तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का अन्त्य

काठमाडाैँ । मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता अन्त्य गरिएको छ। २७ करोड २२ लाख रूपैयाँ लागतको सो आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न हुनुपर्नेमा पटक-पटक म्याद थप गर्दा पनि ४७ प्रतिशत मात्र भौतिक प्रगति भएको थियो। पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम प्रगति भएपछि पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको ईलाम सडक डिभिजनबाट ठेक्का सम्झौता अन्त्य गरेको हो। सडक डिभिजन इलामले आर्थिक वर्ष २०८१/८२ देखि हालसम्म १२ वटा ठेक्का सम्झौता अन्त्य गरिसकेको छ। यस क्रममा निर्माण व्यवसायीबाट पेस्कीबापतको २ करोड ३८ लाख रुपैयाँ असुल गरिएको छ भने ६ करोड ७९ लाख रूपैयाँको कार्यसम्पादन जमानत जफत गर्न सम्बन्धित बैंकलाई पत्राचार गरिएको छ। ठेक्का सम्झौता अन्त्य गरिएको सडक खण्डको निर्माणलाई निरन्तरता दिन आवश्यक स्रोत सहमति र बहुवर्षीय ठेक्का सहमति प्राप्त गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाइनेछ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

कोप–३१ मा हिमालको सुरक्षा र जलवायु न्यायलाई प्राथमिकता दिनुपर्छ : गणेश पराजुली
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले आगामी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा नेपालले हिमालको सुरक्षा, जलवायु न्याय र प्रभावित समुदायको हितलाई प्राथमिकताका साथ उठाउनुपर्ने... ...

धान पाकेपछि पहेँलपुर कुँडुले, वर्षाको चर्चाले बढाउँदै छ चिन्ता (तस्बिरहरू)
बागलुङ । बागलुङ नगरपालिका–५ कुँडुले फेदी यतिबेला पहेँलपुर धानले निकै आकर्षक देखिएको छ । फाँटभर पहेँलै झुलेको धानले गाउँको सुन्दरतालाई थप बढाएको छ । जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेको... ...

लागूऔषध बरामदको भिडियो तोडमोड गरी भ्रम फैलाइएको सशस्त्र प्रहरीको दाबी
काठमाडौँ, कात्तिक १२ गते । सुनसरीमा मोटरसाइकलबाट लागूऔषध बरामद गरिएको घटनालाई लिएर सामाजिक सञ्जालमा सुरक्षाकर्मीलाई दोषी देखाउने गरी भ्रामक प्रचार गरिएको सशस्त्र प्रहरी बल नेपालले... ...

चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँको आकाश धुम्म (तस्बिरहरू)
काठमाडौँ । छिमेकी मुलुक भारतमा सक्रिय चक्रवात ‘अर्नब’को प्रभावका कारण नेपालको मौसममा बदली भई वर्षा र हिमपातको सम्भावना बढेको छ । चक्रवातको प्रभावसँगै आज बिहानैदेखि काठमाडौँ उपत्यकाको आकाश धुम्मिएको छ... ...


