स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न रास्वपाले गठन गर्यो ७ उपसमिति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न विभिन्न सात वटा उपसमिति गठन गरेको छ। पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा महामन्त्री एवं समिति संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा बसेको ‘स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति’को बैठकले विभिन्न निर्णयहरू गरेको छ। बैठकले उम्मेदवार छनोट रूपरेखालाई चुस्त रूपमा कार्यान्वयन गर्न विभिन्न जिम्मेवारीसहितका उपसमितिहरू गठन गर्नुका साथै उम्मेदवारी आवेदन खुला गर्ने निर्णयसमेत गरेको छ। उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन समिति सदस्यहरूको संयोजकत्वमा ७ वटा उपसमितिहरू गठन गरिएको छ । क्यान्डिडेट क्लबमा कविन्द्र बुर्लाकोटी, प्रविधिमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी, समावेशिता तथा महिला सहभागितामा डा. तोशिमा कार्की, क्षमता विकास समन्वयमा टासी ल्हाजोम, व्यवस्थापनमा रहबर अन्सारी र प्रचारप्रसारको संयोजक मिलन लिम्बूलाई नियुक्त गरिएको छ । बैठकले महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदका लागि पार्टीका तर्फबाट उम्मेदवार बन्न इच्छुक तथा योग्य व्यक्तिहरूलाई लक्षित गर्दै आवेदन खुला गर्ने निर्णय गरेको छ। उम्मेदवारी दिन चाहने आकांक्षीहरूले पार्टीको ‘क्यान्डिडेट क्लब’ मार्फत आफ्नो आवेदन पेस गर्न सक्नेछन्।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

पूर्ण बहादुरको सारङ्गीका १० कीर्तिमान, अहिलेसम्म कसैले तोड्न सकेनन्
काठमाडौं । नेपाली सिनेमाको इतिहासमा सर्वाधिक व्यापार गर्ने फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनमा आएको दुई वर्ष पूरा भएको छ । २०८१ कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रले बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गर्दै नेपाली फिल्म उद्योगमा नयाँ मानक स्थापित गरेको थियो । सरोज पौडेलको निर्देशनमा बनेको यस फिल्मले घरेलु बक्स अफिसमा ४६ करोड ८७… ...

धनुषाको महेन्द्रनगर बजारमा दुई आकासे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन
१५ कात्तिक, धनुषा । जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगर बजारमा निर्माणाधीन दुई वटा आकासे पुलको निर्माण सम्पन्न भएको छ । पुलमा रङरोगन तथा सौन्दर्यीकरणको काम भइरहेको र चाँडै सर्वसाधारणका लागि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । मधेश प्रदेशमा पहिलो पटक निर्माण गरिएका यी पुल पैदल यात्रुको आवागमन सुरक्षित र सहज… ...

बाजुरा अस्पतालमा तीन दिनमा आठ बिरामीको जटिल शल्यक्रिया सफल
जिल्ला अस्पताल बाजुरामा तीन दिनको अवधिमा पाँच बालबालिकासहित आठ जना बिरामीको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको छ । ...

नेपा एपमा थपिए नेपाली ओसीआरदेखि अस्पतालको खाली बेड खोज्नेसम्मका सुविधा
नेपाली प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको नेपा एपको नयाँ अपडेटमा दैनिक जीवनसँग सम्बन्धित विभिन्न डिजिटल सेवा तथा उपयोगी टुल्स थपिएका छन् । नयाँ अपडेटमा फोटोबाट नेपाली टेक्स्ट निकाल्न सकिने ओसीआर, पानी पिउन सम्झाउने वाटर रिमाइन्डर, जिल्लागत मौसम, तरकारी तथा इन्धनको मूल्य, अस्पतालमा उपलब्ध खाली बेड र ब्लड बैंकको जानकारीलगायत सुविधा समेटिएका छन् । नयाँ अपडेटमा विशेषगरी नेपाली भाषामा डिजिटल काम गर्न ...


