काठमाडौँ । पछिल्लो समय लगातार घटिरहेको सुनको मूल्यले आज बुधबार पनि सोही क्रमलाई निरन्तरता दिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारदेखि घटिरहेको सुनको मूल्य आज तोलामा ६ हजार ३०० रुपैयाँले घटेको हो । बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, सुनसँगै चाँदीको मूल्य पनि घट्दै गएको छ । बुधबार चाँदी तोलामा ११० रुपैयाँले घटेर प्रतितोला ३ हजार ३८० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ७८६.४७ अमेरिकी डलर र चाँदी ४५.८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ । The post सुन-चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ किनबेच ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
सुन-चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ किनबेच ?

Read Complete Original Article
Published originally on कर्पोरट खबर



.jpg)


