६ गुर्जेबाट मौसम खुल्दा देखिएको विभिन्न हिमालका दृश्य । मौसम सफा भएको समयमा गुर्जेबाट विभिन्न हिमश्रङखला दृश्य अवलोकन गर्न सकिन्छ । ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play