Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने

Share:WhatsAppFacebookX (Twitter)Telegram
हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने
Photo / Coverage: पर्दाफास

काठमाडौं महानगरपालिकाले चोरी भएर विदेशका विभिन्न सङ्ग्रहालय तथा स्थानमा पुगेका नेपाली धार्मिक तथा सांस्कृतिक सम्पदा पहिचान गरी स्वदेश फिर्ता ल्याउने अभियानलाई थप व्यवस्थित बनाउने भएको छ । यसका लागि महानगरले सम्पदाको अभिलेखीकरण, जनचेतना अभिवृद्धि र समुदायको क्षमता विकासलाई प्राथमिकतामा राख्ने भएको हो । शुक्रबार काठमाडौं महानगरपालिकामा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले हराएका तथा चोरी भएका भगवान् र सम्पदालाई घर फर्काउने अभियानलाई संस्थागत र प्रभावकारी बनाउन आवश्यक रहेको बताइन् । उनका अनुसार महानगरपालिकाले यसअघि कूटनीतिक माध्यम तथा विदेशमा रहेका विभिन्न सङ्घसंस्था र समुदायसँग सहकार्य गरेर चोरी भएका सम्पदा फिर्ता ल्याउने प्रयास गर्दै आएको छ । आगामी दिनमा यस्ता प्रयासलाई थप औपचारिक र व्यवस्थित बनाइनेछ । सम्पदा संरक्षण गर्नु भनेको भएका सम्पदाको भौतिक संरक्षण मात्रै नभई चोरी तथा अवैध ओसारपसार रोक्नु पनि भएको डंगोलको भनाइ छ । विदेशका विभिन्न सङ्ग्रहालयमा नेपाली सम्पदा रहेको जानकारी प्राप्त भए पनि ती सम्पदा कहाँबाट चोरी भएका हुन् भन्ने प्रमाण जुटाउन कठिन हुने गरेको उनले बताइन् । त्यसैले महानगरले सम्पदाको विस्तृत अभिलेखीकरण, तस्बिर, श्रव्यदृश्य सामग्री तथा आवश्यक विवरण सुरक्षित राख्नुपर्नेमा जोड दिएको छ । विगतका केही अभ्यासले एउटा तस्बिरकै आधारमा चोरी भएको सम्पदाको वास्तविक स्थान पहिचान गरी फिर्ता ल्याउन र पुनःस्थापना गर्न सहयोग पुगेको उनले उल्लेख गरिन् । महागौरीको मूर्ति फिर्ता ल्याएर पुनःस्थापना गर्दाको उदाहरण दिँदै डंगोलले सम्पदाको पहिचान र प्रमाणीकरणमा तस्बिरको महत्त्वपूर्ण भूमिका हुने बताइन् । उनले भनिन्, ‘एउटा पुरानो तस्बिरकै आधारमा महागौरीको मूर्ति पहिचान गरी फिर्ता ल्याउन र पुनःस्थापना गर्न सम्भव भएको उदाहरणले अभिलेखीकरणको महत्त्व पुष्टि गरेको छ ।’ हराएका धार्मिक सम्पदाबारे प्रहरीमा उजुरी दिने अभ्यास पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनले बताइन् । मानिस हराउँदा प्रहरीमा उजुरी गर्ने प्रचलन भए पनि भगवान् तथा धार्मिक सम्पदा हराउँदा प्रहरीमा औपचारिक जानकारी गराउने अभ्यास विगतमा कम रहेको उनको भनाइ छ । तलेजु भवानीको हार फिर्ता ल्याउने प्रयासका क्रममा प्रहरीले उजुरीको प्रमाण मागेको तर त्यसबेला उजुरी गर्नुपर्छ भन्ने चेतना नै नभएका कारण आवश्यक प्रमाण जुटाउन कठिन भएको उनले उदाहरण दिइन् । यस्ता घटनाले सम्पदा चोरी हुँदा तत्काल प्रहरीमा उजुरी दिनुपर्ने विषयमा जनचेतना फैलाउनुपर्ने आवश्यकता देखाएको उनको भनाइ छ । डंगोलले भनिन्, ‘यसका लागि सम्पदाको अभिलेखीकरण, फोटो तथा भिडियो संकलन र हराएका सम्पदाबारे प्रहरीमा औपचारिक उजुरी गर्ने अभ्यासलाई प्रोत्साहन गरिनेछ ।’ उनका अनुसार महानगरपालिकाले चोरी भएका तथा विदेशमा पुर्‍याइएका नेपाली सम्पदा पहिचान गरी स्वदेश फिर्ता ल्याउने अभियानलाई प्रभावकारी बनाउन समझदारीपत्रमा हस्ताक्षर गरेको छ । यसका लागि कूटनीतिक माध्यम, अन्तर्राष्ट्रिय सङ्घसंस्था र विदेशस्थित समुदायसँगको सहकार्यलाई थप व्यवस्थित बनाइनेछ । ‘सम्पदा संरक्षण भनेको विद्यमान सम्पदाको संरक्षण मात्र नभई चोरी तथा अवैध ओसारपसार रोक्नु र विदेशमा रहेका सम्पदालाई पहिचान गरी आफ्नै स्थानमा पुनःस्थापना गर्नु पनि हो,’ उनले भनिन् । महानगरले सम्पदा संरक्षणसम्बन्धी जनचेतना अभियान आफ्नै जनप्रतिनिधि र कर्मचारीबाट सुरु गर्ने भएको छ । त्यसपछि नगर प्रहरी, फिल्डमा खटिने कर्मचारी, गुठी, सङ्घसंस्था, टोल सुधार समिति तथा स्थानीय समुदायसम्म अभियान विस्तार गरिने डंगोलले बताइन् । विशेषगरी सम्पदा संरक्षणका क्रममा सामान्य प्राविधिक ज्ञानको अभावमा पनि क्षति पुग्न सक्ने भएकाले फिल्डमा काम गर्ने कर्मचारीलाई आवश्यक तालिम दिनुपर्ने उनको भनाइ छ । कुन सम्पदामा कसरी रङ लगाउने, कहाँ चुनाको प्रयोग गर्ने वा नगर्ने, चैत्यको संरचना र धार्मिक महत्त्व के हो भन्ने विषयमा समेत कर्मचारीलाई स्पष्ट जानकारी दिनुपर्ने उनले बताइन् । सम्पदा संरक्षणमा स्थानीय समुदायको स्वामित्व र सक्रियता सबैभन्दा महत्त्वपूर्ण हुने उल्लेख गर्दै डंगोलले निगरानीका लागि सीसीटीभी क्यामेरा मात्रै पर्याप्त नहुने बताइन् । सम्पदा रहेको क्षेत्रका स्थानीय बासिन्दा नै सचेत र जिम्मेवार भए संरक्षणको काम प्रभावकारी हुने उनको भनाइ छ । महानगरपालिकाले यसका लागि समुदायको क्षमता अभिवृद्धि कार्यक्रमसमेत सञ्चालन गर्ने जनाएको छ । प्राविधिक ज्ञान भएका विज्ञ तथा सम्पदा संरक्षणमा क्रियाशील संस्थाको सहयोग लिएर महानगरका कर्मचारी र समुदायलाई प्रशिक्षित गरिनेछ । सम्पदा संरक्षणका क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको नमूना फाउण्डेसनसँगको सहकार्यलाई पनि महानगरले महत्त्व दिएको छ । कार्यवाहक प्रमुख डंगोलले फाउण्डेसनबाट आगामी दिनमा थप प्राविधिक सहयोग प्राप्त हुने विश्वास व्यक्त गरिन् । सम्पदा संरक्षणलाई नीतिगत दस्तावेज र सम्झौतामा मात्र सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ । उनले भनिन्, ‘समझदारीपत्रअनुसार महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नगर प्रहरी तथा फिल्डमा काम गर्ने जनशक्तिलाई सम्पदा संरक्षणसम्बन्धी तालिम र जनचेतना प्रदान गरिनेछ ।’ त्यस्तै, गुठी, सङ्घसंस्था, टोल सुधार समिति र स्थानीय समुदायको क्षमता अभिवृद्धि गरी सम्पदा संरक्षणमा सामुदायिक अपनत्व र सहभागिता बढाइने उनले बताइन् । ‘यस अभियानमा प्राविधिक संस्थाहरूको सहयोग लिएर सम्पदा संरक्षणका सही विधि र प्रक्रियालाई व्यवहारमा लागू गरिनेछ,’ उनले भनिन् । चोरी भएका सम्पदा पहिचान गर्ने, अवैध ओसारपसार रोक्ने, विदेशबाट फिर्ता ल्याउने, आफ्नै मौलिक स्थानमा पुनःस्थापना गर्ने र पुनःस्थापित सम्पदालाई सुरक्षित राख्ने काम चरणबद्ध रूपमा अघि बढाइने महानगरले जनाएको छ । महानगरले सम्पदा संरक्षणको अभियानमा नगर प्रहरीको भूमिका पनि विस्तार गर्ने भएको छ । यसअघि कार्यान्वयनमा रहेको ‘सम्पदा नगर प्रहरी’ अवधारणालाई थप व्यापक बनाउँदै सम्पदाको सुरक्षा र निगरानीमा नगर प्रहरीलाई परिचालन गरिने डंगोलले बताइन् । महानगरको यो पहलले काठमाडौं उपत्यकाबाट चोरी भई विदेश पुगेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको पहिचान, अभिलेखीकरण र स्वदेश फिर्तीका लागि संस्थागत आधार तयार गर्ने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान
OthersJust now

