Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

कस्तो छ आजको मौसम ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
कस्तो छ आजको मौसम ?
Photo / Coverage: पर्दाफास

हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै, आज राति कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। महाशाखाका अनुसार भोलि बिहान उपत्यका तथा खोँचहरूका साथै तराईका थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सुरक्षण मुद्रण केन्द्रमा मासिक ६२ हजार ‘स्मार्ट लाइसेन्स’ छापिँदै
OthersJust now

सुरक्षण मुद्रण केन्द्रमा मासिक ६२ हजार ‘स्मार्ट लाइसेन्स’ छापिँदै

काभ्रेको पनौती नगरपालिका–५ धनेश्वरस्थित सुरक्षण मुद्रण केन्द्र (सेक्यूरिटी प्रिन्टिङ प्रेस)मा मासिक सरदर ६२ हजार ‘क्युआर–कोड’सहितको स्मार्ट लाइसेन्स (चालक अनुमति पत्र) छापिरहेको छ । हाल देशभरका यातायात व्यवस्था विभाग तथा त्यसअन्तर्गका कार्यालयबाट प्राप्त लाइसेन्स छापिरहेको केन्द्रले जनाएको छ । केन्द्रमा चालु आर्थिक वर्षको साउन महिनायता दुई लाख ५० हजार लाइसेन्स छापिएको छ । हाल केन्द्रमा दैनिक रूपमा यातायात व्यवस्था विभागअन्तर्गका कार्यालयबाट प्राप्त ...

पर्दाफास
२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ८७५ जनालाई कारबाही
OthersJust now

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ८७५ जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८७५ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ९८, सिसिटिभिमार्फत ३२, रातोबत्तीमा २४ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ११४, हर्न निषेधमा १६, अवस्था ठिक नभएको २६ र अन्यमा ५५५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले ...

पर्दाफास
शे-फोक्सुण्डोको अनुपम सौन्दर्य, डोल्पाको अपार सम्भावना
OthersJust now

शे-फोक्सुण्डोको अनुपम सौन्दर्य, डोल्पाको अपार सम्भावना

शे–फोक्सुण्डो पदमार्गको मुख्य आकर्षण भनेको यात्राको सुरुदेखि गन्तव्यसम्म बदलिँदै जाने भौगोलिक बनावट र प्राकृतिक दृश्यहरू हुन् । यस पदमार्गमा यात्रा गर्दा कतै जंगल, हरियालीको माझबाट खोला, नदी, नालाको कलकल आवाजसँगै अघि बढ्न पाइन्छ भने कतै सुख्खा भूभाग, उजाड पहाड र फरक भौगोलिक स्वरूपले यात्रुलाई आकर्षित गर्छ । ...

अनलाइन खबर
सुन्तला खेतीले फेरियो सुर्केमेलाका किसानको जीवन
OthersJust now

सुन्तला खेतीले फेरियो सुर्केमेलाका किसानको जीवन

१२ मङ्सिर, म्याग्दी । कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका-४ सुर्केमेलाका खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन् । परम्परागत खाद्यबालीको खेती छाडेर सुन्तलाखेतीमा लागेपछि यहाँका किसानको आम्दानीसँगै जीवनशैली पनि फेरिएको छ । सुर्केमेलाकी ६५ वर्षीया बालकुमारी रोकाले १४ वर्षअघि सात मुरी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोपेकी थिइन् ।… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement