Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

कामना सेवा फुटसल कपको छैटौँ सिजन सम्पन्न, कुमारी र लुम्बिनी विकास बैंक च्याम्पियन

Share:WhatsAppFacebookX (Twitter)Telegram
कामना सेवा फुटसल कपको छैटौँ सिजन सम्पन्न, कुमारी र लुम्बिनी विकास बैंक च्याम्पियन
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘कामना सेवा फुटसल कप’ को छैटौँ सिजन सम्पन्न भएको छ। आइतबार धन्वन्तरी फुटसलमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कुमारी बैंक र महिलातर्फ लुम्बिनी विकास बैंकले उपाधि जितेका छन्। बैंक तथा वित्तीय संस्थाबीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० टोलीको सहभागिता रहेको थियो। बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले एन्फा रेफ्री संगीता सुनुवारलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत, प्रमुख व्यवसाय अधिकृत, प्रमुख सञ्चालन अधिकृतलगायत विभिन्न विभागका प्रमुख तथा कर्मचारीहरूको उपस्थिति थियो। प्रतियोगिताको सुरुवातमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज), नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र नेपाल विज्ञापन संघ (आन) बीच मैत्रीपूर्ण खेलसमेत आयोजना गरिएको थियो। उक्त प्रतिस्पर्धामा नाफिजले उपाधि जितेको थियो। मुख्य प्रतियोगिताअन्तर्गत पुरुषतर्फको फाइनलमा कुमारी बैंकले माछापुच्छ्रे बैंकलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्दै उपाधि जित्यो। त्यस्तै, महिलातर्फको फाइनलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी विकास बैंकले ग्लोबल आइएमई बैंकलाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै उपाधि रक्षा गर्न सफल भयो। प्रतियोगिताको समापन समारोहमा बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत विनय दाहालले विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए। कार्यक्रममा बैंकका उच्च व्यवस्थापन तहका पदाधिकारी, विभागीय प्रमुख तथा कर्मचारीहरूको उपस्थिति थियो। बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको यस प्रतियोगिताले बैंक तथा वित्तीय संस्थाबीच खेलकुदका माध्यमबाट आपसी सम्बन्ध, एकता र सहकार्यलाई थप मजबुत बनाउँदै आएको जनाएको छ। प्रतियोगिताले विभिन्न संस्थाका कर्मचारीलाई कार्यक्षेत्रभन्दा बाहिर खेलकुदमार्फत एकै ठाउँमा जोड्दै स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न सहयोग पुर्‍याउँदै आएको बैंकको भनाइ छ। यसैबीच, बैंकले आफ्नो २०औँ वार्षिकोत्सवकै अवसरमा कात्तिक १८ गते बुधबार देशव्यापी रूपमा रक्तदान कार्यक्रम आयोजना गर्ने जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
४१५ रुपैयाँमा तोरीको तेल किन्दा १० लाख उपहार
Latest NewsJust now

४१५ रुपैयाँमा तोरीको तेल किन्दा १० लाख उपहार

धनुषाका गौरी शंकर पण्डितले सरकारको करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँ उपहार जितेका छन्। ललितपुर बस्दै आएका पण्डितले कात्तिक ५ गते ललितपुरको धापाखेलस्थित बिगमार्टबाट ४१५ रुपैयाँको तोरीको तेल किनेका थिए।  कात्तिक १ देखि १५ गतेसम्मको कारोबारको आधारमा सोमबार आन्तरिक राजश्व विभागले घोषणा गरेको उपहार कार्यक्रममा पण्डितले पुरस्कार जितेका हुन्। ... ...

नेपालखबर
आयातित फूल नियन्त्रण गर्न प्रशासनको निर्देशन
Latest NewsJust now

आयातित फूल नियन्त्रण गर्न प्रशासनको निर्देशन

झापा । जिल्ला प्रशासन कार्यालयले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले अवैध रुपमा आयातित फूल र प्लास्टिकबाट निर्मित कृत्रिम फूल नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सार्वजनिक सूचना जारी गर्दै स्वदेशी सिर्जनशीलता र उद्यमशीलतालाई प्रोत्साहित गर्न गैरकानुनी रुपमा फूलको आयातलाई रोक लगाइएको बताए । खुला सीमाको फाइदा उठाउँदै तिहार, छठ लगायतका पर्वमा ठूलो मात्रामा खपत हुने ...

केन्द्रबिन्दु
तिहारका लागि सावित्री कंचनजंगाले ल्यायो ३८ प्रकारका पूजासामग्रीसहितको ‘लक्ष्मी पूजा सामग्री सेट’
Latest NewsJust now

तिहारका लागि सावित्री कंचनजंगाले ल्यायो ३८ प्रकारका पूजासामग्रीसहितको ‘लक्ष्मी पूजा सामग्री सेट’

काठमाडौं । नेपाली उपभोक्तामाझ लोकप्रिय बन्दै गएको सावित्री कञ्चनजंगा अगरबत्तीले तिहारलाई लक्षित गर्दै ‘लक्ष्मी पूजा सामग्री सेट’ बजारमा ल्याएको छ । पूजापाठ तथा धार्मिक कार्यका लागि आवश्यक सामग्री एउटै प्याकेजमा उपलब्ध गराउने उद्देश्यले कम्पनीले उक्त सेट बजारमा ल्याएको हो । तिहारको प्रमुख पर्वका रूपमा रहेको लक्ष्मी पूजालाई विशेष र व्यवस्थित बनाउन आवश्यक पर्ने विभिन्न पूजासामग्री समेटेर कम्पनीले सेट तयार पारेको जनाएको ...

केन्द्रबिन्दु
न्यायाधीशहरू गम्भीर विवादमा परेपछि सर्वोच्चमा फूल कोर्ट, छानबिनबारे छलफल हुँदै
Latest NewsJust now

न्यायाधीशहरू गम्भीर विवादमा परेपछि सर्वोच्चमा फूल कोर्ट, छानबिनबारे छलफल हुँदै

काठमाण्डु- न्यायालयका उच्च पदाधिकारी र बिचौलियाबीचको कथित सम्बन्ध तथा घुस लेनदेनसम्बन्धी विवरण सार्वजनिक भएपछि सर्वोच्च अदालतमा सोमबार फूल कोर्ट (पूर्ण बैठक) बसिरहेको छ। यसअघि शुक्रबार बसेको फूल कोर्ट निष्कर्षविहीन भएपछि सोमबार कार्यालय खुल्नेबित्तिकै फूल कोर्ट बसेको हो । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्यायालयसँग जोडिएको पछिल्लो विवादबारे छलफल गर्न सबै न्यायाधीश सम्मिलित बैठक राखिरहेका छन्। सोमबार सर्वोच्च […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play