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान

गृहमन्त्री सुधन गुरुङ विश्व प्रहरी शिखर सम्मेलन (वर्ल्ड पुलिस समिट) मा सहभागी हुन शुक्रबार साँझ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् । यूएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना हुने सम्मेलनमा सहभागी हुन उनी शुक्रबार साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधिको विकास तथा अपराध नियन्त्रणका नवीनतम अभ्यासबारे छलफल र अनुभव आदानप्रदान ...

पर्दाफास
बल्खु–दक्षिणकाली–हेटौंडा सडकमा सवारीलाई तोकियो नयाँ समय
OthersJust now

बल्खु–दक्षिणकाली–हेटौंडा सडकमा सवारीलाई तोकियो नयाँ समय

२७ कात्तिक, काठमाडौं । बल्खु–दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारीसाधनका लागि नयाँ समयसीमा निर्धारण भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले एक विज्ञप्ति जारी गर्दै नयाँ समयसीमाबारे जानकारी गराएका हुन् । जिल्ला सुरक्षा समिति काठमाडौँको निर्णयअनुसार अब उक्त रुटमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन बेलुका ८ बजेसम्ममा… ...

अनलाइन खबर
देशभर छठ पर्वको तयारी पूरा, आज नहाय–खाय भोलि खरना
OthersJust now

देशभर छठ पर्वको तयारी पूरा, आज नहाय–खाय भोलि खरना

छठ पर्व मनाउन देशभरका विभिन्न नदी, पोखरी तथा जलाशयका घाटहरूमा तयारी पूरा भएको छ । चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन आज व्रतालुहरूले ‘नहाय–खाय’ विधि गरेर पर्वको सुरुवात गर्दैछन् । छठ पर्वका लागि घाटहरूको सरसफाइ, सजावट तथा पूजाका आवश्यक सामग्रीको व्यवस्थापन गरिएको छ । मिथिला तथा तराई क्षेत्रमा विशेष महत्त्वका साथ मनाइने छठ पछिल्लो समय देशका विभिन्न भागमा विस्तार हुँदै ...

पर्दाफास
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री सुधन गुरुङ युएई प्रस्थान गर्दै
OthersJust now

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री सुधन गुरुङ युएई प्रस्थान गर्दै

गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (युएई) जाने भएका छन् । गृहमन्त्री गुरुङ युएईमा आयोजना हुने ‘विश्व प्रहरी शिखर सम्मेलन’ मा सहभागी हुन शुक्रबार साँझ त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । गृहमन्त्री गुरुङ सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन लागेको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिए । उनका अनुसार गृहमन्त्री गुरुङ मंसिर २ गते स्वदेश फर्किनेछन् । ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play