Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

पाँच वर्षभित्र सबै समुदायमा विपत्को पूर्वसूचना पुर्‍याउने सरकारको लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाँच वर्षभित्र सबै समुदायमा विपत्को पूर्वसूचना पुर्‍याउने सरकारको लक्ष्य
Photo / Coverage: विश्वखबर

काठमाडौं – राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी पाँच वर्षभित्र नेपालका सबै समुदायमा विपत्को पूर्वसूचना प्रणालीको पहुँच विस्तार गर्ने लक्ष्यसहित ‘सबैका लागि पूर्वसूचना राष्ट्रिय मार्गचित्र २०८३–२०८७’ स्वीकृत गरेको छ । प्राधिकरणको कार्यकारी समितिको बैठकले उक्त मार्गचित्र स्वीकृत गरेको हो । यसमार्फत बहुप्रकोप पूर्वसूचना प्रणालीको विस्तार, स्तरोन्नति र प्रभावकारी सञ्चालन गर्ने लक्ष्य राखिएको छ । प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार मार्गचित्र कार्यान्वयनका लागि तीनै तहका सरकारले बजेट विनियोजन गरी समुदायस्तरसम्म पूर्वसूचना पुर्‍याउने व्यवस्था गरिनेछ । विपत्बाट जनधन तथा जीविकोपार्जनको सुरक्षा गर्न प्रतिकार्यमा संलग्न निकायको क्षमता अभिवृद्धि र पूर्वतयारीलाई समेत सुदृढ बनाइने उहाँले बताए । प्राधिकरणले गत असोज १६ गते मार्गचित्रको मस्यौदा सार्वजनिक गर्दै राय तथा सुझाव मागेको थियो । प्राप्त सुझाव समेटेर स्वीकृत गरिएको मार्गचित्रमा पूर्वसूचना प्रणालीलाई चार मुख्य स्तम्भ र एउटा आधारस्तम्भमा विभाजन गरी कार्यान्वयन गर्ने निकायको जिम्मेवारी निर्धारण गरिएको प्रवक्ता केसीले जानकारी दिए । मार्गचित्रका चार मुख्य स्तम्भमा विपत् जोखिमको ज्ञान, प्रकोपको पहिचान तथा अवस्था अवलोकन, निगरानी, विश्लेषण र पूर्वानुमान, सूचना सम्प्रेषण तथा सञ्चार र पूर्वतयारी तथा प्रतिकार्य क्षमता रहेका छन् । ‘सबैका लागि पूर्वसूचना’ संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी पहल हो । यसअन्तर्गत सन् २०२७ को अन्त्यसम्म पृथ्वीका प्रत्येक व्यक्तिलाई जीवनरक्षाका लागि प्रभावकारी पूर्वसूचना प्रणालीको पहुँचमा ल्याउने लक्ष्य राखिएको छ । नेपालले भने सन् २०२६ को अन्त्यतिर पाँचवर्षे मार्गचित्र स्वीकृत गरेको हो । बाढीमा बेपत्ता ३ हजार ९१५ जनालाई मृतक घोषणा गर्न सिफारिस यसैबीच, प्राधिकरणले रसुवा–भोटेकोशी बाढीमा बेपत्ता भएका तीन हजार ९१५ जनालाई कानुनी रूपमा मृतक घोषणा गर्न गृह मन्त्रालयमा सिफारिस गरेको छ । प्राधिकरणका प्रवक्ता केसीका अनुसार गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि उनीहरूलाई कानुनी रूपमा मृतक घोषणा गर्ने प्रक्रिया अघि बढ्नेछ । उनका अनुसार ४८ जिल्लाबाट प्राप्त यकिन विवरणअनुसार तीन हजार २९२ जना र सातवटा विदेशी नियोगबाट प्राप्त विवरणअनुसार ६२३ जना गरी कुल तीन हजार ९१५ जनालाई मृतक घोषणा गर्न सिफारिस गरिएको हो । गत भदौ १० गते गएको बाढीमा पाँच हजार २८५ जना बेपत्ता भएको विवरण सार्वजनिक भएको थियो। यसमा ३४ राष्ट्रका ७२० जना विदेशी नागरिकसमेत रहेका छन् । प्राधिकरणमा तीन हजार ९२१ जनाको विवरण प्राप्त भए पनि मृतक घोषणा गर्न तीन हजार ९१५ जनाको नाम मात्रै सिफारिस गरिएको छ । प्राप्त विवरणअनुसार सबैभन्दा बढी रसुवाका एक हजार ५३८ जना बेपत्ता भएका छन्। त्यस्तै, नुवाकोटका ६३१ जना बेपत्ता भएको विवरण छ । प्रदेशगत विवरणमा कोशी प्रदेशबाट सबैभन्दा बढी सोलुखुम्बुका ५२ जना र मधेश प्रदेशबाट सप्तरीका ५१ जना बेपत्ता भएका छन् । गण्डकी प्रदेशबाट गोरखाका ६७, लुम्बिनी प्रदेशबाट बर्दियाका ७४, कर्णाली प्रदेशबाट जुम्लाका ६३ र सुदूरपश्चिम प्रदेशबाट कैलालीका ५१ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ । विदेशी नागरिकतर्फ भारतका २१३, चीनका ८५ र संयुक्त राज्य अमेरिकाका ६९ जना बेपत्ता भएको विवरण प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
गृह मन्त्रालयद्वारा ९ सहसचिवको सरुवा, ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए
Latest NewsJust now

गृह मन्त्रालयद्वारा ९ सहसचिवको सरुवा, ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

काठमाडौँ । गृह मन्त्रालयले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) तहका ९ जना कर्मचारीको सरुवा तथा पदस्थापना गरेको छ। मन्त्रालयको मिति २०८३ मङ्सिर ११ गतेको निर्णयानुसार विभिन्न मन्त्रालय, विभाग तथा जिल्ला प्रशासन... ...

रातोपाटी
तुइनखोला पहिरो रोकथाम गर्न नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
Latest NewsJust now

तुइनखोला पहिरो रोकथाम गर्न नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

चितवन। नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले मङ्सिर १३ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो। पहिरो रोकथामको कामका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त समयमा नारायणगढ–मुग्लिङ सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन ...

नेपालन्युज
हुन्डी कारोबारसम्बन्धी मुद्धामा करीब चार करोडको बिगो दाबी, सिरहा, सप्तरी र सुनसरी बढी जोखिममा
Latest NewsJust now

हुन्डी कारोबारसम्बन्धी मुद्धामा करीब चार करोडको बिगो दाबी, सिरहा, सप्तरी र सुनसरी बढी जोखिममा

काठमाडौं । नेपालमा अवैध हुन्डी कारोबारको सञ्जाल पूर्वी तराईका जिल्लामा बढी केन्द्रित रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ। राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ (एफआईयू–नेपाल)ले तयार गरेको हुन्डी सम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन–२०२६ मा हुन्डी कारोबारसँग सम्बन्धित शंकास्पद व्यक्ति तथा संस्थामध्ये ५३ प्रतिशत मधेस प्रदेशका जिल्लामा रहेको उल्लेख छ। वित्तीय जानकारी इकाइले शंकास्पद कारोबारकोे विश्लेषण प्रतिवेदन तयार गरेको बताएको छ।। हुन्डी कारोबारसँग ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement