Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

सिन्धुलीमा जीप दुर्घटना अपडेट: चालकको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
सिन्धुलीमा जीप दुर्घटना अपडेट: चालकको मृत्यु
Photo / Coverage: कर्पोरट खबर

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–३, झुंगास्थित मदन भण्डारी राजमार्गमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । आइतबार दिउँसो करिब १:१५ बजे काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको बा.प्र.०१–०२८ च २७८३ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएका पाँचै जनालाई उद्धार गरी जिल्ला अस्पताल सिन्धुली पुर्‍याइएको थियो । उपचारका क्रममा दिउँसो २:१५ बजे चिकित्सकले जीप चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–८ निवासी ४२ वर्षीय मातृका भट्टराईलाई मृत घोषणा गरेका थिए । दुर्घटनामा मृतककी ३८ वर्षीया श्रीमती प्रमिला भट्टराई, ८ वर्षीय छोरा आयन्स भट्टराई, ४० वर्षीया रेनुका सुवेदी भट्टराई र १३ वर्षीय अतर्व भट्टराई घाइते भएका छन् । उनीहरूमध्ये तीन जनाको अवस्था मध्यम र एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । The post सिन्धुलीमा जीप दुर्घटना अपडेट: चालकको मृत्यु appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
Latest NewsJust now

विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह

स्याङ्जा । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आइतबार भीरकोटमा आयोजना... ...

रातोपाटी
धादिङमा ६५ वर्षीय वृद्धको हत्या आरोपमा छिमेकी पक्राउ
Latest NewsJust now

धादिङमा ६५ वर्षीय वृद्धको हत्या आरोपमा छिमेकी पक्राउ

काठमाडौं। धादिङको गजुरी गाउँपालिका: ८ कटुन्जेमा ६५ वर्षीय हरिबहादुर ढुंगानाको हत्या गरेको आरोपमा प्रहरीले छिमेकीलाई पक्राउ गरेको छ। ३८ वर्षीय सूर्यबहादुर थिङलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मंसिर १२ गते बिहान ९ः१५ बजे ढुंगाना आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेका थिए। स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले घटनास्थलको अनुसन्धान गरेको थियो। ...

नेपालन्युज
युक्रेन वर्तमान युद्धमोर्चामै युद्धविराम गर्न तयार छ: जेलेन्स्की
Latest NewsJust now

युक्रेन वर्तमान युद्धमोर्चामै युद्धविराम गर्न तयार छ: जेलेन्स्की

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग वर्तमान युद्धमोर्चाकै अवस्थामा युद्धविराम गर्न आफ्नो देश तयार रहेको बताएका छन् । उनले दुवै देशका सेना अहिले तैनाथ रहेकै स्थानमा रोकिएर युद्ध अन्त्यका लागि कूटनीतिक वार्ता अघि बढाउन प्रस्ताव गरेका छन् । अलजजिरासँगको अन्तर्वार्तामा जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनको कब्जामा रहेका क्षेत्रबाट पछि हट्न तयार नभएको भन्दै वर्तमान सैन्य अवस्थामै युद्ध रोक्नु युक्रेनका लागि ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement