Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

हिमाल संकटमा पर्दा सिङ्गो मानवता संकटमा पर्छ : परराष्ट्रमन्त्री खनाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिमाल संकटमा पर्दा सिङ्गो मानवता संकटमा पर्छ : परराष्ट्रमन्त्री खनाल
Photo / Coverage: नेपालन्युज

टर्किए।परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा बढ्दो जलवायु संकटको असर पर्वतीय क्षेत्रमा मात्र सीमित नरही विश्वव्यापी अर्थतन्त्र, पारिस्थितिकीय प्रणाली र मानव जीवनमा पर्ने भएकाले पर्वतीय लचिलोपनलाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नु पर्ने बताएका छन्। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) अन्तर्गत आज यहाँ आयोजित ‘पर्वतीय एजेन्डालाई अगाडि बढाउने : तापक्रमको सीमा नाघ्ने अवस्था, साझा उत्तरदायित्व र दिगो वित्तपोषणअन्तर्गत हिमनदी, हिउँमण्डल र लचिलोपन’ विषयक छलफलमा उनले हिमनदी पग्लिने, हिउँमण्डल खुम्चिने र पर्वतीय क्षेत्रमा विपद्को जोखिम बढ्ने क्रमले विश्वकै जल सुरक्षा र खाद्य सुरक्षामा चुनौती थपेको बताए। “जब हिमालहरू संकटमा हुन्छन्, तब सिङ्गो मानवता संकटमा पर्छ,” उनले भने, “हजारौं वर्षमा बनेका हाम्रा हिमनदी र हिमाली चुचुरा मानव जीवनकालभित्रै तीव्र गतिमा परिवर्तन भइरहेका छन्। यसको असर हिमालमा मात्र नभई नदी प्रणाली, अर्थतन्त्र र पारिस्थितिकीय प्रणाली हुँदै समुद्रसम्म पुग्छ।” पृथ्वीको कूल जमिनको करिब २७ प्रतिशत भूभाग ओगटेका हिमाल विश्वका प्रमुख ताजा पानीका स्रोत भएको उल्लेख गर्दै उनले कृषि, स्वच्छ ऊर्जा, जैविक विविधता र जल सुरक्षामा हिमाली क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए। नेपालका लागि जलवायु परिवर्तनको जोखिम सैद्धान्तिक विषय नभई प्रत्यक्ष मानवीय तथा भौतिक क्षतिसँग जोडिएको वास्तविकता भएको उल्लेख गर्दै मन्त्री खनालले गत अगस्ट २६ मा नेपालको हिमाली क्षेत्रमा भएको विनाशकारी बाढीको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरे। उक्त घटनालाई ‘हिमालयन सुनामी’को संज्ञा दिँदै उनले हिमनदी तथा चट्टानको पतनबाट उत्पन्न तीव्र वेगको लेदोयुक्त बाढीले मानवीय जीवन, पुल, जलविद्युत् संरचना र स्थानीय समुदायको जीविकोपार्जनमा गम्भीर असर पारेको बताए। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गर्ने नेपाल जस्ता देशले जलवायु संकटको असमानुपातिक भार व्यहोर्नु परेको उनको भनाइ थियो। तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य हासिल गर्न विश्वव्यापी उत्सर्जन कटौतीलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै उनले तापक्रम अस्थायी रूपमा बढेर पुनः घटे पनि त्यसबीचमा पग्लिएका हिमनदी र नष्ट भएका समुदायको अवस्था तत्काल पूर्ववत् अवस्थामा नफर्कने बताए। “पर्वतीय राष्ट्रहरूका लागि तापक्रमको सीमा नाघ्नु अस्थायी सांख्यिकीय विचलन मात्र होइन, यसका परिणाम दीर्घकालीन र कतिपय अवस्थामा अपरिवर्तनीय हुन्छन्,” उनले भने। मन्त्री खनालले पर्वतीय क्षेत्रको संरक्षण तथा जलवायु उत्थानशीलता अभिवृद्धिका लागि नेपालका तर्फबाट पाँच प्राथमिकता प्रस्तुत गरे। ती प्राथमिकतामा महत्वाकांक्षी उत्सर्जन न्यूनीकरण, अनुदानमा आधारित जलवायु वित्त, प्रभावकारी हानि तथा नोक्सानी व्यवस्थापन, विज्ञानमा आधारित निगरानी तथा पूर्वसूचना प्रणाली र संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचनाभित्र पर्वतीय मुद्दाको संस्थागत मान्यता रहेका छन्। उनले पर्वतीय देशलाई अनुकूलन, उत्थानशील पूर्वाधार र दिगो जीविकोपार्जनका लागि अनुमानयोग्य, सहज पहुँचयोग्य तथा अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउनु पर्ने बताए। विपदबाट प्रभावित तथा जोखिममा रहेका देशलाई ऋणको भरमा मात्र पुनर्निर्माण गर्न बाध्य पार्नु न्यायोचित नहुने उनको धारणा थियो। त्यस्तै, हानि तथा नोक्सानीसम्बन्धी कोषबाट प्राप्त हुने स्रोत अग्रपङ्क्तिमा रहेका पर्वतीय समुदायसम्म छिटो, प्रत्यक्ष र न्यायोचित रूपमा पुर्‍याउनु पर्ने उनले उल्लेख गरे। हिमनदीको नियमित अनुगमन, उपग्रहमा आधारित अवलोकन, क्षेत्रीय तथ्याङ्क आदानप्रदान तथा बहुप्रकोप पूर्व सूचना प्रणालीमा लगानी बढाउनु पर्ने आवश्यकता औंल्याउँदै उनले सीमापार जलवायु जोखिम न्यूनीकरणका लागि क्षेत्रीय सहकार्य र सूचना आदानप्रदान महत्वपूर्ण हुने बताए। नेपालको सगरमाथा संवाद, किर्गिस्तानको बिस्केक माउन्टेन डाइलग र ताजिकिस्तानको दुशान्बे हिमनदी सम्मेलनले पर्वतीय जलवायु संकटलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै उनले अब राजनीतिक प्रतिबद्धतालाई ठोस कार्य र लगानीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए। नेपालले पर्वतीय तथा समुद्री तटीय समुदायबीच सहकार्य, ज्ञान आदानप्रदान र सामूहिक प्रयास प्रवर्द्धन गर्न ‘सगरमाथादेखि समुद्रसम्म’ साझेदारीको प्रस्ताव गरेको पनि उनले जानकारी दिए। नेपालको ‘सगरमाथा कल फर एक्सन’ले पर्वतीय एजेन्डा कार्यान्वयनका लागि स्पष्ट मार्गचित्र प्रस्तुत गरेको उल्लेख गर्दै उनले प्रस्तावित संयुक्त राष्ट्रसंघीय पर्वतीय लचिलोपन दशकलाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए। कार्यक्रममा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, नेपालबाट सहभागी सांसद तथा उच्च सरकारी अधिकारीसहित ताजिकिस्तान, किर्गिस्तान, भुटान र पाकिस्तानलगायत मुलुकका मन्त्री तथा प्रतिनिधिको सहभागिता थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अबुधाबी वार्तापछि पुटिनलाई भेट्न मस्को पुगे अमेरिकी दूतहरू
Latest NewsJust now

अबुधाबी वार्तापछि पुटिनलाई भेट्न मस्को पुगे अमेरिकी दूतहरू

मस्को- युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकाका विशेष दूत स्टिभ विटकफ र जारेड कुशनर बिहीबार मस्को पुगेका छन्। अबुधाबीमा रूस, युक्रेन र अमेरिकाका प्रतिनिधिबीच दुई दिन चलेको त्रिपक्षीय वार्ताको निष्कर्षबारे उनीहरूले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराउने अपेक्षा छ। मस्कोको भ्नुकोभो विमानस्थलमा रूसी राष्ट्रपतीय दूत किरिल दिमित्रिएभले विटकफ र कुशनरलाई स्वागत गरेका थिए। क्रेमलिनका सहयोगी […] ...

काठमाण्डुपाटी
बङ्गलादेशका दर्जनौँ पोशाक कारखानामा हडताल
Latest NewsJust now

बङ्गलादेशका दर्जनौँ पोशाक कारखानामा हडताल

ढाका । बङ्गलादेशका दर्जनौँ पोशाक कारखाना बिहीबार बन्द भएका छन् । मजदुरहरूले उच्च ज्यालाको माग गर्दै हडतालको आयोजना गरेपछि धेरैजसो कारखानाले उत्पादनलाई निरन्तरता दिन नसकेको बताएका छन्। यसले मालिकहरूलाई हडतालमा रहेकाहरूको... ...

रातोपाटी
नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न यूएईका लगानीकर्तालाई आग्रह
Latest NewsJust now

नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न यूएईका लगानीकर्तालाई आग्रह

भेटका क्रममा उनीहरूबीच नेपाल–युएई द्विपक्षीय सम्बन्ध, व्यापार विस्तार तथा नेपालमा रहेका लगानीका अवसरका विविध पक्षमा छलफल भएको बताइएको छ । ...

कान्तिपुर
सार्वजनिक स्थानमा अश्लील नृत्य गर्ने थप ३ जना नियन्त्रणमा
Latest NewsJust now

सार्वजनिक स्थानमा अश्लील नृत्य गर्ने थप ३ जना नियन्त्रणमा

काठमाडाैं । रुपन्देहीका विभिन्न स्थानहरूमा नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताको प्रतिकूल हुने गरी देउसी भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गर्ने थप ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरी टोलीले आज सिद्धार्थनगर नगरपालिका वडा नं. ७ कान्छीबजारबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा जिल्ला सल्यान कपुरकोट गाउँपालिका वडा नं. ४ बस्ने २२ वर्षीया पुजा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play