सिन्धुलीमा क्रसरकाे खाडलले लियाे आमा-छाेरीकाे ज्यान

काठमाडौं, कात्तिक ५ । दसैँको खुसी साट्न माइती आएकी चेलीको जीवनमा यस्तो बज्रपात पर्यो, जसले एउटा परिवारको खुसी एकैछिनमा शोकमा बदलिदियो। छोरीसँगै दसैँ मनाउन माइती पुगेकी सिन्धुलीकी सतीदेवी कोइराला छोरीलाई बचाउने प्रयास गर्दा आफैँले पनि ज्यान गुमाउनुपरेको छ। सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आपघारीस्थित क्रसर उद्योगका लागि प्रयोग गरिएको पानी पोखरीमा डुबेर सतीदेवी र उनकी छोरीको मृत्यु भएको हो। सतीदेवी स्थानीय बद्रीप्रसाद कोइरालाकी जेठी छोरी हुन्। प्राप्त विवरणअनुसार, दिउँसो करिब २ बजे आमा–छोरी पोखरीमा नुहाइरहेका थिए। त्यही क्रममा खेल्दै गरेकी बालिका पोखरीमा डुबिन्। छोरी डुबेको खबर सँगै रहेका साथीबाट पाएपछि उनलाई बचाउन सतीदेवी पनि पोखरीमा पसिन्। तर, छोरीलाई बचाउने प्रयासमा उनी आफैँ पनि डुबिन्। अन्ततः दुवैको ज्यान गयो। दसैँ मनाउन माइती आएकी छोरी र नातिनीको एकैसाथ मृत्यु भएपछि परिवारमा बज्रपात परेको छ। चाडपर्वको उल्लासबीच घरमा भित्रिएको यो शोकले परिवारका सदस्यसँगै स्थानीयवासीलाई समेत स्तब्ध बनाएको छ। जुन घरमा दसैँको खुसी छाउनुपर्ने थियो, त्यहीँ अहिले असह्य पीडा छाएको छ। आफ्नो सन्तानलाई बचाउन आमाले गरेको अन्तिम प्रयासले घटनालाई थप मर्माहत बनाएको छ। एकै घटनामा आमा र छोरी दुवै गुमाउनु पर्दा परिवारले भोग्नुपरेको पीडा शब्दमा व्यक्त गर्न कठिन छ। घटनाबारे प्रहरीले क्रसर उद्योगका सञ्चालकहरूमाथि अनुसन्धान गरिरहेको जनाएको छ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

बालकुमारीमा कुभिण्डो काट्ने जात्रा, टुक्रा लैजान भीड
मध्यपुरथिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डो जात्रा आज सम्पन्न भएको छ । नेवार भाषामा खाँः भनेर चिनिने सो जात्रा घटस्थापनाको दिन थिमिको लायकू दरबारस्थित तलेजु मन्दिरमा जमरा राखी सुरु भएको थियो । कुभिण्डो जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपाती ल्याई तलेजुस्थित दसैँघरमा भित्र्याएपछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ । नवमीका दिन कोतमा काटिएको राँगोको टाउको र दशमीको ...

सामाजिक सञ्जालले बढायो सुकुटीको कारोबार, विदेशबाट पनि माग
धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार फस्टाउँदै गएको छ । सामाजिक सञ्जालमार्फत उत्पादनको प्रचारप्रसार गर्न थालेपछि घरमै सुकुटी र अचार तयार पारेर बिक्री गर्ने महिलाको व्यापार विस्तार भएको छ । धरानको भानुचोकबाट पूर्वतर्फ रहेको निकेतन गल्लीमा सुकुटी बिक्री गर्ने पसल लस्करै छन् । यहाँ बिहानदेखि बेलुकासम्म सुकुटी किन्ने ग्राहकको चहलपहल हुन्छ । पसलबाट बिक्री गर्ने महिलासँगै घरमै उत्पादन तयार ...

मौलिक भाषा, लिपि, कला, संस्कृति र परम्पराको संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री किरण थापा मगर
काठमाडौं, कात्तिक ५ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपाल भाषासहित प्रदेशका सम्पूर्ण मौलिक भाषाको संरक्षण, संवर्द्धन र व्यावहारिक प्रयोगलाई प्रभावकारी बनाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बिहीबार काठमाडौंस्थित नेपाल भाषा मंकाः खलःको कार्यालय निरीक्षण तथा भाषा, कला, संस्कृति र मौलिक पहिचानको संरक्षण एवं प्रवर्द्धनका विषयमा सरोकारवालासँग छलफल गर्दै मुख्यमन्त्री थापा मगरले भाषा ऐनअनुसार आवश्यक ...

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार
बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष २६ करोड २५ लाख रुपैयाँ बराबरको खसीबोका कारोबार भएको छ । कोशी प्रदेशका पहाडी जिल्लाबाट किसान तथा व्यापारीले बिक्रीका लागि खसीबोका ल्याउने क्रम बढेसँगै गत वर्षको तुलनामा यसवर्ष कारोबार करिब १५ प्रतिशतले वृद्धि भएको बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । गत वर्ष दसैँमा उक्त बजारबाट २३ करोड बराबरको खसीबोका कारोबार भएको थियो । ...


