स्याङ्जाकाे फूल पोखरा र बुटवलसम्म

स्याङ्जा।पछिल्लो समय स्याङ्जामा व्यावसायिक फूल खेती गर्ने किसानको संख्या बढदै गएको छ। कुनै बेला घरायसी प्रयोजनका लागि मात्रै निर्वाहमुखी फूल उत्पादन हुने गरेकामा पछिल्लो समय यहाँ फूलको व्यावसायिक उत्पादन थालिएको हो। अरु अन्नबालीको तुलनामा बाँदरले क्षति नपुर्याउने र बजारमा सहजै खपत हुने भएकाले किसान फूलखेतीतर्फ आकर्षित हुँदै गएका हुन्। जिल्लाभित्रै फूलको व्यावसायिक उत्पादन सुरु भएपछि फूल तथा माला आयात गर्ने क्रम विस्तारै रोकिँदै गएको छ। केही वर्षअघिसम्म भारत, बुटवल तथा पोखराबाट तिहारलगायतका चाडबाडका अतिरिक्त सभा समारोहका लागि फूल माला ल्याइने गरिएको थियो। आजभोलि भने ती ठाउँमै यहाँ उत्पादित फूल तथा माला निर्यात हुन थालेको छ। जिल्लामा विशेष गरी दसैं, तिहार जस्ता चाडपर्वलाई लक्षित गरी व्यावासायिक रुपमा सयपत्री फूल उत्पादन हुँदै आएको छ। विगतका तुलनामा हाल फूलखेतीको क्षेत्रफल तथा किसानको संख्या पनि थपिँदै गएको छ। फूलखेतीमै आफनो भविष्य आठ वर्षदेखि स्याङ्जाको गल्याङ नगरपालिका–५ रुपाखानीका कृषक चन्द्र रानाले व्यावसायिक रुपमा सयपत्री फूलखेती गर्दै आएका छन्। उनले विशेषगरी दसैं तथा तिहारलाई लक्षित गरी फूलखेती गर्दै आएका हुन्। ग्रामीण भेगमा जमिन भाडामा लिएर व्यावसायिक फूलखेती गर्दै आएका रानाले गरेको व्यावसायलाई पछ्याउँदै अन्य कृषकले पनि फूलखेती थालेका छन्। व्यावसायिक कृषक रानासहित सात जनाले मिलेर गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिका तीन–तीन ठाउँमा व्यावसायिक फूलखेती गरेका छन्। उनीहरुले दुई–दुई रोपनी जमिनमा व्यावसायिक फूलखेती गरेको व्यावसायी रानाले बताए। “हामी सात जना किसानले मिलेर छुट्टाछुट्टै ठाउँमा व्यावसायिक फूलखेती गरेका छौं”, उनले भने, “हामीले छुट्टाछुट्टै फूलखेती गरे पनि फूलको बीउ, बेर्ना, लगाउने तरिका, बजारीकरणलगायतमा एकापसमा सरसल्लाह, अनुभव आदानप्रदान गर्दै अगाडि बढिरहेका छौं।” फूल तथा मालाको माग आउँदा यही समूहभित्रबाट संकलन गरी बजारमा पठाउने गरेको उनले बताए। दसैंभन्दा अगाडि बजार मूल्य कम भएको र तिहारभन्दा अगाडि नै फूल फूलेकाले बजारीकरणमा समस्या हुने हो कि भन्ने लागेको गल्याङ–२ गुठीकी कृषक डीलमाया रानाले बताइन्। सयपत्री फूलको माला होलसेलमा ५० रुपैंयाँ र फुटकरमा प्रतिमाला ७० रुपैंयाँका दरले बिक्री भइरहेको छ। फूल होलसेलमा प्रतिकेजी १०० रुपैंयाँ र फुटकरमा प्रतिकेजी २०० रुपैंयाँमा बिक्री गर्दै आएको कृषक रानाले बताइन्। “यहाँका उत्पादन फूल र माला दसैंअघि पोखरामा बिक्री भएको र अब तिहारमा बुटवलमा बिक्री गर्ने तयारी भइरहेको छ”, उनले भनिन्। पोखरा तथा बुटवलका ब्यापारीले फूल तथा माला माग गर्ने भएकाले सोही आधारमा गाडीमार्फत पठाउँदै आएको उनले जानकारी दिइन्। कहिलेकाहीँ यहाँ उत्पादन भएको फूलले भारतबाट आउने फूलसँग प्रतिस्पर्धा गर्नुपर्दा उचित बजार मूल्य नपाउने समस्या भने रहेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

प्रधान सेनापतिद्वारा शिलालेख अनावरण
गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक ११ गते । विपद् व्यवस्थापन, उद्धार तथा कठिन परिस्थितिमा हवाई सेवा प्रदान गर्दै आएको सैनिक हवाई सेवाको उक्त उपलब्धिको अवसरमा प्रधान सेनापति अशोक... ...
राससका नवनियुक्त अध्यक्ष कोइरालाद्वारा कार्यभार ग्रहण
• सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव विष्णुप्रसाद कोइराला राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्षमा नियुक्त भएका छन्। • अध्यक्ष कोइरालाले राससको संगठन र व्यवस्थापन सुधारमा ध्यान दिनुपर्ने बताएका छन् र राष्ट्रिय समाचार समिति ऐन, २०१९ को परिमार्जन प्रक्रिया सुरु गर्ने योजना बनाएका छन्। • महाप्रबन्धक सन्दीप राईले अध्यक्ष कोइरालाको अनुभवले राससको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्। ...

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
काठमाडौँ। उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सम्पन्न गर्न तथा विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न... ...

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १४६ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४५ रन बनाएको हो। पोखराका लागि अर्जुन घर्तीले सर्वाधिक ४० रन बनाए। अविजित रहेका उनले २५ बलमा चार चौका र एक छक्का प्रहार गरे। त्यस्तै, मेहदी हसनले ...


