Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

हसीनाको स्वदेश फिर्तीअघि बङ्गलादेशमा दुईदिने बन्दको घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
हसीनाको स्वदेश फिर्तीअघि बङ्गलादेशमा दुईदिने बन्दको घोषणा
Photo / Coverage: जनताटाइम्स

काठमाडौँ, मङ्सिर १० । पूर्वप्रधानमन्त्री शेख हसीनाको सम्भावित स्वदेश फिर्तीलाई लिएर बङ्गलादेशमा राजनीतिक तनाव बढेको छ। हसीनाको पार्टी अवामी लिगले आगामी नोभेम्बर २७ र २८ तारिखमा देशव्यापी दुईदिने बन्दको घोषणा गरेको छ। पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउनुपर्ने, राजनीतिक बन्दीहरूलाई रिहा गर्नुपर्ने लगायत आठवटा माग राख्दै अवामी लिगले आन्दोलनको आह्वान गरेको हो। हसीनाको सम्भावित फिर्ती र त्यसबाट उत्पन्न हुन सक्ने हिंसालाई मध्यनजर गर्दै सरकारले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ। तारिक रहमान नेतृत्वको सरकारले सीमावर्ती सात जिल्लामा बोर्डर गार्ड बङ्गलादेश (बीजीबी) का १०८ वटा टुकडी परिचालन गरेको छ। सुरक्षा निकायले ड्रोन, बडी क्यामेरा र अन्य आधुनिक निगरानी उपकरणमार्फत सीमा क्षेत्रमा निगरानी बढाएका छन्। प्रहरीले गस्ती तीव्र पार्नुका साथै विभिन्न स्थानमा जाँच चौकी स्थापना गरी शङ्कास्पद सवारीसाधनको खानतलासी गरिरहेको छ। सीमासँग जोडिएका ३० जिल्लामा पनि संवेदनशील मार्गमा विशेष सतर्कता अपनाउन निर्देशन दिइएको छ। यसैबीच, बङ्गलादेशमा हिंसात्मक घटना बढेका छन्। अन्तरिम सरकारका पूर्वप्रमुख मुहम्मद युनूसद्वारा स्थापित ग्रामीण बैंकका शाखाहरूलाई लक्षित गरी आक्रमण भइरहेका छन्। बैंकको नोभेम्बर २४ को आन्तरिक प्रतिवेदनअनुसार नोभेम्बर १० देखि देशभर करिब १०० वटा शाखामाथि आक्रमण भएका छन्। बङ्गलादेशका गृहमन्त्री सलाहुद्दीन अहमदले अवामी लिगलाई अब राजनीति गर्न नदिइने र पार्टीमाथिको प्रतिबन्ध स्थायी बनाइने बताउनुभएको छ। उहाँले कूटनीतिक सम्झौताका विषयमा नयाँदिल्लीसँग छलफल भइरहेको जानकारीसमेत दिनुभएको छ। यसैबीच, पूर्वप्रधानमन्त्री हसीनाले आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने योजना सार्वजनिक गर्नुभएको छ। उहाँले आफ्नो फिर्तीका लागि सरकारले विमान पठाउनुपर्ने मागसमेत गर्नुभएको छ। समाचार संस्था रोयटर्सका अनुसार हसीनाका प्रवक्ता सैयद मोजम्मेल अलीले मङ्गलबार हसीना सरकारी वायुसेवा कम्पनी ‘विमान बङ्गलादेश’ को उडानमार्फत नयाँदिल्लीबाट ढाका फर्किन चाहेको जानकारी दिनुभएको थियो। सन् १९७१ डिसेम्बर १६ मा बङ्गलादेशले पाकिस्तानविरुद्धको मुक्ति सङ्ग्राममा विजय हासिल गरेको थियो। सोही दिनलाई बङ्गलादेशले विजय दिवसका रूपमा मनाउँदै आएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
Latest NewsJust now

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

धनगढी समाचारदाता धनगढी, मङ्सिर १० गते । कैलालीमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते हुनुभएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका अन... ...

गोरखापत्र
स्ट्रेलियाको राजनीतिमा फेरि उथलपुथल, लिबरल सिनेटर लिआ ब्लिथ वान नेशनमा प्रवेश
Latest NewsJust now

स्ट्रेलियाको राजनीतिमा फेरि उथलपुथल, लिबरल सिनेटर लिआ ब्लिथ वान नेशनमा प्रवेश

अस्ट्रेलियाको विपक्षी राजनीतिमा नयाँ हलचल पैदा गर्दै दक्षिण अस्ट्रेलियाकी सिनेटर लिआ ब्लिथले लिबरल पार्टी छाडेर पाउलिन ह्यान्सन नेतृत्वको वान नेशन पार्टी रोजेकी छन् । ...

नेपालबहस
सामाजिक व्यवहारमा परिवर्तन आवश्यक : मुख्यमन्त्री आचार्य
Latest NewsJust now

सामाजिक व्यवहारमा परिवर्तन आवश्यक : मुख्यमन्त्री आचार्य

दाङ समाचारदातादाङ, मङ्सिर १० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक हिंसा प्रभावितलाई दोष दिने नभई साथ दिने सामाजिक वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको छ... ...

गोरखापत्र
कोसीका मुख्यमन्त्री हिक्मत राजीनामा दिँदै छन् कि ओलीसँग ‘भिड्दै’ छन्
Latest NewsJust now

कोसीका मुख्यमन्त्री हिक्मत राजीनामा दिँदै छन् कि ओलीसँग ‘भिड्दै’ छन्

सत्तारूढ नेकपा एमालेको आन्तरिक किचलोले कोसी प्रदेश सरकार हेरफेरको विषय झन्‌झन् पेचिलो बन्दै गएको छ।  आफ्नै पार्टीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउन एमालेको एउटा खेमा जोडतोडका साथ लागेपछि कोसी प्रदेशको राजनीतिमा तरंग सिर्जना भएको छ।  एमालेका कोसी प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री शेरधन राईको चाहनाबमोजिम पार्टी अध्यक्ष केपी शर्म... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement