Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १४६ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४५ रन बनाएको हो। पोखराका लागि अर्जुन घर्तीले सर्वाधिक ४० रन बनाए। अविजित रहेका उनले २५ बलमा चार चौका र एक छक्का प्रहार गरे। त्यस्तै, मेहदी हसनले ३२ र कुशल भुर्तेलले २१ रनको योगदान दिए। शकिब अल हसनले १४ तथा धनञ्जय लक्षणले ११ रन बनाए। सुदूरपश्चिमका बलर अनिल खरेलले सर्वाधिक तीन विकेट लिए। हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र स्कट कुग्लाइनले एक–एक विकेट हात पारे। अब सुदूरपश्चिमले जितका लागि २० ओभरमा १४६ रन बनाउनुपर्नेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

चक्रवात ‘अर्णव’को प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन निर्देशन
ताजा खबरJust now

चक्रवात ‘अर्णव’को प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन निर्देशन

बिहीबारदेखि शनिबारसम्म भारी वर्षा, चट्याङ, तीव्र हावाहुरी र हिमपातको जोखिम रहेकाले नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनी, विमानस्थल र चालकदललाई मौसमको अवस्था मूल्यांकन गरी उडान सुरक्षा सुनिश्चित गर्न निर्देशन दिएको छ । ...

कान्तिपुर
एनपीएल: दीपेन्द्रकाे अर्धशतकमा सुदूरपश्चिमकाे उत्कृष्ट जित,पाेखरा पराजित
ताजा खबरJust now

एनपीएल: दीपेन्द्रकाे अर्धशतकमा सुदूरपश्चिमकाे उत्कृष्ट जित,पाेखरा पराजित

• सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हरायो। • कप्तान दीपेन्द्रसिंह ऐरीले ५१ र इशान पाण्डेले ३७ रन बनाउँदै ७४ रनको साझेदारी गरे। • पोखराले २० ओभरमा १४५ रन बनाएको थियो, जसमा अर्जुन घर्तीले ४० रनको योगदान दिए। ...

नेपालबहस
पोखरामाथि सुदूरपश्चिम रोयल्सको शानदार जित
ताजा खबरJust now

पोखरामाथि सुदूरपश्चिम रोयल्सको शानदार जित

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । बुधबार सम्पन्न खेलमा सुदूरपश्चिमले पोखरालाई ६ विकेटले पराजित गरेको हो । पोखराले दिएको १४६ रनको लक्ष्य पछाएको सुदूरपश्चिम रोयल्सले १६.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले अविजित ५१ रन बनाएका थिए भने इशान पाण्डेले ३७ रन बनाएका थिए ...

कर्पोरट खबर
सुदूरले पाेखरलाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू
ताजा खबरJust now

सुदूरले पाेखरलाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू

काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेञ्जेर्सलाई ६ विकेटले हराएको छ। बुधबार भएको खेलमा पोखरालाई हराएसँगै सुदूरपश्चिमले तेस्रो संस्करणको एनपीएलमा पहिलो जित दर्ता गरेको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play