Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/स्थानीय चुनाव दलीय प्रतिस्पर्धामुक्त बनाउन उज्यालो नेपाल पार्टीकाे माग, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिन आग्रह

स्थानीय चुनाव दलीय प्रतिस्पर्धामुक्त बनाउन उज्यालो नेपाल पार्टीकाे माग, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिन आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्थानीय चुनाव दलीय प्रतिस्पर्धामुक्त बनाउन उज्यालो नेपाल पार्टीकाे माग, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिन आग्रह

काठमाडौं, कात्तिक ११ । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सञ्चालन गर्न र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न माग गरेकाे छ । यी दुई विषयमा पार्टीका तर्फबाट निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तसमक्ष ज्ञापनपत्र बुझाउँदै पार्टी अध्यक्ष कुलमान घिसिङले स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र राजनीतिक भागबन्डाको केन्द्र नभई जनसेवा, सुशासन र स्थानीय विकासको प्रभावकारी माध्यम बनाउनुपर्ने बताउनुभएको छ । स्थानीय तहको निर्वाचनमा दलीय आबद्धताभन्दा उम्मेदवारको योग्यता, इमानदारी, क्षमता, कार्ययोजना र जनताप्रतिको जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने उहाँको धारणा छ। ‘स्थानीय सरकार जनताको साझा सरकार बन्नुपर्छ,’ घिसिङले भन्नुभयाे, ‘स्थानीय नेतृत्व चयन गर्दा दलीय आबद्धताभन्दा उम्मेदवारको योग्यता, इमानदारी, क्षमता, स्पष्ट कार्ययोजना र जनताप्रतिको जवाफदेहितालाई प्राथमिकता दिनुपर्छ भन्ने हाम्रो मान्यता हो।’ उहाँले गैरदलीय स्थानीय निर्वाचनको प्रस्ताव बहुदलीय लोकतन्त्रको विरोध नभई स्थानीय सरकारलाई थप नागरिकमुखी, निष्पक्ष र परिणाममुखी बनाउने सुधारको अवधारणा भएको स्पष्ट पार्नुभएको छ। उज्यालो नेपाल पार्टीले विदेशमा रहेका नेपाली नागरिकलाई पनि आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न पनि माग गरेको छ। रोजगारी, अध्ययन र व्यवसायलगायत विभिन्न कारणले विदेशमा रहेका नेपाली नागरिकले देशको अर्थतन्त्र तथा विकासमा महत्त्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्दै घिसिङले उनीहरूलाई लोकतान्त्रिक प्रक्रियामा सहभागी हुने अवसर दिनुपर्ने बताउनुभयाे । ‘देशको अर्थतन्त्र र विकासमा महत्त्वपूर्ण योगदान गरिरहेका विदेशस्थित नेपाली नागरिकलाई लोकतान्त्रिक प्रक्रियामा सहभागी हुने अवसरबाट वञ्चित गरिनुहुँदैन,’ उहाँले भन्नुभयाे । विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी, प्राविधिक र संस्थागत व्यवस्था गर्नुपर्ने पार्टीको माग छ। ज्ञापनपत्र ग्रहण गर्दै प्रमुख निर्वाचन आयुक्तले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार कार्यान्वयनका लागि सरल, सुरक्षित, कम खर्चिलो र अधिकतम सहभागिता सुनिश्चित गर्ने मतदान प्रणालीबारे आयोगले अध्ययन गरिरहेको जानकारी दिनुभएको घिसिङले उल्लेख गर्नुभयाे । निर्वाचन सुधारका लागि सरकार, निर्वाचन आयोग र राजनीतिक दलहरूबीच व्यापक छलफल, सहमति र समन्वय आवश्यक रहेको धारणा पनि प्रमुख निर्वाचन आयुक्तले व्यक्त गर्नुभएको उहाँको भनाइ छ।उज्यालो नेपाल पार्टीले दुवै विषयलाई कार्यान्वयनमा लैजान आवश्यक सुधारका लागि समयबद्ध पहल गर्न आग्रह गरेको छ। घिसिङले स्थानीय तहमा योग्य र जनउत्तरदायी नेतृत्व स्थापित गर्नुका साथै संसारको जुनसुकै कुनामा रहेका नेपाली नागरिकलाई देशको लोकतान्त्रिक प्रक्रियासँग जोड्नु पार्टीको मुख्य उद्देश्य रहेको बताउनुभएको छ। ‘हाम्रो उद्देश्य स्पष्ट छ-स्थानीय तहमा योग्य र जनउत्तरदायी नेतृत्व स्थापित गर्ने तथा संसारको जुनसुकै कुनामा रहेका नेपाली नागरिकलाई आफ्नो देशको लोकतान्त्रिक प्रक्रियासँग जोड्ने,’ उहाँकाे भनाइ छ । सुशासन, समृद्धि र सामाजिक न्यायप्रतिको प्रतिबद्धताअनुसार गैरदलीय स्थानीय निर्वाचन र विदेशमा रहेका नेपालीको मतदान अधिकारका विषयमा निरन्तर पहल गर्ने घिसिङले बताउनुभयाे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट
राजनीतिJust now

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, कात्तिक ११ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग उहाँको कार्यकक्षमा नेपालका लागि स्विट्जरल्याण्डका राजदूत ड्यानीएल मेउलीले शिष्टाचार भेट गर्नुभएको छ ।त्यस अवसर... ...

गोरखापत्र
बालेन-रविबीच ६ घण्टा छलफल, खगेन्द्र र आईजीपीबारे गम्भीर कुराकानी
राजनीतिJust now

बालेन-रविबीच ६ घण्टा छलफल, खगेन्द्र र आईजीपीबारे गम्भीर कुराकानी

काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बुधबार साढे ५ घण्टा लामो छलफल भएको छ। सभापति लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह प्रमुख सल्लाहकार कुमार बेनसहित बुढानीलकण्ठ पुगेका थिए। बिहान ९ः४५ बजे पुगेका प्रधानमन्त्री शाह दिउँसो ३ बज्न करिब १० देखि १५ मिनेट बाँकी रहँदा त्यहाँबाट निस्किएको स्रोतले जनाएको छ। भेटमा […] ...

काठमाण्डुपाटी
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित
राजनीति31 minutes ago

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले पहिलो जित दर्ता गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको हो । पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । जितसँगै सुदूरपश्चिमले २ अंक जोडेको छ । सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित अर्धशतकीय पारी खेले ...

फरकधार
स्वास्थ्य र चिकित्सा शिक्षाका विगतका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय
राजनीति49 minutes ago

स्वास्थ्य र चिकित्सा शिक्षाका विगतका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग सरकारले विगतमा गरेका सहमतिको समीक्षा गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारसहित बसेको बैठकले कार्यान्वयन हुन बाँकी सहमतिका विषयलाई समन्वयका साथ समयमै टुङ्ग्याउने निर्णय गरेको हो । साथै, बैठकमा ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play