Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

आयातित फूल नियन्त्रण गर्न प्रशासनको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
आयातित फूल नियन्त्रण गर्न प्रशासनको निर्देशन
Photo / Coverage: केन्द्रबिन्दु

झापा । जिल्ला प्रशासन कार्यालयले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले अवैध रुपमा आयातित फूल र प्लास्टिकबाट निर्मित कृत्रिम फूल नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सार्वजनिक सूचना जारी गर्दै स्वदेशी सिर्जनशीलता र उद्यमशीलतालाई प्रोत्साहित गर्न गैरकानुनी रुपमा फूलको आयातलाई रोक लगाइएको बताए । खुला सीमाको फाइदा उठाउँदै तिहार, छठ लगायतका पर्वमा ठूलो मात्रामा खपत हुने फूल भारतबाट अवैध रुपमा आयात हुँदै आएको थियो । प्रशासनको निर्देशनपछि फूलको अवैध आयात रोकिने विश्वास गरिएको छ । झापामा फूल खेती गर्दै आएका किसानले आयातित फूलका कारण स्वदेशी उत्पादन खेर गइरहेको भन्दै फूलको गैरकानुनी आयातमाथि पूर्ण प्रतिबन्ध लगाउन जिल्ला प्रशासन कार्यालयमा सामूहिक माग गर्दै आएका थिए । “हाम्रो जिल्लालाई पुग्ने फूल यहीँका व्यवसायीले उत्पादन गरिसक्नुभएको छ,” प्रजिअ पोखरेलले भने, “जिल्लाका युवामा उद्यमशील सोच र संस्कृति मौलाउँदै गएकाले यसपालिको चाडबाडमा स्वदेशी सयपत्री र मखमली फूलकै प्रयोग गरी हाम्रै किसानलाई प्रोत्साहन गर्न सम्पूर्ण जिल्लावासीलाई हार्दिक आग्रह गर्दछु ।” यस वर्ष झापाका मेचीनगर, बिर्तामोड, दमक, शिवसताक्षी, कनकाई, बुद्धशान्ति लगायतका पालिकाहरुमा दर्जनौँ कृषकले व्यावसायिक रूपमा सयपत्री फूलको खेती गरेका छन् । चाडबाडको समयमा घरआँगन सजावट र शृङ्गारका लागि स्थानीय रूपमा उत्पादित ती प्राकृतिक फूल नै पर्याप्त हुने अनुमान गरिएको छ । प्रशासनको उक्त कदमले सीमावर्ती क्षेत्रबाट हुने अवैध आयात रोकिने र जिल्लाका स्थानीय फूल उत्पादक कृषकले आफ्नो मिहेनतको उचित मूल्य पाउने मेचीनगर–४ का नीलकण्ठ तिवारीले बताए । प्रचलित कानुनले निषेध गरेका प्लास्टिकका फूल बिक्री–वितरण वा भण्डारण गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने पनि प्रशासनले स्पष्ट पारेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एलपी ग्यास उद्योग एकआपसमा गाभ्ने प्रक्रिया अघि बढ्यो
Latest NewsJust now

एलपी ग्यास उद्योग एकआपसमा गाभ्ने प्रक्रिया अघि बढ्यो

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाइएको छ । नेपाल आयल निगमले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नम्बर ३२... ...

रातोपाटी
मध्यावधि चुनाव हारेमा संसद् छलेर शासन गर्ने ट्रम्पको तयारी
Latest NewsJust now

मध्यावधि चुनाव हारेमा संसद् छलेर शासन गर्ने ट्रम्पको तयारी

अमेरिकामा मध्यावधि ( संसदीय) चुनाव ३ नोभेम्बरमा हुँदैछ । अधिकांश सर्वेक्षणहरुले ट्रम्पको रिपब्लिकन पार्टीले तल्लो सदनमा बहुमत गुमाउने पूर्वानुमान लगाएका छन् । माथिल्लो सदन (सिनेट) को प्रतिस्पर्धा भने रोचक हुने पूर्वानुमान लगाइएको छ ...

कान्तिपुर
सुन्तला र तरकारीले फेरिँदै सल्यानको अर्थतन्त्र
Latest NewsJust now

सुन्तला र तरकारीले फेरिँदै सल्यानको अर्थतन्त्र

सुन्तला र बेमौसमी तरकारीको व्यावसायिक उत्पादनबाट सल्यानमा वार्षिक करोडौँ रुपैयाँ भित्रिँदा किसानको जीवनस्तर र स्थानीय अर्थतन्त्र सुधारिएको छ। ...

कान्तिपुर
करदाता प्रोत्साहन कार्यक्रमः १६ विजेता घोषणा
Latest NewsJust now

करदाता प्रोत्साहन कार्यक्रमः १६ विजेता घोषणा

काठमाडौँ, कात्तिक १६ गते । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्मका १६ जना विजेता घोषणा गरेको छ ।विभागले आज आयोजित कार्यक्रममा ए... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play