Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

सिद्धार्थ र भिसाबीच सम्झौता

Share:WhatsAppFacebookX (Twitter)Telegram
सिद्धार्थ र भिसाबीच सम्झौता
Photo / Coverage: हिमालय टाइम्स

काडमाडौं । सिद्धार्थ बैंक र डिजिटल भुक्तानी क्षेत्रमा विश्वव्यापी अग्रणी संस्था भिसाबीच सिद्धार्थ बैंकको भिसा कार्ड पोर्टफोलियो विस्तार तथा डिजिटल भुक्तानी सेवाको सुदृढीकरण गर्ने उद्देश्यले सम्झौता भएको छ । सम्झौताले सिद्धार्थ बैंकका ग्राहकका लागि कार्ड सेवा तथा भुक्तानी स्वीकार्यता विस्तारसँगै नयाँ सेवाको विकास गरी उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न दीर्घकालीन रणनीतिक सहकार्यको आधार तयार गरेको बैंकले जनाएको छ । सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले भन्नुभयो, ‘यस सम्झौताले सिद्धार्थ बैंकको भिसा कार्ड व्यवसाय थप सुदृढ बनाउन महत्त्वपूर्ण आधार तयार गरेको छ । यस रणनीतिक सहकार्यमार्फत् भिसा कार्ड पोर्टफोलियो विस्तार, ग्राहक सुविधामा वृद्धि तथा कार्डको प्रयोग बढाउँदै डिजिटल भुक्तानी प्रणाली विकासमा थप योगदान पुर्‍याउने हाम्रो लक्ष्य रहेको छ ।’ त्यसैगरी भिसाका नेपाल, भुटान तथा बंगलादेशका कन्ट्री म्यानेजर सब्बिर अहमदले भन्नुभयो, ‘नेपालको डिजिटल भुक्तानी प्रणाली तीव्ररूपमा विस्तार भइरहेको अवस्थामा सिद्धार्थ बैंकसँगको यो सहकार्यले देशभर सुरक्षित, विश्वसनीय तथा नवीन भुक्तानी सेवाको पहुँच विस्तार गर्ने भिसाको प्रतिबद्धता थप बलियो बनाएको छ ।’ सम्झौताअन्तर्गत सिद्धार्थ बैंकले आफ्ना ग्राहकका लागि सुरक्षित, सहज तथा नवीन डिजिटल भुक्तानी समाधान विस्तार गर्दै थप आकर्षक सुविधा र विशेष अफर ल्याउने योजना बनाएको छ । यसैबीच सिद्धार्थ बैंकले सडक बोर्ड नेपालसँगको सहकार्यमा नागढुंगा-सिस्नेखोला सुरुङमार्गमा गुड्ने निजी तथा व्यावसायिक सवारीसाधनका लागि एन ट्याग सेवा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार सवारीसाधनको अगाडिको सिसामा टाँसिने उक्त विद्युतीय(आरफिड) स्टिकरको मद्दतले टोल बुथमा नरोकिकन तोकिएको एन ट्याग लेनबाट सिधै गुड्दा स्वचालितरूपमा टोल शुल्क भुक्तानी हुन्छ । जसले टोल बुथमा लामो समय कुर्नुपर्ने झन्झट हटाएर समय र इन्धनको बचत गर्नुका साथै यात्रालाई पूर्णरूपमा नगदरहित र छरितो बनाउँछ । ग्राहकले अनलाइन आवेदन भरेर नजिकैको सिद्धार्थ बैंकको शाखाबाट एन ट्याग संकलन तथा सक्रिय गर्न सक्ने बताइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
गिब्स–ह्वाइट चम्किँदा चेल्सीविरुद्ध नटिङघम फरेस्टको रोमाञ्चक जित
Latest NewsJust now

गिब्स–ह्वाइट चम्किँदा चेल्सीविरुद्ध नटिङघम फरेस्टको रोमाञ्चक जित

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सम्पन्न प्रतिस्पर्धात्मक खेलमा नटिङघम फरेस्टले चेल्सीलाई ३–२ गोल अन्तरले स्तब्ध पारेको छ । फरेस्टको जितमा मोर्गन गिब्स–ह्वाइटले दुई गोल गर्दा इगोर जिससले एक गोलको योगदान... ...

रातोपाटी
हुण्डीसम्बन्धी विश्लेषण प्रतिवेदन : रेमिट्यान्स सब-एजेन्ट र युवा समूहको बाहुल्यता
Latest NewsJust now

हुण्डीसम्बन्धी विश्लेषण प्रतिवेदन : रेमिट्यान्स सब-एजेन्ट र युवा समूहको बाहुल्यता

काठमाडौं । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले ‘स्ट्राटेजिक एनालाइसिस रिपोर्ट २०२६ः हुण्डीः अर्थात् हुण्डी विषयक रणनीतिक विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन कुनै निश्चित मुद्दा, संस्था वा व्यक्तिमा केन्द्रित नभई हुण्डीको प्रवृत्ति, प्रकार तथा विधि पहिचान तथा विश्लेषणमा केन्द्रित रहेको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार प्रतिवेदनको मुख्य उद्देश्यहरू हुण्डीको प्रवृत्ति तथा विधिको विश्लेषण गर्नुका साथै ...

हिमालय टाइम्स
भिसा लिडरसिप कन्क्लेभ २०२६ को प्रतिबद्धता
Latest NewsJust now

भिसा लिडरसिप कन्क्लेभ २०२६ को प्रतिबद्धता

काठमाडौं । विश्वासः विश्वलाई अगाडि बढाउने शक्ति भन्ने नाराका साथ डिजिटल भुक्तानी क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी भिसाले हालै काठमाडौंमा ‘भिसा लिडरसिप कन्क्लेभ २०२६’ आयोजना गर्दै नेपालको विकासोन्मुख डिजिटल भुक्तानी इकोसिस्टम सहयोग गर्ने आफ्नो दीर्घकालीन प्रतिबद्धता दोहोर्‍याएको छ । कन्क्लेभमा नेपालको बैंकिङ तथा वित्तीय सेवा क्षेत्र, सरकार, नियामक निकाय र समग्र भुक्तानी इकोसिस्टमका दुर्ई सयभन्दा बढी नेतृत्वकर्ता तथा सरोकारवालाले सहभागी भई ...

हिमालय टाइम्स
बैंकर्स संघको अध्यक्षमा ग्लोबल सिइओ रेग्मी
Latest NewsJust now

बैंकर्स संघको अध्यक्षमा ग्लोबल सिइओ रेग्मी

काठमाडौं । नेपाल बैंकर्स संघको ४०औँ वार्षिक साधारणसभाले संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्रराज रेग्मीलाई निर्विरोध निर्वाचित गरेको छ । उपाध्यक्षमा कुमारी बैंकका सिइओ रामचन्द्र खनाल निर्वाचित हुनुभएको छ । निवर्तमान अध्यक्षमा माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइराला रहनुहुनेछ । सदस्यहरूमा नेपाल बैंकका सिइओ तिलकराज पाण्डेय, सानिमा बैंकका सिइओ पवनकुमार आचार्य, सिद्धार्थ बैंकका सिइओ रामेश्वरप्रसाद बस्याल र एनएमबी ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement