Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

फरेस्टसँग हारेपछि चेल्सीमाथि दबाब

Share:WhatsAppFacebookX (Twitter)Telegram
फरेस्टसँग हारेपछि चेल्सीमाथि दबाब
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । चेल्सीले इंग्लिस प्रिमियर लिगमा शुक्रबार नटिंघम फरेस्टसँग ३–२ को हार बेहोरेको छ । फरेस्टका लागि मोर्गन गिब्स–ह्वाइटले दुई गोल गरे र यो नतिजाले प्रशिक्षक जाभी एलोन्सोमाथि दबाब बढेको छ । प्रिमियर लिगका पछिल्ला पाँच खेलमा चेल्सीको यो चौथो हार हो । सिटी ग्राउन्डमा इगोर जेससले फरेस्टका लागि गोलको खाता खोले । त्यसपछि गिब्स–ह्वाइटले दुई गोल थपे । चेल्सीका लागि भने इमानुल एमेघाले दुई गोल फर्काए । खराव प्रदर्शन गरिरहेको चेल्सी यसअघिको खेलमा घरमै लिड्स युनाइटेडसँग ४–१ ले हारेको थियो । एलोन्सोमाथि वर्खास्तीको डर पनि बढेको छ । अहिलेसम्म खेलेका १२ मध्ये छ खेल गुमाएपछि चेल्सी १६ अंकमा आठौं स्थानमा छ । फरेस्ट भने १२ अंकमा १४ औं स्थानमा रह्यो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पाँच वर्षभित्र सबै समुदायमा विपत्को पूर्वसूचना पुर्‍याउने सरकारको लक्ष्य
Latest NewsJust now

पाँच वर्षभित्र सबै समुदायमा विपत्को पूर्वसूचना पुर्‍याउने सरकारको लक्ष्य

काठमाडौं – राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी पाँच वर्षभित्र नेपालका सबै समुदायमा विपत्को पूर्वसूचना प्रणालीको पहुँच विस्तार गर्ने लक्ष्यसहित ‘सबैका लागि पूर्वसूचना राष्ट्रिय मार्गचित्र २०८३–२०८७’ स्वीकृत गरेको छ । प्राधिकरणको कार्यकारी समितिको बैठकले उक्त मार्गचित्र स्वीकृत गरेको हो । यसमार्फत बहुप्रकोप पूर्वसूचना प्रणालीको विस्तार, स्तरोन्नति र प्रभावकारी सञ्चालन गर्ने लक्ष्य राखिएको छ । प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार मार्गचित्र ...

विश्वखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement