उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौं, कात्तिक ७ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने ३३६ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १०२, सिसी क्यामराको निगरानीमा परेका ३९ र रातो बत्ती उल्लंघन गर्ने २० चालक कारबाहीमा परेका छन् । त्यस्तै, तीव्र गतिमा सवारी चलाउने ५७, हर्न बजाउने आठ र लेन अनुशासन पालना नगर्ने तीन सवारीसाधनलाई कारबाही गरिएको छ । सवारीसाधनको अवस्था ठीक नभएका दुई र अन्य कसुरमा १०५ सवारीसाधनलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सवारी नियम उल्लंघन गर्ने चालकलाई कारबाही गरिएको जानकारी दिनुभयो । चाडपर्वका समयमा सवारी नियम उल्लंघन गरी सवारी चलाउने चालकलाई लक्षित गर्दै ट्राफिक प्रहरीले निगरानी र कारबाहीलाई कडा बनाएको जनाएको छ । रासस
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

हिल्सामा मैत्रीपुल निर्माण सम्पन्न, सञ्चालनमा आउन अझै ८–९ महिना लाग्ने
हुम्ला, कात्तिक ७ । नेपाल–चीन सीमा क्षेत्र हिल्सामा चीनले निर्माण गरेको मैत्रीपुलको उद्घाटन यस वर्ष पनि नहुने भएको छ । निर्माण सम्पन्न भए पनि उद्घाटनका लागि नेपाली पक्षले समय मिलाउन नसक्दा पुल सञ्चालनमा आउन नसकेको हो । यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीका अनुसार चिनियाँ पक्ष पुल उद्घाटन गर्न तयार भए पनि भोटेकोशीमा आएको बाढीलगायतका समस्याका कारण नेपाली पक्षले समय ...

म्याग्दीमा बाढीपहिरोको वितण्डा : सडक पुनर्निर्माणमै करोडौँ खर्च
म्याग्दी / बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब रु सात करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । पश्चिम म्याग्दीका मङ्गला, ...

मौसम खुल्दा नुवाकोटको गुर्जेबाट देखिएको मनमोहक हिमशृङ्खलाको दृश्य
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका - ६ गुर्जेबाट मौसम खुल्दा देखिएको विभिन्न हिमालका दृश्य । मौसम सफा भएको समयमा गुर्जेबाट विभिन्न हिमश्रङखला दृश्य अवलोकन गर्न सकिन्छ । ...


