काठमाडौं । विश्वासः विश्वलाई अगाडि बढाउने शक्ति भन्ने नाराका साथ डिजिटल भुक्तानी क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी भिसाले हालै काठमाडौंमा ‘भिसा लिडरसिप कन्क्लेभ २०२६’ आयोजना गर्दै नेपालको विकासोन्मुख डिजिटल भुक्तानी इकोसिस्टम सहयोग गर्ने आफ्नो दीर्घकालीन प्रतिबद्धता दोहोर्याएको छ । कन्क्लेभमा नेपालको बैंकिङ तथा वित्तीय सेवा क्षेत्र, सरकार, नियामक निकाय र समग्र भुक्तानी इकोसिस्टमका दुर्ई सयभन्दा बढी नेतृत्वकर्ता तथा सरोकारवालाले सहभागी भई अझ सुरक्षित, नवीन र समावेशी डिजिटल अर्थतन्त्र निर्माणबारे धारणा आदानप्रदान गरेका थिए । कन्क्लेभ भुक्तानी क्षेत्रमा आइरहेका परिवर्तन तथा उपभोक्ता, व्यवसाय र वित्तीय संस्थाका बदलिँदा आवश्यकता सम्बोधन गर्न विश्वास, नवीनता र सहकार्यको भूमिकाबारे अर्थपूर्ण छलफल गर्ने महत्त्वपूर्ण मञ्च रहेको आयोजकले जनाएको छ । कार्यक्रममा नेपालस्थित अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिन तथा नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका निर्देशक अजित रेग्मीका साथै भिसाको नेतृत्व तहबाट बंगलादेश, नेपाल तथा भुटानका लागि कन्ट्री म्यानेजर सब्बिर अहमद, भिसा नेपालका प्रमुख मनोज थापा र बंगलादेश, नेपाल तथा भुटानका लागि प्रोडक्ट प्रमुख तौफिक इमामको पनि सहभागिता थियो । बंगलादेश, नेपाल तथा भुटानका लागि भिसाका कन्ट्री म्यानेजर सब्बिर अहमदले भन्नुभयो, ‘कुनै पनि सफल डिजिटल भुक्तानी प्रणालीको आधारस्तम्भ भनेकै विश्वास हो । नेपाल डिजिटल रूपान्तरणको यात्रामा अघि बढिरहेका बेला नवीनता, सुरक्षा र अर्थपूर्ण साझेदारीमार्फत् यो विश्वास थप बलियो बनाउनु उपभोक्ता तथा व्यवसायका लागि नयाँ अवसरका ढोका खोल्ने निर्णायक कडी हुनेछ । हाम्रो अन्तर्राष्ट्रिय अनुभव, आधुनिक प्रविधि तथा सशक्त सञ्जाललाई स्थानीय सहकार्यसँग आबद्ध गर्दै नेपालको डिजिटल भुक्तानी अभियान साकार पार्न भिसा निरन्तर क्रियाशील रहेको छ । सम्मेलनले हाम्रा वित्तीय साझेदार, नियामक निकाय तथा सरोकारवालासँगको सहकार्य अझ मजबुत बनाउँदै सुरक्षित, पहुँचयोग्य र प्रविधिमैत्री डिजिटल अर्थतन्त्र सुदृढ गर्ने दिशामा हाम्रो साझा अठोट पुनः उजागर गरेको छ ।’
भिसा लिडरसिप कन्क्लेभ २०२६ को प्रतिबद्धता

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






