सिरहाबाट ७ लाख बढीको अवैध सामान बरामद

सिरहा । सिरहाका विभिन्न सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ७ लाख ७२ हजार ६२० रुपैयाँ बराबरका सामान बरामद गरेको छ। जिल्लाका विभिन्न सीमा इलाकामा गरिएको कारबाहीका क्रममा मोटरसाइकल, मदिरा, किराना सामान, कस्मेटिक सामग्री तथा कपडालगायतका सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका सामानको अनुमानित मूल्य ७ लाख ७२ हजार ६२० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने कार्य भइरहेको छ। सिरहामा सीमा क्षेत्रबाट हुने अवैध सामान ओसारपसार नियन्त्रण तथा सीमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीले निगरानी र चेकजाँचलाई निरन्तरता दिँदै आएको सिरहाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाले बताए ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि श्वेतपत्र सार्वजनिक
काठमाडौँ, कात्तिक ८ गते । सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि दुई वटा श्वेतपत्र सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अ... ...

बाढीपहिरो प्रभावित म्याग्दीका सबै स्थानमा विद्युत् आपूर्ति नियमित
पाउद्वारमा हेलिकोप्टरबाट ढुवानी गरिएको ट्रान्सफर्मरले काम नगरेपछि घार गाउँबाट विद्युत् आपूर्ति गराइएको छ । ...

दूधको मूल्यमा किसान मारमा
दाङ।दाङका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन्। पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन्। दूध उत्पादन गर्ने किसानले उचित मूल्य नपाउने र उपभोक्ताले भने तुलनात्मक रूपमा महँगो मूल्य तिर्नुपर्ने अवस्थाले दूधको मूल्य शृङ्खलामा समस्या रहेको देखिएको छ। उत्पादनदेखि उपभोक्तासम्म पुग्ने क्रममा हुने लागत र मुनाफाको पारदर्शी विवरण ...

महँगीविरुद्ध लाखौँ प्रदर्शनकारी फ्रान्सका सडकमा, लाठीचार्जसँगै अश्रुग्यास प्रहार, एक हजार पक्राउ
फ्रान्सभरि लाखौँ मानिसहरू महँगी, विद्यालयहरूको दयनीय अवस्था र प्रहरीको दमनकारी शैलीविरुद्ध विरोध जनाउन सडकमा उत्रिएका छन् । ...


