Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Others/सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

10/27/2026, 3:40:33 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram

सिरहाको गोलबजार नगरपालिकामा पशु हाटबजार सञ्चालन तथा राजस्व सङ्कलनमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगरप्रमुखसहित आठ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा पशु हाटबजारको ठेक्का, राजस्व असुली र छुटसम्बन्धी निर्णयमा अनियमितता भएको पाइएको छ । आयोगले तत्कालीन नगरप्रमुख देवनाथ साह तेली, उपप्रमुख रेशमकुमारी थापा, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, दिनेश कुमार सहनी, वीरन्द्रकुमार यादव, श्रीधर केसी, अनन्तकुमार पौड्याल र अन्य सम्बन्धित पदाधिकारीलाई प्रतिवादी बनाएको छ । उनीहरूमाथि ठेक्का तथा राजस्व सङ्कलन प्रक्रियामा मिलेमतो गरी सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याएको आरोप लगाइएको छ । आयोगले सार्वजनिक गरेको विवरणअनुसार प्रतिवादीहरूबाट कुल १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो कायम गरी असुलउपर गर्न माग गरिएको छ। तत्कालीन नगरप्रमुख देवनाथ साह तेलीसहित केही प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार थप सजायको मागसमेत गरिएको छ । आयोगका अनुसार पशु हाटबजारको ठेक्का र राजस्व सङ्कलनसम्बन्धी निर्णय गर्दा कानुनी प्रक्रियाविपरीत छुट दिइएको तथा ठेकेदारबाट असुल गर्नुपर्ने रकम असुल नगरी नगरपालिकालाई आर्थिक हानि पुर्‍याइएको आरोप छ। उक्त प्रकरणमा प्रतिवादीहरूको संलग्नता र बिगो निर्धारणका आधारमा विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

बालबालिकालाई लक्षित गर्दै काठमाडौंमा हेलोविन पार्टी हुँदै
OthersJust now

बालबालिकालाई लक्षित गर्दै काठमाडौंमा हेलोविन पार्टी हुँदै

१० कात्तिक, काठमाडौं । बालबालिका र वयस्कलाई एकै ठाउँमा संगीत, नृत्य र मनोरञ्जनको अनुभव दिलाउने उद्देश्यले काठमाडौंमा ‘टाइनी सोसल क्लब हेलोविन रेभ’ आयोजना हुने भएको छ। आगामी शनिबार (अक्टोबर ३१ ) मा सानेपास्थित इन्टरनेसनल क्लबमा हुने कार्यक्रम दिउँसो २ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ। टाइनी सोसल क्लबले आयोजना गर्न लागेको कार्यक्रममा बालबालिका तथा उनीहरूका… ...

अनलाइन खबर
‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय अभिनेत्री शबाना आजमी सहभागी हुने
OthersJust now

‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय अभिनेत्री शबाना आजमी सहभागी हुने

१० कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले यही कात्तिक १३ देखि १५ गतेसम्म आयोजना हुने ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय अभिनेत्री शबाना आजमी प्रमुख आकर्षकको रूपमा सहभागी हुने जनाएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं फिल्म फेस्टिबलकी निर्देशक आयुशा श्रेष्ठले फेस्टिभलमा नेपाली तथा विदेशी चलचित्र प्रदर्शनसँगै… ...

अनलाइन खबर
हुम्लाको मौलिक परम्परा : धामीले कम्मरमा भाँचे फलामको डण्डा
OthersJust now

हुम्लाको मौलिक परम्परा : धामीले कम्मरमा भाँचे फलामको डण्डा

हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा आयोजित धार्मिक तथा सांस्कृतिक कार्यक्रममा पार्कीबाडा मष्टाका धामीले सोटा (फलामको डण्डा) भाँचेर आफ्नो शक्ति प्रदर्शन गरेका छन्। स्थानीय देवीदेवताको पूजाआजा तथा परम्परागत नाचका क्रममा धामीले आफ्नै कम्मरमा फलामको डण्डा भाँचेर प्रदर्शन गरेको दृश्यले उपस्थित दर्शकको ध्यान आकर्षित गरेको थियो। कर्णालीका हिमाली जिल्लामा धामी नाच स्थानीय धार्मिक आस्था, विश्वास र मौलिक संस्कृतिसँग जोडिएको परम्परा हो। विभिन्न ...

पर्दाफास
हिमालय टिभीले एनपीएल तीन भाषामा प्रसारण गर्ने, जनकपुरको खेलमा मैथिली कमेन्ट्री पनि
OthersJust now

हिमालय टिभीले एनपीएल तीन भाषामा प्रसारण गर्ने, जनकपुरको खेलमा मैथिली कमेन्ट्री पनि

नेपाली भाषाको कमेन्ट्री मुख्य च्यानल हिमालय टिभीबाट प्रत्यक्ष प्रसारण हुनेछ। त्यसैगरी, अङ्ग्रेजी भाषाको कमेन्ट्रीसहितको प्रत्यक्ष प्रसारण भने हिमालय स्पोर्ट्स च्यानलमार्फत हेर्न सकिनेछ। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play