Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

हिमपातले लिमीमा आन्तरिक नाकाबन्दी, न्यालुलेकको हिउँ पन्छाउन थालियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिमपातले लिमीमा आन्तरिक नाकाबन्दी, न्यालुलेकको हिउँ पन्छाउन थालियो
Photo / Coverage: पर्दाफास

हिमपातका कारण सडक सम्पर्क विच्छेद भएर आन्तरिक नाकाबन्दीको अवस्था सिर्जना भएको हुम्लाको नाम्खा गाउँपालिका–५ र ६ (लिमी) मा सडक खुलाउन न्यालुलेकको हिउँ पन्छाउन थालिएको छ । गत असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षा र त्यसपछि भएको हिमपातका कारण लिमी–लाप्चा सडकखण्डअन्तर्गत करिब पाँच हजार दुई सय मिटर उचाइमा रहेको न्यालुलेक हिउँले ढाकिएको छ । सडक अवरुद्ध भएपछि लिमीका बासिन्दालाई खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु ढुवानी गर्न समस्या भएको छ । नाम्खा गाउँपालिका र पूर्वाधार विकास कार्यालय सिमकोटको संयुक्त आयोजनामा मंसिर १९ गतेदेखि हिउँ पन्छाउने काम सुरु गरिएको हो। सडक खुलाएर लिमीवासीको आवतजावत सहज बनाउनुका साथै अत्यावश्यक सामग्री ढुवानीको व्यवस्था मिलाउने उद्देश्यले हिउँ हटाउन थालिएको गाउँपालिकाले जनाएको छ। हिउँ पन्छाउने कामको अवस्था र प्रगति बुझ्न नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा तथा पूर्वाधार विकास कार्यालयका कर्मचारी न्यालुलेक पुगेका थिए। उनीहरूले अत्यन्तै कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका बीच भइरहेको कामको स्थलगत निरीक्षण गरेका छन् । खाद्यान्न ढुवानीमा सकस हिमपातका कारण न्यालुलेकमा सडक अवरुद्ध भएपछि नाम्खा–५ र ६ का बासिन्दा बाह्य क्षेत्रसँगको सडक सम्पर्कबाट विच्छेद भएका छन्। उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ जम्दा स्थानीयलाई खाद्यान्न, दैनिक उपभोग्य वस्तु तथा अन्य आवश्यक सामग्री ल्याउन कठिन भएको छ । लिमीवासीको दैनिक जनजीवन सहज बनाउन सडक खुलाउनु अनिवार्य भएको गाउँपालिका अध्यक्ष लामाले बताए। उनका अनुसार सडक सञ्चालनमा आएपछि स्थानीयको आवतजावतसँगै खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री ढुवानीमा सहजता हुनेछ । समुद्री सतहबाट करिब पाँच हजार दुई सय मिटर उचाइमा रहेको न्यालुलेकमा हिउँ पन्छाउनु चुनौतीपूर्ण छ । प्रतिकूल मौसम र कठिन भूगोलका बाबजुद गाउँपालिका र पूर्वाधार विकास कार्यालयको समन्वयमा काम अघि बढाइएको अध्यक्ष लामाले बताए । हिमपातका कारण वर्षेनि लिमी क्षेत्रको सडक सम्पर्क प्रभावित हुँदै आएको छ। सडक अवरुद्ध हुँदा स्थानीयले भोग्नुपर्ने खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको अभाव र आवतजावतको समस्यालाई मध्यनजर गर्दै हिउँ पन्छाउने काम थालिएको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भारतको बनगाउँ बजारमा भीषण आगलागी, ६० पसल जलेर नष्ट
OthersJust now

भारतको बनगाउँ बजारमा भीषण आगलागी, ६० पसल जलेर नष्ट

कैलीको धनगढीसँग सीमनना जोडिएको भारतको बनगाउँ बजारमा आइतराबार राती भीषण आगलागी भएको छ । नेपाली ग्राहकलाई लक्षित गरेर सञ्चालित भारतको लखिमपुर जिल्ला कजरिया पञ्चायत अन्तरगत बनगाउँ बजारमा भएको आगलागीका कारण ६० वटा पसल जलेर ध्वस्त भएका स्थानीको भनाई छ । व्यवसायी दीपक अग्रवालका अनुसार एक भाँडा पसलमा विद्धुतको तार सर्ट भएर बेलुका ७ बजेको समयमा आगलागी सुरु भएको थियो । सो आगो ...

पर्दाफास
दैलेखमा बिरामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु
OthersJust now

दैलेखमा बिरामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु

२३ कात्तिक, काठमाडौं । दैलेखमा बिरामी बोकेको जिप दुर्घटना भएको छ । आज बिहान साढे ५ बजेतिर दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा भएको दुर्घटनामा परेर ६ जना घाइते भएका थिए । घाइतेमध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सन्नित्रिवेणि गाउँपालिका–७, कालिकोटका ४१ वर्षीय रने सार्की रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले… ...

अनलाइन खबर
सिकाइ संकटमा सामुदायिक स्कुल : अर्बौँ लगानी, अक्षर फुटाउन नसक्ने विद्यार्थी
OthersJust now

सिकाइ संकटमा सामुदायिक स्कुल : अर्बौँ लगानी, अक्षर फुटाउन नसक्ने विद्यार्थी

सामुदायिक शिक्षाको सङ्कट पैसाको अभावबाट मात्र सिर्जना भएको होइन । यो खासमा व्यवस्थापन, मापन र जवाफदेहिताको सङ्कट हो । राज्यले अर्बौँ रुपियाँ खर्च गरिरहेको छ तर बालबालिकाले के सिकिरहेका छन् भन्ने प्रश्नको उत्तर विद्यालयगतरूपमा दिन सक्ने प्रणाली कमजोर छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play