Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

पुस्तक : प्राडा.भट्टको ‘जीवन सहयात्री’मा रुमलिँदा

Share:WhatsAppFacebookX (Twitter)Telegram
पुस्तक : प्राडा.भट्टको ‘जीवन सहयात्री’मा रुमलिँदा
Photo / Coverage: हिमालय टाइम्स

प्राडा.अर्जुनदेव भट्टले लेख्नु भएको जीवन सहयात्री नामक २०८३ सालमा प्रकाशित भएको छ । यो उपन्यासको दोस्रो विश्वयुद्धपीडित शीर्षकभित्र दोस्रो विश्वयुद्धको ज्वालामा युरोप डढी रहेको थियो । हिटलरका सामु निभाउनै नसकिने आगोको ज्वाला भई तगारोको रुपमा प्रस्तुत भएको सोभियत सङ्घ आमनेसामने हुँदै गएको छ । युरोपका थुप्रै देशहरूले झैँ स्टालिनको देश हिटलरका अगाडि घुँडा टेक्ने छैन भन्ने जोकोही पनि विश्वास गर्थे भनेर लेखिएको छ । हृदय अपहरणकारी शीर्षकभित्र कसैले उच्च शिक्षा लिनै चाहेन वा अध्ययन गर्न सकेन भने उसले सीपमूलक प्रशिक्षण प्राप्त गरेर, काम गरी आफ्नो जीवन स्वावलम्वी भएर बाँच्न पाउँछन् । जीवन सङ्घर्ष हो र त्यो लक्ष्य निर्दिष्ट हुनुपर्छ भन्ने सिद्धान्तले प्रत्येक व्यक्तिलाई बाँच्न सहज पारेको छ भनेर प्राडा.भट्टले लेखेका छन् । प्राडा.भट्ट लामो समयदेखि चिकित्सा सेवामा संलग्न हुँदै साहित्य सिर्जनाका क्षेत्रमा सक्रिय ढङ्गले कलम चलाइरहने अथक साधक हुन् । नेपाली साहित्यमा कविता, कथा, उपन्यास, निबन्धलगायत भाषाका क्षेत्रमा समेत उनको कलम निरन्तर रुपमा चलिरहेको छ । यस उपन्यासमा पात्रहरू अ र आलिक छन् । पाठकलाई आफूप्रति विश्वास, सहानुभूति जगाउँदै आदर्श सन्देश प्रवाह गर्न यिनै पात्रहरू सक्षम देखिन्छन् । तिनमा पनि विशेषगरी अर्कै चारित्रिक विशेषतालाई उजिल्याउँदै उनको चरित्रलाई उदात्तीकरण पारिएको छ । युद्धपछिको मानिस भन्नु त मृत्यु जितेर आएको जीवन हो । प्रा.डा.भट्ट लामो समयदेखि चिकित्सा सेवामा संलग्न हुँदै साहित्य सिर्जनाका क्षेत्रमा सक्रिय ढङ्गले कलम चलाइरहने अथक साधक हुन् । नेपाली साहित्यमा कविता, कथा, उपन्यास, निबन्धलगायत भाषाका क्षेत्रमा समेत उनको कलम निरन्तर रुपमा चलिरहेको छ । यस उपन्यासमा पात्रहरू अ र आलिक छन् । पाठकलाई आफूप्रति विश्वास, सहानुभूति जगाउँदै आदर्श सन्देश प्रवाह गर्न यिनै पात्रहरू सक्षम देखिन्छन् । तिनमा पनि विशेष गरी अर्कै चारित्रिक विशेषतालाई उजिल्याउँदै उनको चरित्रलाई उदात्तीकरण पारिएको छ । अत्यन्त संवेदनशील, विवेकी, नैतिकतायुक्त, आत्मसंयमी, निष्ठावान् एवं अनुशासित अर्को चारित्रिक विशेषता सर्सर्ती हेर्दा परम्परागत नेपाली नारीकै जस्तो देखिए पनि उनी विचारशील, तार्किक, जीवनको सार्थक ता बुझेकी अस्तित्वचेतका साथ दूरदृष्टि भएकी पात्रका रुपमा प्रस्तुत गरिएको छ । दृढ सङ्कल्प शीर्षकभित्र युवक आफ्नो निर्णयको भारी बोक्दै मुस्कुराइरहेको हुन्छ । उसको सम्पूर्ण शरीर आत्मबल जागेको प्रमाणित भइरहेछ । बिहान उठ्दाउठ्दै युवकले सोच्दछ किन म चाहिनेनचाहिने सोच लिएर आफैँलाई शङ्कालु दार्शनिक बनाउने प्रयास गरिरहेछु ? ऊ खिन्न भएको छ मनको डल्लोलाई हीनताबोधको तकिया बनाउँदै मस्तिष्कभित्र । रमणीय अतीत शीर्षकभित्र अ को दिनचर्या, कर्मस्थल, होस्टेल र बालगृहको त्रिकोण बनाएर नाचिरहेको थियो । एकरुपताको जीवनले कहिलेकाही अस्वाभाविक कमजोरी ल्याउँथ्यो मनमस्तिष्कमा तर जब उनी उज्ज्वल भविष्यको कल्पना गर्थिन् तब आशाको डोरीले जीवन अगाडि बढाउन सहज हुन्थ्यो । एकदिन उनीले व्यक्ति गरेकी थिइन् कमसेकम भविष्य नयाँ ठाउँ, फरक मानिस, नयाँ संस्कृति, सांस्कृतिक विविधताको मेला जेले भए पनि फरक हुनेछ भनेर लेखिएको छ । आत्मसन्तोष शीर्षकभित्र अ कुनै धार्मिक अनुयायी होइनन् तर पनि उनी हुर्केको संस्कृति परम्परानिष्ठ क्रिश्चियन धर्मको छहारीमा भएकाले त्यसको झझल्को उनीमा पाउन सकिन्थ्यो । उनी भन्ने गर्थिन् आलिक ! मानिसहरू भन्न सक्छन् फलानो बिरामीलाई तिम्रै हातबाट मर्न लेखेको रहेछ । तिमी त्यस्तो भनाइको ओत लागेर आफ्नो कमजोरी लुकाउने