सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन

काठमाडौं । प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य अरविन्द साहले वीरगञ्ज भन्सार कार्यालय मातहत रहेका तत्कालिन वीरगञ्जको सुक्खा बन्दरगाह र वीरगञ्ज एकीकृत जाँचचौकीको स्थलगत अनुगमन गरेका छन् । सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणाअन्तर्गत निजी क्षेत्रमार्फत सञ्चालन भइरहेका ती बन्दरगाहको भौतिक पूर्वाधार, व्यवस्थापकीय अवस्था तथा सञ्चालन प्रक्रियाबारे जानकारी लिने उद्देश्यले अनुगमन गरिएको पूर्वाधार विकास समितिका सभापति गजुरेलको निजी सचिवालयले जनाएको छ । इन्टरमोडल यातायात विकास समिति र पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीबीच एकीकरण भएपछि हाल ती बन्दरगाह पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीमार्फत सञ्चालन भइरहेका छन् । अवलोकनका क्रममा उनीहरुले एकीकृतपछिको सञ्चालन अवस्था, व्यवस्थापकीय प्रभावकारिता तथा सेवा प्रवाहमा देखिएका समस्या र सुधारका सम्भावनाबारे जानकारी लिए । उनीहरुले पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीका सहायक प्रबन्धक कमल ज्ञवाली, सुक्खा बन्दरगाह सञ्चालक कम्पनी प्रिस्टिन भ्यालीका प्रमुख कार्यकारी अधिकृत राजीव मोहन झा तथा एकीकृत जाँचचौकी सञ्चालक कम्पनी टीआरएस लजिपार्कका व्यवस्थापक गणेशप्रसाद घिमिरेलगायतसँग त्यस अवसरमा छलफल गरेका थिए । पूर्वाधार विकास समितिका सभापति गजुरेलले बन्दरगाहका प्रवेशद्वार २४ घण्टा सञ्चालन हुने व्यवस्था मिलाउन सञ्चालक कम्पनीलाई अनुरोध गरेका छन् । वीरगञ्ज सुक्खा बन्दरगाहमा औसतमा मासिक ११० वटा मालवाहक रेल आउने गरेको तथा वीरगञ्ज एकीकृत जाँच चौकीमा दैनिक औसत ८०० वटा मालवाहक सवारीसाधन आवतजावत गर्दै आएका छन् । सभापति गजुरेलले विशेषगरी रेलसम्बन्धी पूर्वाधारको प्रभावकारी उपयोग, रेल सञ्चालनलाई थप व्यवस्थित बनाउने तथा मालसामानको ढुवानी प्रक्रियालाई सहज र प्रभावकारी बनाउने विषयमा आवश्यक निर्देशन दिएको सचिवालयले जनाएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन
पार्कीबाडा मष्टाका धामीले सोटा (फलामको डण्डा) भाँचेर आफ्नो शक्ति प्रदर्शन गरेका छन्। ...

चक्रवात अर्नबको जोखिम, भारतमा उद्धारकार्य तीव्र
नयाँदिल्ली । भारतको आन्ध्र प्रदेशमा बुधबारसम्म शक्तिशाली चक्रवात अर्नबले तटीय क्षेत्रमा प्रहार गर्ने पूर्वानुमानपछि अधिकारीहरूले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेका छन् । भारत मौसम विज्ञान विभाग (आइएमडी) ले चक्रवात तटमा पुग्दा प्रतिघण्टा १४० किलोमिटरसम्मको वेगमा हावा चल्न सक्ने जनाएको छ । विभागले मङ्गलबार जारी गरेको बुलेटिनमा अर्नबलाई ‘अति गम्भीर चक्रवाती आँधी’ का रूपमा तटमा प्रवेश गर्ने अनुमान गरेको छ । ...

भोटेकोसी बाढीका कारण घरपरिवार र व्यवसायम ७९ अर्बको क्षति
रसुवाको भोटेकोसी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ रु ७९ अर्ब १७ करोड बराबरको क्षति भएको छ। राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको घरपरिवार तथा प्रतिष्ठानसँग सम्बन्धित सर्वेक्षणको प्रारम्भिक विवरणमा घरपरिवारतर्फ रु ६९ अर्ब ५७ करोड र व्यवसायरप्रतिष्ठानतर्फ रु नौ अर्ब ६० करोड बराबरको क्षति भएको उल्लेख छ। सर्वेक्षणअनुसार आर्थिक क्षतिसम्बन्धी प्रारम्भिक विवरण... ...

कांग्रेस महाधिवेशनमा धेरै मतान्तरले जितेका ५ उम्मेदवार
काठमाडौँ । नेपाली कांग्रेस गत असोज १८ देखि २३ गतेसम्म भएको १५औँ महाधिवेशनमा आगामी ४ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्दा केही उम्मेदवार ठुलो मतान्तरले निर्वाचित भएका छन् ।... ...


