सुर्खेतमा लोक सेवा तयारी गरिरहेका २६ वर्षीय युवक डेराको कोठामा मृत फेला

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ रंगशालास्थित एक घरमा डेरा गरी बस्दै आएका २६ वर्षीय युवक मृत फेला परेका छन्। अछामको रामारोशन गाउँपालिका–५ घर भएका राजेन्द्र रोकाया वीरेन्द्रनगर–८ स्थित नवीनकुमार केसीको घरमा मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार रोकाया बिहीबार बिहान आफू सुत्ने कोठामा मृत अवस्थामा फेला परेका थिए। उनी कोठामा झुन्डिएको अवस्थामा फेला परेका थिए। रोकाया विगत एक वर्षदेखि लोक सेवा आयोगको परीक्षाको तयारीका लागि उक्त घरमा डेरा गरी बस्दै आएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक श्यामप्रकाश यादवको कमान्डमा सोको (SOCO) सहितको प्रहरी टोली परिचालन गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यादवले जानकारी दिए।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

युक्रेन युद्धबारे अमेरिकासँग त्रिपक्षीय वार्ता गर्न रुस तयार
सेन्ट पिटर्सबर्ग – रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुन: सुरु गर्न सैद्धान्तिक सहमति जनाएको छ । तर अमेरिकी राजदूत स्टिभ विटकफले राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष प्रस्तुत गरेको युक्रेन र युरोपको शान्ति प्रस्तावमा पर्याप्त सार नभएको भन्दै मस्कोले युद्ध अन्त्यको सम्भावनाप्रति आशंका व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न आफूहरू अहिलेसम्मकै नजिक […] ...

दशैँमा दशाः २४ घण्टामै पाँच जनाको मृत्यु, ३१३ घाइते
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ, सुनसरी, मकवानपुर, मोरङ र तनहुँमा भएका सडक दुर्घटनामा ३१३ जना घाइते भएका छन् । काठमाडौँको टेकुस्थित अम्बे कम्प्लेक्स नजिकै त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै गरेको बा. प्र ०२–०६३ प ९०९६ नम्बरको मोटरसाइकलको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय परमानन्द बैठाको मृत्यु भएको ...

पछिल्लो २४ घण्टामा सवारी दु*र्घटनामा पाँचजनाको मृ*त्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं, सुनसरी, मकवानपुर, मोरङ र तनहुँमा भएका सडक दुर्घटनामा ३१३ जना घाइते भएका छन् । काठमाडौंको टेकुस्थित अम्बे कम्प्लेक्सनजिकै त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै गरेको बा. प्र ०२–०६३ प ९०९६ नम्बरको मोटरसाइकलको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय परमानन्द बैठाको मृत्यु भएको छ । दुर्घटनामा घाइते ...

ममता काफ्ले बेपत्ता प्रकरणमा अमेरिकामा चलिरहेको मुद्दा के हो ? विस्तृतमा बुझ्नुहोस्
नेपाली नर्स बेपत्ता भएको दुई वर्षभन्दा बढी समयपछि उनका पतिविरुद्ध अमेरिकामा हत्या मुद्दा चलिरहेको छ। तर उनको शव अझै फेला परेको छैन। पतिले आफू दोषी नभएको दाबी गरेका छन्। यो प्रकरण र यसमा प्रस्तुत प्रमाणबारे तपाईंलाई बुझाउने प्रयास गरेका छौं । ...


