सोलुखुम्बुको गुडलक होटलमा आगलागी, दुई भवन पूर्णरूपमा जले

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको गुडलक होटलमा आगलागी हुँदा होटलका दुईवटा भवन पूर्णरूपमा जलेका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मैसम तामाङका अनुसार होटलमा आगलागी भएको सूचना बिहान करिब ११ः५० बजे प्राप्त भएको थियो । सूचना प्राप्त भएपछि अस्थायी प्रहरी चौकी दिङबुतेबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । उनका अनुसार होटल सञ्चालक कुलबहादुर तामाङ रहेका छन् । आगलागीबाट होटलका दुईवटा भवन पूर्णरूपमा जलेको छ । प्रहरी निरीक्षक तामाङका अनुसार अहिले आगो पूर्णरूपमा नियन्त्रणमा आइसकेको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । आगलागीबाट भएको भौतिक तथा आर्थिक क्षतिको विवरण आउन बाकी रहेको उनले जानकारी दिए । क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको उनले बताए ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

कोशीमा १३ भाषाले पाउँदैछन् सरकारी मान्यता, कात्तिक २५ देखि ऐन लागू
कोशी प्रदेशमा नेपाली भाषासँगै थप १३ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने कानुनी व्यवस्था कात्तिक २५ गतेदेखि कार्यान्वयनमा आउने भएको छ। प्रदेश सरकारले उक्त दिनलाई ‘प्रदेश भाषा दिवस’का रूपमा मनाउने र सरकारी कार्यालयमा दीपावली गर्ने निर्णय गरेको छ। १६औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्तीको अवसर पारेर सरकारी कामकाजको भाषा ऐन, २०८३ कार्यान्वयनमा ल्याउन लागिएको हो। शुक्रबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले कात्तिक ...

२४ घण्टे ‘स्टार्टअप ह्याकाथन’ आयोजना हुँदै
ह्याकाथनले प्रतिभाशाली उद्यमी पहिचान गर्ने, उनीहरूलाई प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्ने र लगानी सम्भावनासँग जोड्ने कार्य व्यवस्थित बनाउने बताइएको छ । ...

पत्रकार शोभराज बराल पनि न्युजरुमबाटै प्रहरी नियन्त्रणमा
आजै नेपालप्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदीलाई पनि प्रहरीले नियन्त्रणमा लिएर लगेको छ भने पत्रकार नवराज मैनालीलाई खोज्दै नयाँ पत्रिकाको कार्यालय पुगेको छ । ...

‘पत्रकार पक्राउ गर्नु गैरसंवैधानिक’
वरिष्ठ अधिवक्ता समेत रहेका पूर्वअध्यक्ष मैनालीले संविधानले नै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेकाले समाचार लेखेकै आधारमा पत्रकारहरूलाई पक्राउ गर्न नमिल्ने प्रतिक्रिया दिएका हुन् । ...


