Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

हिमालयन बैंक–म्याक्स मनी प्रकरणमा मलेसियाको निर्णय : ‘नो फर्दर एक्सन’

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिमालयन बैंक–म्याक्स मनी प्रकरणमा मलेसियाको निर्णय : ‘नो फर्दर एक्सन’
Photo / Coverage: विश्वखबर

काठमाडौं – मलेसियाको म्याक्स मनी एसडीएन बीएचडीसँग जोडिएको प्रकरणमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणासहित बैंकका वरिष्ठ कर्मचारीमाथि थप कानुनी कारबाही नहुने भएको छ । मलेसियाली प्रहरीले अनुसन्धान पूरा गरी सरकारी अभियोजन पक्षको निर्णयअनुसार उक्त मुद्दामा ‘नो फर्दर एक्सन’ (एनएफए) अर्थात् थप कारबाही नगर्ने निर्णय भएको जानकारी दिएको हो । यस निर्णयसँगै हिमालयन बैंकका सीईओ राणासहित उज्ज्वल राजभण्डारी, अनन्तराज श्रेष्ठ, युमा श्रेष्ठ, सन्तोष पराजुली तथा बैंकले यस प्रकरणमा थप कानुनी प्रक्रिया सामना गर्नुपर्ने अवस्था नरहेको जनाइएको छ । मलेसियाको रोयल मलेसिया प्रहरीअन्तर्गतको वाणिज्य अपराध अनुसन्धान विभाग (सीसीआईडी) ले अनुसन्धान पूरा गरी प्रतिवेदन सरकारी अभियोजन पक्षसमक्ष पेस गरेको थियो । अनुसन्धानका क्रममा संकलित कागजात तथा प्रतिवेदन सन् २०२६ मार्च १९ मा पुत्राजयस्थित उपसरकारी अभियोजकसमक्ष पठाइएको मलेसियाली प्रहरीको पत्रमा उल्लेख छ । अनुसन्धान प्रतिवेदन अध्ययन गरेपछि उपसरकारी अभियोजकले मुद्दामा थप कारबाही आवश्यक नरहेको निर्णय गरेको प्रहरीले जनाएको छ । सोही निर्णयबारे नेपाली दूतावासलाई समेत औपचारिक जानकारी गराइएको छ । मलेसियाली प्रहरीले सन् २०२६ अक्टोबर २ मिति उल्लेख भएको पत्र नेपाली दूतावास, क्वालालम्पुरलाई पठाएको हो । दूतावासकी प्रतिनिधि मुदिता बज्राचार्यलाई सम्बोधन गरिएको पत्रको शीर्षक ‘स्ट्याटस अफ इन्भेस्टिगेसन इन्भल्भिङ हिमालयन बैंक एन्ड म्याक्स एसडीएन बीएचडी’ रहेको छ । पत्रमा हिमालयन बैंक र म्याक्स मनीसँग सम्बन्धित घटनाको अनुसन्धान सम्पन्न भएको तथा अभियोजन पक्षबाट थप कारबाही नगर्ने निर्णय भएको उल्लेख छ । पत्रको दोस्रो बुँदामा अनुसन्धान पूरा भएको, तेस्रो बुँदामा अनुसन्धानसम्बन्धी कागजात मार्च १९ मा उपसरकारी अभियोजकसमक्ष पठाइएको र त्यसपछि ‘नो फर्दर एक्सन’ को निर्णय भएको जानकारी दिइएको छ । चौथो बुँदामा उक्त विषयमा थप कुनै कारबाही नगरिने स्पष्ट पारिएको छ । उक्त पत्रमा मलेसियाली रोयल प्रहरीका सहायक आयुक्त फु वेई मिनको हस्ताक्षर रहेको छ । उनी वाणिज्य अपराध अनुसन्धान विभागअन्तर्गत वित्तीय, बैंकिङ, सहकारी तथा बीमा अपराध अनुसन्धान शाखाका सहायक निर्देशक हुन् । प्रहरीले अनुसन्धानको अवस्थाबारे जानकारी दिँदै नेपाली दूतावासलाई पत्रमार्फत धन्यवादसमेत दिएको छ । मलेसियाली प्रहरीको पत्रले अनुसन्धान पूरा भएको र सरकारी अभियोजन पक्षले थप कारबाही नगर्ने निर्णय गरेको पुष्टि गर्छ । यद्यपि, ‘नो फर्दर एक्सन’ निर्णयलाई अदालतबाट भएको निर्दोष ठहर वा सबै आरोपबाट औपचारिक उन्मुक्तिका रूपमा नचएर । यो अनुसन्धान प्रतिवेदनको समीक्षा गरेपछि अभियोजन पक्षले थप कानुनी प्रक्रिया अघि नबढाउने निर्णय गरेको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्वास्थ्य अवस्था बिग्रिएपछि डा. गोविन्द केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो
Latest NewsJust now

स्वास्थ्य अवस्था बिग्रिएपछि डा. गोविन्द केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं । इलाममा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएका केसीलाई महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ । डा. केसी दुई दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि इलाम अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा स्वास्थ्यमा सुधार नआएपछि उनलाई आज काठमाडौं ल्याइएको हो । चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका ६ बुँदे ...

कर्पोरट खबर
कामना सेवा फुटसल कपको छैटौँ सिजन सम्पन्न, कुमारी र लुम्बिनी विकास बैंक च्याम्पियन
Latest NewsJust now

कामना सेवा फुटसल कपको छैटौँ सिजन सम्पन्न, कुमारी र लुम्बिनी विकास बैंक च्याम्पियन

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘कामना सेवा फुटसल कप’ को छैटौँ सिजन सम्पन्न भएको छ। आइतबार धन्वन्तरी फुटसलमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कुमारी बैंक र महिलातर्फ लुम्बिनी विकास बैंकले उपाधि जितेका छन्। बैंक तथा वित्तीय संस्थाबीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० ...

केन्द्रबिन्दु
डा.गोविन्द केसीको स्वास्थ्य बिग्रिएपछि काठमाडौं ल्याइयो, टिचिङ अस्पताल भर्ना
Latest NewsJust now

डा.गोविन्द केसीको स्वास्थ्य बिग्रिएपछि काठमाडौं ल्याइयो, टिचिङ अस्पताल भर्ना

काठमाडौं । आमरण अनशनमा बसेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई इलामबाट काठमाडौं ल्याइएको छ । केसीले विभिन्न माग राख्दै बिहीबार साँझ इलामको नारायणस्थान मन्दिर परिसरमा अनशन सुरु गरेका थिए । अनशनको चौथो दिनमा उनको रगतमा चिनीको मात्रा निकै कम भएको र पिसाबमा एसिटोनको मात्रा बढेको चिकित्सकले बताएका छन् । यसले गर्दा उनको स्वास्थ्यमा जोखिम […] ...

लोकपथ
रड, चक्कु र पाइपका टुक्राका भरमा सुरुङ खनेर डोल्पा जेलब्रेक !
Latest NewsJust now

रड, चक्कु र पाइपका टुक्राका भरमा सुरुङ खनेर डोल्पा जेलब्रेक !

सुर्खेत । डोल्पा कारागारमा १५ जना सुरक्षाकर्मीले सुरक्षा दिँदा पनि ४ मिटर लामो सुरुङ खनेर ८ जना कैदीले ‘जेलब्रेक’ गरेको घटनाले सुरक्षा प्रणालीमाथि नै गम्भीर प्रश्न खडा गरेको छ । यति... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play