Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

भेलदेखि जेलसम्म : ‘एक नारीः अनेक सङ्घर्ष’ मा पौडिँदा

Share:WhatsAppFacebookX (Twitter)Telegram
भेलदेखि जेलसम्म : ‘एक नारीः अनेक सङ्घर्ष’ मा पौडिँदा
Photo / Coverage: हिमालय टाइम्स

सिर्जना समाजको प्राण हो । मान्छेभित्रका दुःखद् कहानीका कहालीलाग्दा अवस्था जो भित्रभित्रै गुम्सिएर ढलान बन्न विवश हुन्छन् तिनले सहज रूपमा साहित्यानुभूति तरल बनाइदिन्छन् र मान्छेलाई बाँच्ने सजिला बाटा निर्माण गरिदिने एकमात्र शक्तिशाली औजार हो साहित्य । सूत्रबद्ध गरी यिनै अन्तरवेदना–दुःखकष्ट, रुवाइ, छट्पटी, चिन्ता र चित्कारलाई बाहिर निकालेर मन विरेचित गर्ने अद्वितीय औजार कविता हो । चाहे पद्य होस् वा गद्य । ससाना प्रविधा गजल, चारु हुन् वा मुक्तक, हाइकु, सुसेली वा कोपिला आदि । जम्मैको एकमात्र लक्ष्य त उही हो तर आकार फरक, शैली फरक, तौरतरिका फरक, कठोर बन्धनका बाँधहरू साहित्यिक समुद्र कवितामा तर्ने प्रयास गर्नुपर्छ । तरियो सफल, प्रयासमात्र रहरले भए असफल । आख्यान यसभन्दा निकै फरक छ । निकै सहज पनि । यसमा त्यतिबिघ्न कलाको आवश्यकता रहँदैन जति कवितामा रहन्छ । यसमा त्यस्ता बिम्बछनोट सोचको पनि आवश्यकता छैन जस्ता सोच कविता लेखनमा आवश्यक रहन्छन् । समाजको बाह्यान्तरिक दुवै पक्षको सरल अभिव्यक्तिका माध्यमले बोध गराउने ससाना नर्सरीदेखि स्कुल हुँदै विश्वविद्यालय हो आख्यान जगत् । चेतनात्मक उचाइमा थिल्लो तहमा पुग्नका लागि यौन दुई विषम लिङ्गीका बीचको स्वेच्छिक कुरा हो । बाध्यतामा बलजफ्ती कुनै परिस्थिति सिर्जना गरेर हुने जुनसुकै कार्य पनि अपराध हुन् भने स्वेच्छाले गरिने कार्य व्यक्तिगत नैसर्गिक अधिकारका कुरा हुन् । यसर्थ नै चेतनात्मक उचाइ प्राप्त व्यक्तिले यसलाई भोक लागेका बेला खाना सरह ठान्छ, ठान्छन् । सूत्र कथा प्लेग्रुपदेखि नर्सरी हुँदै पाँच कक्षासम्मको व्यवस्थामा आभावगत आकारमा रहन्छ । लघुकथाको स्वरूपगत पहिचान हाईस्कुलसम्मको भन्नु अत्युक्ति नहोला । कथाले विविध खालका प्रकारका विद्यालयस्तरीय अवस्थाबोध गराउँछन् भने उपन्यास त्यो विराट् विश्वविद्यालय हो जसमा जीवनका जन्मदेखि अन्त्यसम्म र त्यस अवधिभित्र भोगिएका जगत् वा संसारको सपाट सिङ्गो चित्र देखिनु आवश्यक हुन्छ । त्यो संयोगान्त स्वरूपमा होस् चाहे वियोगान्त स्वरूपमा । यसै सुन्दर सन्दर्भलाई सान्दर्भिक बनाएर मेरा सामु नवोदित उपन्यासकार निर्मला भट्टराईको औपन्यासिक कृति मुस्कुराइरहेको छ । विदेशपलायन एक ठाउँको, एक देशको, एक जात वा भेषको मात्र समस्या नभएर विश्वकै मानव समस्या हो । प्रकार