सुर्खेत । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता आफूहरूले नै पाउने दाबी गरेका छन् । आफ्नो पक्षको कर्णाली प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै देउवाले संविधान र पार्टी विधानअनुसार आफू नै आधिकारिक सभापति रहेको र न्यायालयबाट पनि आफूहरूकै पक्षमा निर्णय आउने विश्वास व्यक्त गरे । ‘न्यायालयप्रति मेरो पूर्ण विश्वास छ । हामीले नै पार्टीको आधिकारिकता पाउँछौँ,’ उनले भने । उनले अब आफू पार्टी सभापति र प्रधानमन्त्री नबन्ने स्पष्ट पार्दै बाँकी जीवन देश र जनताका लागि योगदान गर्न चाहेको बताए । देउवा पक्षको १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पनि देउवा नेतृत्वकै कांग्रेस आधिकारिक भएको दाबी गर्दै यस विषयमा भ्रममा नपर्न आग्रह गरेका छन् । The post हामीले नै पार्टीको आधिकारिकता पाउँछौँ: देउवा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
हामीले नै पार्टीको आधिकारिकता पाउँछौँ: देउवा

Read Complete Original Article
Published originally on कर्पोरट खबर