प्रयत्न नगर भनेर व्याख्या गरिएको छ । बालिका आमा ! शीर्षकभित्र आलिकलाई आफ्नो ज्ञान र सीप मातृभूमिमा प्रदर्शन गरेर जीवनको सार्थकता अनुभूत तथा अनुभव गर्नु थियो । कष्टपूर्ण जीवनको अनुभवी अ लाई कल्पना गरेभन्दा फरक अभावपूर्ण जीवन नेपालको तराई क्षेत्र जलेश्वरमा सुरु गर्नु थियो । लाखौ गृहणीजस्तै शीर्षकभित्र अ ले आफैँ गएर बालबच्चालाई स्कुलमा भर्ना गराइन् । आफू पनि स्कुलमै गुरुआमा भएर काम गर्न थालिन् । अब अ का निम्ति पनि जीवनका क्षितिज फराकिलो हुँदै आयो । बच्चाहरू र बासस्थानका केही कोठामा जीवनलाई सिन्की खाँदेन कैद गर्नुपर्ने अवस्था थिएन भनेर लेखिएको छ । जीवन सहयात्रा सन्धि शीर्षकभित्र टुङ्गोमा पुग्न नसकेको सम्बन्धले गर्दा अ र आलिक कहिलेकाही आफूले आफैँलाई सम्झाउने गर्थे । लामो सङ्घर्षपूर्ण जीवन बाँच्नु छ । के धैर्यलाई नजगाएर छटपटी र चिन्ताको जल्न मिल्छ ? जीवनमा यस्ता क्षण कति आउन सक्छन् के थाहा ? भनिएको छ । अ लाई सरकारले दिनुपर्ने कुनै पनि सुविधाबाट बञ्चित गर्ने अमानवीय व्यवहार गर्ने हक राज्यले राख्दैनथ्यो । विवाहित सबैलाई झैँ बिनाकुनै विभेदीकरण भेदभाव तथा पक्षपात अ ले पाउनुपर्ने सबै सुविधा उपलब्ध गर्दै आएकी थिइन् । दोस्रो विश्वयुद्धलाई सोभियत सङ्घको शान्ति तथा मानवप्रेमी शक्ति र विभिन्न देशको ढिलै र छोटै भए पनि मोर्चावन्दी सन्धिसम्झौताको सहयोगले अन्त गराई छाड्छ भनेर व्याख्या गरिएको छ । बाबुआमा हुने बच्चाहरूका आमाबाबु त्यहीँ छन् । अनाथहरूलाई बालगृहका कर्मचारीहरूले छहारी प्रदान गरेका छन् । गुरुहरू पनि बढी दयालु र मायालु भएर त्यस्ता बच्चाहरूलाई लिँदै छन् भनेर प्राडा.भट्टले लेखेका छन् । शिक्षा र कर्मज्ञान शीर्षकभित्र धनीहरू जसलाई सबै चिजले पुगेकै थियो । उनीहरूले देशलाई खास गरेर कृषि पेशालाई यान्त्रिीकीकरण गरेर राष्ट्रको विकास गर्दै आफू अझ बढी धनी हुन सकिन्छ भन्ने कल्पना समेत गर्न सकेनन् । दूरदर्शिताको अभावले त्यसो गर्न न सरकारले नै सहुलियत थप्यो, न समाजले नै यान्त्रिकीकरणलाई सामन्तीसोचले गर्दा निम्त्याउन सक्यो । फलस्वरुप देशको रुपान्तरण समाजको बीचमा गएर झुण्डिएको जस्तो भयो भनेर लेखिएको छ । कृतिः जीवन सहयात्री विधाः उपन्यास लेखकः प्राडा.अर्जुनदेव भट्ट प्रकाशकः भुँडीपुराण प्रकाशन पहिलो संस्करणः विसं २०८३ भदौ मूल्यः रु.३५० ।– पृष्ठः १४०

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
Latest NewsJust now

खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन

म्याग्दी । कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन् । परम्परागत खाद्यबालीको खेती छाडेर सुन्तलाखेतीमा लागेका सुर्केमेलाका खेतबारीको... ...

रातोपाटी
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
Latest NewsJust now

ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल

भोजपुर । जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन् । पदमार्गको प्रचारप्रसार गर्दै... ...

रातोपाटी
राष्ट्रिय खेलकुद: जुम्लामा फुटबल प्रतियोगिताको तयारी पुरा
Latest NewsJust now

राष्ट्रिय खेलकुद: जुम्लामा फुटबल प्रतियोगिताको तयारी पुरा

जुम्ला । यहाँ आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पुरा भएको छ । पहिलोपटक हिमाली जिल्लामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको खेल हुने भएपछि... ...

रातोपाटी
झापाको ८६ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बिमामा आबद्ध
Latest NewsJust now

झापाको ८६ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बिमामा आबद्ध

झापा । झापा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुने नागरिकको सङ्ख्या आठ लाख ५७ हजार १९९ पुगेको छ । स्वास्थ्य बिमा बोर्डका अनुसार यो झापाको कूल जनसङ्ख्याको ८६ प्रतिशत हो... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement