स्पेनले डाटा सेन्टरसम्बन्धी नियमको प्रस्ताव खुकुलो बनायो

स्पेनले डाटा सेन्टर सञ्चालन र नवीकरणीय ऊर्जाको प्रयोगसम्बन्धी प्रस्तावित नियमलाई थप लचिलो बनाएको छ। देशमा डाटा सेन्टर निर्माणका परियोजना घोषणा बढिरहेका बेला ऊर्जा मन्त्रालयका अधिकारीहरूले सोमबार संशोधित प्रस्ताव सार्वजनिक गरेका हुन्। रोयटर्सका अनुसार संशोधित प्रस्तावअनुसार अब १० मेगावाटभन्दा बढी विद्युत् क्षमता भएका डाटा सेन्टरमा मात्र उक्त नियम लागू हुनेछ। यसअघि एक मेगावाटभन्दा बढी क्षमता भएका डाटा सेन्टरलाई नियमको दायरामा राख्ने प्रस्ताव गरिएको थियो। त्यस्तै डाटा सेन्टर सञ्चालनमा आउनुअघि प्रयोग हुने ऊर्जाबराबरको नवीकरणीय ऊर्जा उत्पादन क्षमता स्थापना गर्नुपर्ने समयसीमा पनि बढाइएको छ। यसअघि सञ्चालन सुरु हुनुभन्दा अघिका १८ महिनाभित्र नवीकरणीय ऊर्जा क्षमता स्थापना गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको थियो। संशोधित प्रस्तावमा यो अवधि बढाएर ३६ महिना पुर्याइएको छ। सौर्य ऊर्जाका हकमा भने निश्चित समयसीमा तोकिएको छैन। प्रस्तावले डाटा सेन्टरले सञ्चालनको प्रत्येक घण्टामा खपत गर्ने ऊर्जाको कम्तीमा ८० प्रतिशत नवीकरणीय ऊर्जाबाट पूर्ति गर्नुपर्ने व्यवस्था भने कायम राखेको छ। तर, संशोधित प्रस्तावमा विभिन्न सर्त पूरा गर्ने अवस्थामा उक्त लक्ष्य हासिल गर्न पाँच वर्षसम्मको संक्रमणकालीन अवधि लिन सकिने विकल्प थपिएको छ। नवीकरणीय ऊर्जाको पर्याप्त उपलब्धता र ठूलो क्षेत्रफलमा खाली जमिन भएका कारण स्पेन युरोपमा डाटा सेन्टर स्थापनाको प्रमुख गन्तव्यका रूपमा उदाएको छ। विशेषगरी कृत्रिम बुद्धिमत्ता (एआई) पूर्वाधारसँग सम्बन्धित अर्बौं यूरोका परियोजनाले स्पेनमा लगानी आकर्षित गरिरहेका छन्। नियमलाई लचिलो बनाउने पछिल्लो प्रस्तावले डाटा सेन्टर विकासकर्तालाई नवीकरणीय ऊर्जासम्बन्धी लक्ष्य पूरा गर्न थप समय र विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ। The post स्पेनले डाटा सेन्टरसम्बन्धी नियमको प्रस्ताव खुकुलो बनायो appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

आईफोनको लकडाउन मोड: एप्पलको सुरक्षा सुविधा प्रयोग गर्दाका फाइदा र बेफाइदा
लकडाउन मोडले आईफोनलाई स्पाइवेयरबाट धेरै सुरक्षित बनाउँछ। तर अधिकांश मानिसले यसको प्रयोग गर्न आवश्यक छैन। आईफोनमा लकडाउन मोड सन् २०२२ देखि उपलब्ध छ। तर, धेरैले यसबारे सुनेका छैनन्, प्रयोग गर्नु त परको कुरा हो। यो आइफोनको सेटिङ एपभित्र लुकेको जस्तै छ। साथै, यो सामान्य प्रयोगकर्ताका लागि बनाइएको सुविधा पनि होइन। एप्पलले यसलाई व्यावसायिक स्पाइवेयरबाट निशाना बनाइने सम्भावना भएका सीमित व्यक्तिका लागि ‘अत्यन्त ...

स्पेसएक्सले एआई चिप खरिदका लागि एपोलोसँग गर्यो ४० अर्ब डलरको सम्झौता
स्पेसएक्सले सोमबार दिएको जानकारीअनुसार एपोलो ग्लोबल म्यानेजमेन्टको एक सहायक कम्पनीले कृत्रिम बुद्धिमताका चिप र सर्भर हार्डवेयर खरिद गरेर रकेट तथा एआई क्षेत्रमा काम गर्ने स्पेसएक्सलाई भाडामा दिनेछ। यस सम्झौताअन्तर्गत कुल साँवा भुक्तानी करिब ४० अर्ब डलर हुनेछ। नियामक निकायमा बुझाइएको विवरणअनुसार उपकरण प्राप्त भएको मितिदेखि प्रत्येक भाडा सम्झौताको अवधि पाँच वर्षभन्दा केही बढी हुनेछ। रोयटर्सका अनुसार चन्द्रमा र मंगल ग्रहमा पुग्ने आफ्नो ...

नेपाल टेलिकमले ल्यायो ‘एनपीएल अनलिमिटेड प्याकेज’: ५९९ रुपैयाँमा प्रतिदिन ८ जीबी डाटा र ३३३ मिनेट कल
११ कात्तिक, काठमाडौं। नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ (NPL Season 3) लाई लक्षित गर्दै ग्राहकहरूका लागि विशेष ‘एनपीएल अनलिमिटेड प्याकेज’ (NPL Unlimited Package) सार्वजनिक गरेको छ। नेपाल प्रिमियर लिग सिजन-३ को Official Telecom Partner (आधिकारिक टेलिकम पार्टनर) समेत रहेको नेपाल टेलिकमले नेपाली खेलकुदको प्रवर्द्धन र ग्राहकलाई सस्तो शुल्कमा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले […] The post नेपाल टेलिकमले ...

चीनका प्रयोगशालामा उत्पादित हिरा निर्माण कम्पनीको ध्यान एआई र चिप उद्योगतर्फ
फेङ चानजुनको कारखानामा वार्षिक रूपमा उत्पादन हुने २० लाख क्यारेट प्रयोगशालामा उत्पादित हिरामध्ये हाल करिब ७० प्रतिशत गहनाका रूपमा प्रयोग हुने गरेको छ। यी उद्यमीले चीनको कृत्रिम हिरा उद्योगको भविष्य सेमिकन्डक्टर, एआई सर्भर तथा अन्य उच्च प्रविधिमा प्रयोग हुने सामग्रीको आपूर्तिमा रहेको विश्वास गरेका छन्। फेङले भने, ‘सन् २०३० सम्ममा कार्यात्मक सामग्रीका रूपमा प्रयोग हुने मेरा उत्पादनको हिस्सा ५० प्रतिशतभन्दा बढी पुर्याउने ...


