Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

सुरक्षण मुद्रण केन्द्रमा नियमित ‘लाइसेन्स’ छापिँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुरक्षण मुद्रण केन्द्रमा नियमित ‘लाइसेन्स’ छापिँदै
Photo / Coverage: नेपालन्युज

काभ्रेपलान्चोक। यहाँको पनौती नगरपालिका–५ धनेश्वरस्थित सुरक्षण मुद्रण केन्द्र (सेक्यूरिटी प्रिन्टिङ प्रेस)मा मासिक सरदर ६२ हजार ‘क्युआर–कोड’सहितको स्मार्ट लाइसेन्स (चालक अनुमति पत्र) छापिरहेको छ। हाल देशभरका यातायात व्यवस्था विभाग तथा त्यसअन्तर्गका कार्यालयबाट प्राप्त लाइसेन्स छापिरहेको केन्द्रले जनाएको छ। केन्द्रमा चालु आर्थिक वर्षको साउन महिनायता दुई लाख ५० हजार लाइसेन्स छापिएको छ। हाल केन्द्रमा दैनिक रूपमा यातायात ब्यवस्था विभागअन्तर्गका कार्यालयबाट प्राप्त ‘डेटा’का आधारमा लाइसेन्स छापिरहेको केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार तत् कार्यालयबाट इमेलबाट प्राप्त छपाई आग्रहअनुसार लाइसेन्स छाप्ने गरिएको छ। छपाई परिमाणका आधारमा भुक्तानी पनि स्वयं कार्यालयबाट भइरहेको तिमिल्सिनाको भनाइ छ। ‘क्युआर–कोड’सहितको स्मार्ट लाइसेन्स छपाई सुरु गरेदेखि असार मसान्तसम्मको अवधिमा २७ लाख ४७ हजार लाइसेन्स छापेर सम्बन्धित कार्यालय पठाइएको तिमिल्सिनाले जानकारी दिए। विभाग र केन्द्रबिच गत वैशाख ४ गते ‘क्युआर–कोड’सहितको स्मार्ट लाइसेन्स छपाइसम्बन्धी सम्झौता भएपछि सोही गुणस्तरको छपाईको काम सुरु गरिएको हो। तिमिल्सिनाका अनुसार विभागसँगको पहिलो चरणको सम्झौताअनुसार १२ लाख थान लाइसेन्स छपाइ गरिएको थियो भने त्यसपछि असारमसान्तसम्ममा थप १५ लाख ४७ हजार लाइसेन्स छापिएको थियो। “केही सङ्ख्यामा ब्याकलग लाइसेन्स पनि सँगसँगै छपाइ हुने गर्दछ”, तिमल्सिनाले भने। केन्द्र र विभागबीच पहिलो चरणमा २०८२ कात्तिक १२ गते छ महिनाभित्र १२ लाख थान लाइसेन्स छपाइ गर्ने सम्झौता गरिएको थियो। केन्द्रले निर्धारित समयअघि नै उक्त काम सम्पन्न गरेको थियो। दोस्रो चरणमा भने गत वैशाख ४ गते १५ लाख ४७ हजार लाइसेन्स छाप्ने सम्झौता भएको थियो। गत आर्थिक वर्षमा केन्द्रले हुलाक सेवा विभागसँगको सम्झौताअनुसार करिब ९० लाख थान हुलाक टिकट छापिएको तिमिल्सिनाले जानकारी दिए। केन्द्रमा हाल नौ जना इन्जिनियर र १६ जना प्राविधिक कर्मचारी गरी २५ जना कर्मचारीलाई खटाएको जनाइएको छ। यस्तै केन्द्र परिसरमा निर्माणाधीन बहुउद्देश्यिय भवन अन्तिम चरणमा पुगेको छ। सूचना–प्रविधि पार्क (आईटी पार्क) का लागि निर्माण गरिएका भौतिक पूर्वाधार प्रयोगविहीन अवस्थामा रहेपछि सोही पार्कलाई छ वर्षअघि तत्कालीन सरकारले केन्द्रमा परिणत गरेको थियो। केन्द्रमा राहदानी, बैङ्क नोट, चालक अनुमति पत्र, स्मार्टकार्ड, हुलाक टिकट, अन्तः शुल्क स्टीकर, सिमकार्डलगायत सुरक्षित छपाइ गर्न सकिनेछन्। पार्कभित्रै खानेपानीका लागि एक/एक लाख लिटरका दुई वटा खानेपानीका ट्याङकी, छापाखानाका लागि आवश्यक पर्ने चार ठुला जेनेरेटर जडान तथा उक्त जेनेरेटर सञ्चालन गर्ने इन्धन भण्डारका लागि तीन लाख लिटर क्षमताको अण्डरग्राउण्ड डिजेल ट्याङकी निर्माण भएका छन्। प्रेस पूर्ण रूपमा सञ्चालनमा ल्याइए सुरक्षित मुद्रणबापत नेपालबाट वार्षिक रूपमा बाहिरिने करिब रु १० अर्ब जोगिने अपेक्षा गरिएको छ। विसं २०५७ मा निर्माण सुरु गरिएको उक्त आईटी पार्क निर्माणकार्य सम्पन्न भई ०६१ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो। कूल २५७ रोपनी जमिनमा अवस्थित पार्कभित्र दुई वटा ठुला ब्यापारिक/प्रशासनिक, भण्डारण भवन तथा चार सुविधा सम्पन्न आवासीय भवनलगायत दश भवन छन्। तत्कालीन समयमा दक्षिण एसियामै नमुना र ठुलो मानिएको यो पार्क सञ्चालनमा ल्याउन नसक्दा पार्क जीर्ण अवस्थामा पुगेको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
Latest NewsJust now

खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन

म्याग्दी। कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्। परम्परागत खाद्यबालीको खेती छाडेर सुन्तलाखेतीमा लागेका सुर्केमेलाका खेतबारीको अवस्थासँगै किसानको जीवनशैली पनि फेरिएको हो। सुर्केमेलाकी ६५ वर्षीया बालकुमारी रोकाले १४ वर्षअघि सात मुरी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोपेकी थिइन्। जनशक्ति अभाव भएपछि उनले विसं २०६९ मा खाद्यबालीको विकल्पमा सुन्तलाखेती सुरु गरेकी ...

नेपालन्युज
दमकको खानेपानी स्तरोन्नतिमा रु ४४ करोडको लगानी, तल्लो क्षेत्रका बासिन्दामा पनि आशा
Latest NewsJust now

दमकको खानेपानी स्तरोन्नतिमा रु ४४ करोडको लगानी, तल्लो क्षेत्रका बासिन्दामा पनि आशा

• झापाको दमकमा खानेपानी व्यवस्थापन र पूर्वाधार स्तरोन्नतिका लागि रु ४४ करोड ३६ लाखको आयोजना अघि बढ्ने भएको छ, जसमा सङ्घीय सरकारको ७९ प्रतिशत अनुदान र नगरपालिकाको २१ प्रतिशत लगानी हुनेछ। • नगर प्रमुख राम थापाले यस आयोजनाबाट खानेपानी सेवाको विस्तार र सुधार हुने विश्वास व्यक्त गर्दै यसलाई दमकको समग्र विकासमा महत्वपूर्ण योगदान हुने बताएका छन्। • खानेपानीको माग बढ्दै ...

नेपालबहस
फरेस्टसँग हारेपछि चेल्सीमाथि दबाब
Latest NewsJust now

फरेस्टसँग हारेपछि चेल्सीमाथि दबाब

काठमाडौं । चेल्सीले इंग्लिस प्रिमियर लिगमा शुक्रबार नटिंघम फरेस्टसँग ३–२ को हार बेहोरेको छ । फरेस्टका लागि मोर्गन गिब्स–ह्वाइटले दुई गोल गरे र यो नतिजाले प्रशिक्षक जाभी एलोन्सोमाथि दबाब बढेको छ । प्रिमियर लिगका पछिल्ला पाँच खेलमा चेल्सीको यो चौथो हार हो । सिटी ग्राउन्डमा इगोर जेससले फरेस्टका लागि गोलको खाता खोले । त्यसपछि गिब्स–ह्वाइटले दुई गोल थपे । चेल्सीका लागि भने ...

केन्द्रबिन्दु
बाजुरा दुर्घटना अपडेट : घाइतेको उपचारका क्रममा मृत्यु
Latest NewsJust now

बाजुरा दुर्घटना अपडेट : घाइतेको उपचारका क्रममा मृत्यु

दुर्घटनामा घाइते भएकी ५२ वर्षीया रामसरादेवी सिंहको उपचारका क्रममा कोल्टी आधारभूत अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा प्रवक्ता गगनसिंह भाटले जानकारी दिएका छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement