पछिल्लो २४ घण्टामा सवारी दु*र्घटनामा पाँचजनाको मृ*त्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं, सुनसरी, मकवानपुर, मोरङ र तनहुँमा भएका सडक दुर्घटनामा ३१३ जना घाइते भएका छन् । काठमाडौंको टेकुस्थित अम्बे कम्प्लेक्सनजिकै त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै गरेको बा. प्र ०२–०६३ प ९०९६ नम्बरको मोटरसाइकलको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय परमानन्द बैठाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मृत्यु भएको हो । सुनसरीको इटहरी उपमहानगरपालिका–४ हलगडास्थित कोसी लोकमार्गमा को २७ प २०३६ नम्बरको मोटरसाइकलाई प्र १–०२–००१ ख ९९८५ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकल चालक इटहरी–८ का ६२ वर्षीय छत्रबहादुर भण्डारीको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका–५ श्रीपुरमा बा प्र ०८–००१ ह ०१०५ नम्बरको अटो ‘ब्रेक फेल’ भई दुर्घटना हुँदा ४५ वर्षीय सन्तबहादुर माझीको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका–५ डिल्लेचोकस्थित भित्री सडकमा प्र १–०१–२४५ प ६३८० नम्बरको मोटरसाइकलले सोही ठाउँका ७० वर्षीय बलबहादुर विकलाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । पृथ्वीराजमार्ग हुँदै तनहुँको डुम्रेबाट दमौलीतर्फ गइरहेको बा १८ च ४५८७ नम्बरको गाडीले व्यास नगरपालिका–१ अम्रेनी भन्ने स्थानमा ठक्कर दिँदा ४० वर्षीय एक पुरुषको मृत्यु भएको छ । उनको पहिचान नखुलेको प्रहरीले जनाएको छ । रासस The post पछिल्लो २४ घण्टामा सवारी दु*र्घटनामा पाँचजनाको मृ*त्यु appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

विश्वव्यापी अनिश्चितताबीच भारतलाई ‘आशाको किरण’ मान्दै भारत–पोल्याण्ड रणनीतिक साझेदारी नयाँ चरणमा
भारतलाई 'आशाको किरण' मान्दै रणनीतिक साझेदारीको नयाँ युगमा प्रवेश ...

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल
म्याग्दी। बेनी नगरपालिका–३ मुसुङ गाउँमा परीक्षणका रुपमा लगाइएको अलैँचीखेती सफल भएको छ । परीक्षणका लागि तीन वर्षअघि गरिएको अलैँचीखेती सफल भएपछि व्यावसायिक रूपमा खेती विस्तार गर्न थालिएको हो। बेनी नगरपालिका–३ का... ...

दसैँमा पनि रोकिएन विदेसिने युवाहरुको लर्को
काठमाडौँ, कात्तिक ५ गते । नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा विदेसिने क्रम जारी छ । दसैँको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट... ...

दसैँमा पनि रोकिएन विदेसिने युवाको लर्को
नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा विदेसिने क्रम जारी छ। दसैँको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चटारो चलिरहेका बेला पनि आफ्नो भविष्य निर्माण र परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले सयौँ नेपाली युवायुवती विदेश प्रस्थान गरिरहेका छन्। काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय व... ...


