Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

भारतको बनगाउँ बजारमा भीषण आगलागी, ६० पसल जलेर नष्ट

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतको बनगाउँ बजारमा भीषण आगलागी, ६० पसल जलेर नष्ट
Photo / Coverage: पर्दाफास

कैलीको धनगढीसँग सीमनना जोडिएको भारतको बनगाउँ बजारमा आइतराबार राती भीषण आगलागी भएको छ । नेपाली ग्राहकलाई लक्षित गरेर सञ्चालित भारतको लखिमपुर जिल्ला कजरिया पञ्चायत अन्तरगत बनगाउँ बजारमा भएको आगलागीका कारण ६० वटा पसल जलेर ध्वस्त भएका स्थानीको भनाई छ । व्यवसायी दीपक अग्रवालका अनुसार एक भाँडा पसलमा विद्धुतको तार सर्ट भएर बेलुका ७ बजेको समयमा आगलागी सुरु भएको थियो । सो आगो समयमै नियन्त्रण गर्न नसक्दा बजार भर फैलिएको उनले बताए । धनगढी उप महानगरपालिकाबाट दुईवटा दम्कल, नेपाली सुरक्षा कर्मी, भारतीय सुरक्षा कर्मी र स्थानीयको प्रयास पछि राती ११ बजे तिर आगो नियन्त्रणमा आएको अग्रवालले बताए । बनगाउँ बजारबाट भारतको पलिया बजार करिब ५० किलो मिटर टाढा रहेको छ । पलियाबाट दम्कल आउन ढिलाइ हुने भएका कारण आफुहरूले धनगढीलाई दम्कल सहयोग मागेको अग्रवालको भनाई छ । आगलागीका कारण ५० देखि ७० करोड मूल्य बराबरको क्षति भएको स्थानीय व्यवसायी अङ्कित गुप्ताले बताए । एक आपसमा टाँस्सियर पसल बनेका कारण आगो नियन्त्रणमा समस्या भएको उनी बत्ताउँछन् । बन गाउँ बजारमा बिहानै देखि सामान किनमेल गर्ने नेपालीको भीड लाग्ने गर्दछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भैरहवाबाट पोखरा आउँदै गरेको बसमा लागुऔषध, एक जना पक्राउ
OthersJust now

भैरहवाबाट पोखरा आउँदै गरेको बसमा लागुऔषध, एक जना पक्राउ

२३ कात्तिक, स्याङ्जा । भैरहवाबाट पोखरातर्फ आउँदै गरेको बसमा सवार एक युवकलाई स्याङ्जाको वालिङमा प्रहरीले नियन्त्रित लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको लुभु स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने २९ वर्षीय सन्दीप मिजार रहेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक नरेन्द्रकुमार बोगटीका अनुसार आइतबार वालिङ नगरपालिका–१० फूलबारी चोकस्थित… ...

अनलाइन खबर
इजरायलमा सरकार गठनका लागि गादी आइजेनकोटलाई म्यान्डेट
OthersJust now

इजरायलमा सरकार गठनका लागि गादी आइजेनकोटलाई म्यान्डेट

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले पूर्व सैन्य प्रमुख गादी आइजेनकोटलाई नयाँ सरकार गठनको औपचारिक जिम्मेवारी सुम्पिएका छन्। नोभेम्बर ७ र ८ मा अरब जगत्का प्रमुख टेलिभिजन च्यानलहरूले यो घटनाक्रमलाई प्रमुखताका साथ प्रसारण गर्दै इजरायलको राजनीतिक भविष्य तय गर्न अरब पार्टीहरू ले खेल्न सक्ने निर्णायक भूमिकाबारे विश्लेषण गरेका छन्। आइजेनकोटलाई इजरायली संसद्का ६७ जना सांसदहरूको समर्थन प्राप्त… ...

अनलाइन खबर
जुवाखालबाट एकै रात पक्राउ परे ५५ जना, प्रहरी हिरासत भरियो
OthersJust now

जुवाखालबाट एकै रात पक्राउ परे ५५ जना, प्रहरी हिरासत भरियो

सुर्खेतमा ५२ प्रहरी परिचालन गरी आधा दर्जन स्थानमा छापा, ११ लाख रुपैयाँभन्दा बढी नगद बरामद सुर्खेत, कात्तिक २३ । सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले एकै रात ५५ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानमा रातभर सञ्चालन गरिएको प्रहरी अपरेसनका क्रममा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकाहरूको साथबाट ११ लाख रुपैयाँभन्दा बढी नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play