Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

हार्दिक पाण्ड्याले छोडे मुम्बई इण्डियन्स, पञ्जाब किंग्सले अर्शदीपसँग साट्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
हार्दिक पाण्ड्याले छोडे मुम्बई इण्डियन्स, पञ्जाब किंग्सले अर्शदीपसँग साट्यो
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ अघि मुम्बई इन्डियन्स र पञ्जाब किंग्सले आफ्ना कप्तान हार्दिक पाण्ड्या र तीव्र गतिका बलर अर्शदीप सिंहलाई साटफेर गरेका छन् । सम्झौताअनुसार मुम्बईका कप्तान हार्दिक पाण्ड्या पञ्जाब किंग्समा पुगेका छन् भने पञ्जाबबाट खेल्दै आएका तिब्र गतिका बलर अर्शदीप सिंह मुम्बई इन्डियन्समा आबद्ध भएका छन् । आईपीएलले हार्दिक १८ करोड भारुमा पञ्जाब पुगेका हुन् । मुम्बईमा उनले १६ करोड ३५ लाख भारु पारिश्रमिक पाउँदै आएका थिए । त्यस्तै, अर्शदीप भने आफ्नो पुरानै १८ करोड भारु पारिश्रमिकमा मुम्बई पुगेका छन् । हार्दिक सन् २०१५ देखि मुम्बईबाट आईपीएल खेल्दै आएका थिए । उनले सन् २०२२ मा गुजरात टाइटन्सबाट खेल्न थालेका थिए र दुई सिजन टोलीको कप्तानी गरेका थिए । सन् २०२४ मा पुनः मुम्बई फर्किएका उनले त्यसयता टोलीको नेतृत्व गर्दै आएका थिए । हार्दिकले आईपीएल उपाधि पाँच पटक जितेका छन् । उनले मुम्बईबाट चार पटक र गुजरातबाट एक पटक उपाधि जितेका थिए । उनको कप्तानीमा मुम्बई सन् २०२४ मा अंकतालिकाको अन्तिम स्थानमा रहेको थियो भने अर्को सिजन प्लेअफमा पुगेको थियो । सन् २०२६ मा भने मुम्बई नवौँ स्थानमा सीमित भएको थियो । उनको कप्तानीमा मुम्बईले खेलेका ३९ खेलमध्ये १५ मा जित र २४ मा हार बेहोरेको थियो । अर्शदीपले सन् २०१९ मा आईपीएलमा पदार्पण गरेयता आठ सिजन पञ्जाबबाट खेलेका थिए । उनले पञ्जाबका लागि ९६ खेलमा १११ विकेट लिएका छन् । यो पञ्जाबको १९ सिजनको इतिहासमा कुनै पनि बलरले लिएको सर्वाधिक विकेट हो । हार्दिकको बहिर्गमनसँगै मुम्बईले आगामी सिजन नयाँ कप्तान चयन गर्नुपर्ने भएको छ । टोलीले व्यवस्थापन र प्रशिक्षक समूहमा समेत परिवर्तन गरेको छ । काइरन पोलार्डलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको छ। यसअघि मुख्य प्रशिक्षक रहेका महेला जयवर्द्धनेले टोली छाडेका छन् । त्यस्तै, रोबिन उथप्पालाई ब्याटिङ प्रशिक्षक, मिचेल म्याक्लेनघनलाई बलिङ प्रशिक्षक र टी दिलीपलाई फिल्डिङ प्रशिक्षक नियुक्त गरिएको छ । यससँगै मुम्बईले आगामी सिजन नयाँ नेतृत्व र प्रशिक्षक समूहसहित मैदानमा उत्रने तयारी गरेको छ । The post हार्दिक पाण्ड्याले छोडे मुम्बई इण्डियन्स, पञ्जाब किंग्सले अर्शदीपसँग साट्यो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यकः अर्थमन्त्री वाग्ले
Latest NewsJust now

जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यकः अर्थमन्त्री वाग्ले

अन्ताल्या (टर्किए) । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि जोखिममा रहेका मुलुकलाई अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको विशेष अन्तरराष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत आज नेपाल पेभिलियनमा आयोजित ‘विपद्को पूर्ण आर्थिक भार : जलवायुजन्य आघातपछि ऋण, ऋण मूल्याङ्कन तथा मुद्राको अवस्था र आवश्यक सहयोग ...

केन्द्रबिन्दु
असिना पानीसहितको वर्षाले जनजीवन प्रभावित
Latest NewsJust now

असिना पानीसहितको वर्षाले जनजीवन प्रभावित

काठमाडौं, कात्तिक २५ गते । आज दिउँसो काठमाडौं उपत्यका लगाषत विभिन्न जिल्लामा असिना पानीसहित वर्षा भएको छ । आज हल्का वर्षाको पूर्वानुमान गरिए पनि असिना पानीसहितको वर्षा हुँदा भाइटीक... ...

गोरखापत्र
‘हिमालको जलवायु संकटलाई विश्वले बेवास्ता गर्न पाउँदैन’
Latest NewsJust now

‘हिमालको जलवायु संकटलाई विश्वले बेवास्ता गर्न पाउँदैन’

अन्ताल्या (टर्की)- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) टर्किएको अन्ताल्या सहरमा जारी छ। नोभेम्बर ९ देखि २० सम्म हुने सम्मेलनमा नेपालले पनि सक्रिय सहभागिता जनाइरहेको छ। नेपालको प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री शिशिर खनालले गरिरहेका छन्। कोप–३१ मा नेपालको सहभागिता, पर्वतीय एजेन्डा, जलवायु वित्तमा पहुँच, जलवायु न्याय र नेपालको कूटनीतिक प्राथमिकताबारे मन्त्री खनालसँग गरेको […] ...

काठमाण्डुपाटी
असिनासहितको भारी वर्षाले त्रिभुवन विमानस्थल अस्तव्यस्त, धावनमार्गदेखि टर्मिनल भवनसम्म जलमग्न
Latest NewsJust now

असिनासहितको भारी वर्षाले त्रिभुवन विमानस्थल अस्तव्यस्त, धावनमार्गदेखि टर्मिनल भवनसम्म जलमग्न

काठमाडौं । बुधबार दिउँसो काठमाडौंमा अचानक परेको असिनासहितको भारी वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको छ। बाक्लो असिना परेर धावनमार्ग र ट्याक्सी वे ढाकिएपछि दिउँसो करिब २ बजेदेखि विमानस्थलको उडान सञ्चालन अस्थायी रूपमा रोकिएको हो। असिना र वर्षाका कारण विमानस्थलमा अवतरण गर्नुपर्ने कम्तीमा आठवटा विमान आकाशमै होल्डमा परेका छन्। तीमध्ये चारवटा अन्तर्राष्ट्रिय र चारवटा आन्तरिक उडानका विमान रहेको ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play