Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Others/हुम्लाको मौलिक परम्परा : धामीले कम्मरमा भाँचे फलामको डण्डा

हुम्लाको मौलिक परम्परा : धामीले कम्मरमा भाँचे फलामको डण्डा

10/27/2026, 5:02:52 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram

हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा आयोजित धार्मिक तथा सांस्कृतिक कार्यक्रममा पार्कीबाडा मष्टाका धामीले सोटा (फलामको डण्डा) भाँचेर आफ्नो शक्ति प्रदर्शन गरेका छन्। स्थानीय देवीदेवताको पूजाआजा तथा परम्परागत नाचका क्रममा धामीले आफ्नै कम्मरमा फलामको डण्डा भाँचेर प्रदर्शन गरेको दृश्यले उपस्थित दर्शकको ध्यान आकर्षित गरेको थियो। कर्णालीका हिमाली जिल्लामा धामी नाच स्थानीय धार्मिक आस्था, विश्वास र मौलिक संस्कृतिसँग जोडिएको परम्परा हो। विभिन्न पर्व तथा धार्मिक अवसरमा आयोजना गरिने यस्ता गतिविधिले स्थानीय सांस्कृतिक परम्परालाई जीवन्त राख्न मद्दत गर्दै आएका छन् । पूर्णिमाका अवसरमा माझ्खाडामा आयोजित कार्यक्रममा देखाइएको धामी नाचले स्थानीय धार्मिक विश्वास र परम्पराको झल्को दिएको स्थानीय काली थापाले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

एनपीएल : जनकपुर टस जितेर फिल्डिङमा
OthersJust now

एनपीएल : जनकपुर टस जितेर फिल्डिङमा

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ गर्ने भएको छ । आजै भएको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ८ रन हरायो । कात्तिक ९ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् । फाइनल भिडन्त मङ्सिर ५ गते हुनेछ । ...

पर्दाफास
सरकारलाई पूरा अवधि काम गर्न दिऊँ, नगरे अर्को चुनावबाट बिदा गरौं : बाबुराम भट्टराई
OthersJust now

सरकारलाई पूरा अवधि काम गर्न दिऊँ, नगरे अर्को चुनावबाट बिदा गरौं : बाबुराम भट्टराई

१० कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेसम्म आफ्नो पूरा अवधि काम गर्न दिनुपर्ने बताएका छन् । प्रमुख राष्ट्रिय चाडपर्वहरू सकिए लगत्तै देशमा आन्दोलनको आँधीबेहरी ल्याउने, सरकार परिवर्तन गर्ने आदि चर्चा चल्न थालेको र यो विडम्वनापूर्ण र चिन्ताजनक रहेको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् । उनका अनुसार उन्नत बहुदलीय… ...

अनलाइन खबर
हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौं : गगन थापा
OthersJust now

हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौं : गगन थापा

१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका मतदातासँग पुन: सम्बन्ध स्थापित गर्न आगामी मंसिरमा एकमहिने संवाद अभियान सञ्चालन गर्ने बताएका छन् । पोखरामा मंगलबार आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले वर्षौंदेखि कांग्रेससँग जोडिएका तर पछिल्लो समय पार्टीलाई मतदान नगरेका मतदातासँग संवाद गर्नुपर्ने बताएका हुन् । मतदाताले कांग्रेसलाई मत नदिनुको कारण खोज्नुपर्ने उल्लेख… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play