स्पेनमा रेल दुर्घटना : मृतकको संख्या ६८ पुग्यो

काठमाडौं । स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे दुर्घटना भएको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । स्पेनका रेल कम्पनी रेन्फे र इरियोले सञ्चालन गरेका रेल दुर्घटनामा परेका हुन् । रेन्फेका अनुसार उर्दा स्टेसन नजिक भएको ठक्करपछि इरियो रेलका पछाडिका दुई डिब्बा लिकबाट बाहिरिएका थिए । स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका दृश्यमा रेलमार्ग र नजिकैको भिरालो क्षेत्रमा रेलका टुक्रा छरिएको देखिएको छ । उद्धारकर्मीले दुर्घटनास्थलमा उद्धार कार्य गरिरहेका थिए भने केही यात्रु आफ्ना सामान बोकेर घटनास्थलबाट बाहिरिँदै गरेका देखिएका थिए । दुर्घटनापछि स्पेनको सिभिल गार्डले थप सुरक्षाकर्मी परिचालन गरेको थियो । ट्राफिक प्रहरी, हवाई निगरानी टोली, ड्रोन सञ्चालक र ठूला विपद्को अनुसन्धानमा विशेषज्ञता हासिल गरेका फरेन्सिक अनुसन्धानकर्तासमेत परिचालन गरिएको थियो । कास्टिला–ला मान्चा क्षेत्रका नागरिक सुरक्षा टोलीसँग समन्वय गरेर घाइतेको उद्धार, उपचार तथा राहत व्यवस्थापनको काम भएको अधिकारीहरुले जनाएका छन् । रेल पूर्वाधार व्यवस्थापन निकायले दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच दुवैतर्फ सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको जनाएको छ । प्रधानमन्त्री पेद्रो सान्चेज र स्वास्थ्यमन्त्री मोनिका गार्सियाले दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले उद्धार तथा आपत्कालीन सेवाका टोली प्रभावितको उद्धार र सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय गरेर घटनास्थलमा खटिएको पनि उल्लेख गरेका छन् । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेन र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले पनि घटनाप्रति दु:ख व्यक्त गर्दै पीडितसँग ऐक्यबद्धता व्यक्त गरेका छन् ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

अर्नब चक्रवातका कारण भारतमा ५ जनाको मृत्यु
काठमाडौं। बंगालको खाडीबाट उत्पन्न भएको अर्नब चक्रवातका कारण भारतमा ५ जनाको मृत्यु भएको छ। भारतीय अनलाइन दैनिक भास्करका अनुसार चक्रवातको प्रभावले आन्ध्र प्रदेश र ओडिसामा गरी ५ जनाले ज्यान गुमाएका हुन्। चक्रवात मंगलबार बिहान ३:३० बजे आन्ध्र प्रदेशको तटमा ठोक्किएको थियो। त्यसबेला १२५ देखि १३५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको थियो भने भारी वर्षा भएको थियो। चक्रवातको प्रभाव अहिले भारतका १५ ...

चाडपर्व खर्च नपाउने ६ सयभन्दा बढी श्रमिकको उजुरी, रोजगारदातालाई कारबाहीको दायरामा ल्याउँदै विभाग
काठमाडौँ । श्रम ऐनमा भएको व्यवस्थाअनुसार चाडपर्व खर्च नपाएको गुनासो गर्दै ६ सयभन्दा बढी श्रमिकले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी दिएका छन्। दसैँअघि कार्यालय समयभित्रै इमेल र पोर्टलमार्फत ती... ...

तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का अन्त्य
काठमाडाैँ । मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता अन्त्य गरिएको छ। २७ करोड २२ लाख रूपैयाँ लागतको सो आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न हुनुपर्नेमा पटक-पटक म्याद थप गर्दा पनि ४७ प्रतिशत मात्र भौतिक प्रगति भएको थियो। पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम प्रगति भएपछि पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको ईलाम सडक डिभिजनबाट ठेक्का सम्झौता ...



