हङकङमा दशैं–तिहार र चीनको राष्ट्रिय दिवस मनाइयो

हङकङ। हङकङ नेपाली प्रगतिशील मञ्चको आयोजनामा चीनको ७७औं राष्ट्रिय दिवस तथा बडादशैँ र तिहारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। अक्टोबर १९, २०२६ मा जोर्डनस्थित एभरेस्ट रेष्टुरेन्ट एण्ड बारमा आयोजित कार्यक्रममा साहित्यिक, सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिसँगै शुभकामना आदानप्रदान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि वसन्त राईले समुदायबीच आपसी भाइचारा, सांस्कृतिक संरक्षण र सम्बन्ध सुदृढ गर्न यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताए। विशिष्ट अतिथि अरुणा गुरुङले पनि चाडपर्वको शुभकामना व्यक्त गरिन्। कार्यक्रममा बालिका बान्तवालगायतका साहित्यकारले कविता वाचन गरेका थिए। त्यस्तै, युवा कलाकारहरूले खुकुरी नृत्यसहित विभिन्न नृत्य प्रस्तुत गरेका थिए भने पवित्र साम्पाङ, रोजा लिम्बू, हर्षित आले, हेम दिलुङ्गालगायतका कलाकारले गीत प्रस्तुत गरेका थिए। कार्यक्रमको अन्त्यमा ‘गाउँघरको माया’ म्युजिक भिडियो प्रदर्शन गरिएको थियो। आयोजकका अनुसार NHDD Studio HK Ltd ले कार्यक्रममा साउण्ड सिस्टमको प्राविधिक सहयोग निःशुल्क उपलब्ध गराएको थियो।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

पोखरा एभेन्जर्समा बङ्गलादेशी अलराउन्डर मेहदी हसन अनुबन्धित
काठमाडौं । बङ्गलादेशका अलराउन्डर मेहदी हसन नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। पोखराले आज सामाजिक सञ्जालमार्फत हसनलाई टोलीमा अनुबन्ध गरेको जनाएको हो। आइसिसीको टी–२० अन्तर्राष्ट्रिय बलिङ वरीयतामा आठौँ स्थानमा रहेका हसनले एनपिएलमा पोखराको जर्सी लगाउनेछन्। ३१ वर्षीय हसनले बङ्गलादेशका लागि ७८ टी–२० अन्तर्राष्ट्रिय र १२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले टी–२० अन्तर्राष्ट्रियमा ७८ र एकदिवसीयमा ...

दसैँको टीका : कतै रौनक, कतै सुनसान
काठमाडौँ । आज विजयादशमी । निधारमा रातो टीका र शिरमा पहेँलो जमरा सिउरिएर आफन्तको हातबाट आशीर्वाद थाप्ने दिन । घरआँगन आफन्तले भरिएका छन् । कोही टीका र जमरा लगाएर तस्बिर... ...

घोडेपानीमा पर्यटकले पनि मनाए दसैं
बडादसैंका अवसरमा विदेशी पर्यटकले नेपाली परम्पराअनुसार रातो टीका र जमरा ग्रहण गर्दै दसैंको खुसी साटासाट गरे । ...

वित्तीय प्रतिवेदन बुझाउन ढिलाइ गर्ने अस्ट्रेलियाका २१ कम्पनीलाई २९ लाख डलर जरिवाना
• अस्ट्रेलियाको २१ कम्पनीले वित्तीय प्रतिवेदन नबुझाएकोमा ४१ लाख ५८ हजार अस्ट्रेलियाली डलर जरिवाना तिरेका छन्। • प्रत्येक कम्पनीले एक लाख ९८ हजार अस्ट्रेलियाली डलरका दरले जरिवाना बुझाएका हुन्। • आयोगले वित्तीय प्रतिवेदन समयमै बुझाउनु कम्पनीहरूको दायित्व भएको र नियमको पालना गराउन प्रतिबद्धता जनाएको छ। ...


