Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

जुवाखालबाट एकै रात पक्राउ परे ५५ जना, प्रहरी हिरासत भरियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
जुवाखालबाट एकै रात पक्राउ परे ५५ जना, प्रहरी हिरासत भरियो
Photo / Coverage: जनताटाइम्स

सुर्खेतमा ५२ प्रहरी परिचालन गरी आधा दर्जन स्थानमा छापा, ११ लाख रुपैयाँभन्दा बढी नगद बरामद सुर्खेत, कात्तिक २३ । सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले एकै रात ५५ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानमा रातभर सञ्चालन गरिएको प्रहरी अपरेसनका क्रममा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकाहरूको साथबाट ११ लाख रुपैयाँभन्दा बढी नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ठाकुरप्रसाद पोखरेलका अनुसार ५२ जना प्रहरी परिचालन गरी जिल्लाका आधा दर्जन स्थानमा छापा मारिएको थियो । ‘एकै रातको अपरेसनमा कम्तीमा ५५ जना पक्राउ परेका छन । जुवाखालबाट ११ लाख रुपैयाँभन्दा बढी नगद बरामद भएको छ,’ एसपी पोखरेलले भन्नुभयो । प्रहरीले सोमबार बिहान करिब पौने ३ बजे वीरेन्द्रनगर नगरपालिका–३, गण्डकी लाइनस्थित पदम चौलागाईंको घरमा छापा मारेर आठ जनालाई पक्राउ गरेको छ । उक्त घरमा जुवातास भइरहेको गोप्य सूचना पाएपछि प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरीका अनुसार पक्राउ परेका आठ जनाको साथबाट ३ लाख ७७ हजार ८५० रुपैयाँ नगद बरामद भएको छ । उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । कर्णाली प्रदेश प्रहरी कार्यालय, कर्णाली प्रदेश प्रहरी गण र जिल्ला प्रहरी कार्यालयबाट गरी ५२ जना प्रहरीको संयुक्त टोलीले उक्त घरमा छापा मारेको थियो । छापा मार्ने टोलीमा प्रहरी निरीक्षक किसमत बुढामगरको कमान्डमा प्रदेश प्रहरी कार्यालयबाट १६ जना, प्रहरी निरीक्षक हिमाल थापामगरको कमान्डमा प्रदेश प्रहरी गणबाट २१ जना र प्रहरी निरीक्षक जितेन्द्र कठायतको कमान्डमा जिल्ला प्रहरी कार्यालयबाट १५ जना प्रहरी खटिनुभएको थियो । प्रहरीका अनुसार पक्राउ परेका सबैको विवरण संकलन भइरहेको छ । आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरूको विवरण सार्वजनिक गरिने जनाइएको छ । पक्राउ परेका आठ जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ । एकै रात ठूलो संख्यामा व्यक्ति पक्राउ परेपछि प्रहरी हिरासत कक्षसमेत भरिएको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण
OthersJust now

दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण

२३ कात्तिक, काठमाडौं । नेपाल सम्पदा अभिलेखीकरण परियोजना (एनएचडीपी) ले आठ वर्षमा नेपालका दुई हजारभन्दा बढी ऐतिहासिक स्मारक, दुई हजार ५०० भन्दा बढी शिलालेख र आठ जारभन्दा बढी पुरातात्विक वस्तुको विस्तृत विवरण सङ्कलन गरेको छ । सन् २०१८ मा सुरु भएको परिजनले विभिन्न जात्रा, पर्व र अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी वृत्तचित्र तथा अभिलेख पनि तयार पारेको… ...

अनलाइन खबर
राष्ट्रपति पौडेलबाट गाईपूजा
OthersJust now

राष्ट्रपति पौडेलबाट गाईपूजा

२३ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गाई तिहारका दिन गाईको पूजा गरेका छन् । उनले राष्ट्रपति भवन शीतल निवासमा धनधान्यकी देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरेका हुन् । राष्ट्रपति पौडेलले विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खुवाएका हुन् । तिहार पर्वको अवसरमा समृद्धि र सौभाग्यको प्रतीकका रूपमा गाईको पूजा गरी सम्मान व्यक्त गर्ने परम्परा छ… ...

अनलाइन खबर
नेतान्याहुसँगको फोन वार्ता गर्दै गाजा शान्ति योजना कार्यान्वयन गर्न ट्रम्पको आग्रह, यस्ता छन् सर्तहरू
OthersJust now

नेतान्याहुसँगको फोन वार्ता गर्दै गाजा शान्ति योजना कार्यान्वयन गर्न ट्रम्पको आग्रह, यस्ता छन् सर्तहरू

२३ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग टेलिफोन वार्ता गर्दै आफ्नो 'गाजा शान्ति योजना' कार्यान्वयनका लागि ठोस कदम चाल्न आग्रह गरेका छन्। अक्टोबर २७ मा सम्पन्न इजरायली निर्वाचनका कारण महिनौँदेखि रोकिएको उक्त २० बुँदे शान्ति खाकालाई अगाडि बढाउन ट्रम्पले दबाब दिएका हुन्। ह्वाइट हाउसका अनुसार, इजरायलमा नेतान्याहु वा उनका… ...

अनलाइन खबर
पटका पड्काउने क्रममा छर्रा लागेर बालकको मृत्यु
OthersJust now

पटका पड्काउने क्रममा छर्रा लागेर बालकको मृत्यु

२३ कात्तिक, काठमाडौं । पर्सामा पटका पड्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पकाहामैनपुर गाउँपालिकाका-२ का ८ वर्षीय बालक कुन्दन सहनी रहेका छन् पर्साका डीएसपी चक्रबहादुर मल्लका अनुसार सोमबार बिहान ८ बजे आफ्नै घर अगाडि पटका पड्काउने क्रममा बालक सहनीको छातीमा पटकाको छर्रा लागेर घाइते भएका थिए । डीएसपी मल्लले… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play