Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

दिउँसो १ बजेसम्म घोप्टेभिरको पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
दिउँसो १ बजेसम्म घोप्टेभिरको पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी
Photo / Coverage: केन्द्रबिन्दु

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आज बिहान खसेको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालन गर्ने तयारीसहित काम तीव्र पारिएको छ । पहिरो पन्छाउन अहिले सडकको दुवैतर्फबाट उपकरण परिचालन गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका प्रमुख सजना अधिकारीका अनुसार मुग्लिनतर्फबाट सडक डिभिजन कार्यालय भरतपुरको लोडरले पहिरो पन्छाइरहेको छ । काठमाडौँतर्फबाट दुई वटा एक्साभेटर, एउटा जेसीबी र एउटा लोडर परिचालन गरिएको छ । सडक केही सफा भएपछि काठमाडौँतर्फबाट एउटा एक्साभेटर मुग्लिनतर्फ पठाएर पहिरो पन्छाइने उनले बताइन् । अधिकारीले थप पहिरो नखसेमा काम तीव्र गतिमा भइरहेको हुँदा दिउँसो १ः०० बजेसम्म सडक सञ्चालनमा आउने बताइन् । सो स्थानमा निरन्तर सुक्खा पहिरो खसिरहेकाले पहिरो पन्छाउन ढिलाइ भएको उनको भनाइ छ । राति १ः०० बजे खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो । पुनः बिहान ५ः०० बजे पहिरो खसेपछि काठमाडौँतर्फबाट तत्काल पहिरो पन्छाउने काम थालिएको थियो । मुग्लिनतर्फ पहिरो पन्छाउन आवश्यक उपकरण उपलब्ध नभएपछि भरतपुरबाट उपकरण ल्याएर काम सुरु गरिएको अधिकारीले जानकारी दिइन् । पहिरो खसेको स्थान मुग्लिनबाट तीन किलोमिटर मलेखुतर्फ पर्दछ । सो स्थानमा आइतबार पनि सुक्खा पहिरो खसेर दिनको समयमा केही बेर सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि तिहार मनाउन घर जाँदै गरेका यात्रु बोकेका सवारीसाधन बाटोमै रोकिएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पोखराले टस जित्यो, कर्णालीले पहिला बलिङ गर्ने
Latest NewsJust now

पोखराले टस जित्यो, कर्णालीले पहिला बलिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले टस जितेको छ । पोखराले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै कर्णाली याक्सले पहिला बलिङ गर्ने भएको छ । जारी प्रतियोगितामा कर्णाली याक्सले ४ खेलमा २ जित र २ हारसहित ४ अंक हासिल गरेको छ भने पोखरा एभेन्जर्सले अहिलेसम्म खेलेका चारै खेलमा हार बेहोरेको छ । The ...

कर्पोरट खबर
लमजुङमा शाहवंश भित्र्याउने खजे दुराको शालिक पुनःस्थापना
Latest NewsJust now

लमजुङमा शाहवंश भित्र्याउने खजे दुराको शालिक पुनःस्थापना

घले शासन अन्त्य गरी यशोब्रह्म शाहलाई लमजुङको राजगद्दीमा पुर्‍याउन भूमिका खेलेका दुराको स्मृतिमा नयाँ शालिक स्थापना गरिएको हो । ...

कान्तिपुर
पशुपति मन्दिर क्षेत्रस्थित राम मन्दिरमा गाई र गोरुको पूजा गरी मनाइयो तिहार (फोटो फिचर)
Latest NewsJust now

पशुपति मन्दिर क्षेत्रस्थित राम मन्दिरमा गाई र गोरुको पूजा गरी मनाइयो तिहार (फोटो फिचर)

• आज कात्तिक शुक्ल प्रतिपदाका दिन नेपालभर गाई र गोरुको पूजा गरी तिहार मनाइएको छ। • गाईलाई पवित्र मान्दै पूजा गर्ने र मीठा परिकार खान दिने परम्परा रहेको छ। • कृषकहरूले आफ्नो कृषि साधनको समेत पूजा गर्ने परम्परा छ। ...

नेपालबहस
कर्णालीविरुद्ध पोखरा एभेन्जर्सले टस जितेर रोज्यो ब्याटिङ
Latest NewsJust now

कर्णालीविरुद्ध पोखरा एभेन्जर्सले टस जितेर रोज्यो ब्याटिङ

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत आजको खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। पोखराले कर्णाली याक्सविरुद्ध टस जित्दै ब्याटिङ रोजेको हो। यस सिजनमा पहिलो जितको खोजीमा रहेको पोखरा एभेन्जर्स आजको खेलमा चुनौतीपूर्ण योगफल तयार पार्ने लक्ष्यमा हुनेछ। उता कर्णाली याक्स भने सुरुवातमै विकेट लिएर पोखरालाई दबाबमा राख्ने योजनामा मैदान उत्रिनेछ। ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play