भिन्न होला तर समस्या एउटै हो । विकसित देशका धनीमानी मानिस तेस्रो विश्वका देश अर्थात् नेपालजस्ता विकासोन्मुख देशमा पनि आएर बसेका छन् । पतिपत्नी वा प्रेमीप्रेमिका मध्ये एकको इच्छामा अर्काको अनिच्छामा बिछोडिएरै भए पनि आएका छन् । यहाँ आएर शैक्षिक क्षेत्रमा काम गर्ने यस्ता व्यक्तिहरूको सङ्ख्या थोरै होस् तर नभएको होइन । यो उनीहरू वा सम्पूर्ण विश्वमानव जगत्को इच्छा हो । नेपालजस्ता तेस्रो विश्वका देशहरू जहाँ परम्परागत अन्धविश्वासको मानसिक रोग छ । उनीहरूका लागि एक पति एक पत्नी सर्वोच्च संस्कार बन्दछ । आदर्श परिवार ठानिन्छ । यस्ता संस्कारवाहक देशका निमित्त एकबाट अर्को कामविशेषले अलग्गिनु एउटा समस्या हुनजान्छ–जटिल समस्या । यसै समस्याका सेरोफेरोलाई केन्द्रीय विषय बनाएर पहिलो औपन्यासिक कृतिका रूपमा साहित्यिक फाँटमा देखापरेकी छन् उपन्यासकार निर्मला भट्टराई । चेतनात्मक उचाइमा थिल्लो तहमा पुग्नका लागि यौन दुई विषम लिङ्गीका बीचको स्वेच्छिक कुरा हो । बाध्यतामा बलजफ्ती कुनै परिस्थिति सिर्जना गरेर हुने जुनसुकै कार्य पनि अपराध हुन् भने स्वेच्छाले गरिने कार्य व्यक्तिगत नैसर्गिक अधिकारका कुरा हुन् । यसर्थ नै चेतनात्मक उचाइ प्राप्त व्यक्तिले यसलाई भोक लागेका बेला खानासरह ठान्छ, ठान्छन् । यसको उचाइ कम हुनेहरू यसको त्यागलाई जीवन अस्तित्वको सर्वस्व मान्छन् । घरपरिवारले यसै आँखाबाट हेर्छ । छरछिमेकी यसमै आशङ्काका प्वाल कोट्याउँछन् र कुरा कटाइका बिस्कुन सुकाएर उनीहरूका इज्जतमाथि प्रश्नचिह्न खडा गर्छन् । यस गएगुज्रेको सामाजिक चेतनाको सतही तहमा यस्ता प्रश्नहरू घनीभूत भएर जन्मिन्छन् र व्यक्ति जीवन तहसनहसदेखि समाप्त हुनसम्म विवश बन्दछन् । नेपालको पूर्वी क्षितिजमा अवस्थित एक गाउँलाई काल्पनिक नाम दिएर यस उपन्यासले पारिवेशिक विषयवस्तु बनाएको छ । पात्रहरू काल्पनिक छन् तर घटना यथार्थ । पत्नीव्रत वा एक पत्नीविश्वासका नायक हरिस छन् यस उपन्यासमा । विश्वास न हो, उनी विदेशमा छन् के गर्छन् ? कसलाई थाहा । त्यस्तै ममता नामक पत्नी आफ्नै घरमा छिन् । उनी अन्धचेतनाले ठाने अनुसार पवित्र छन् वा छैनन् कसले यसको हिसाबकिताब राख्ने ? तर दुवै मक्ख छन् मेरी सतीसाध्वी पत्नी ममता, मेरो एक पत्नी प्रियपति हरिस भन्ने ठानेर । यो पनि एउटा भ्रमात्मक पारम्परिक विश्वास न हो । यथार्थ मापन गर्ने न कुनै यन्त्र छ न कुनै मापदण्ड । अर्को पक्षबाट हेर्दा शरीर र मन दुई फरक कार्य व्यापारका निमित्त बनेका हुन् । मन, आत्मा र मस्तिष्कसँग निकट छ जसले विचारको प्रवाह गर्दछ । कलाको शिल्प भर्दछ । विज्ञानको वस्तु विमर्शमा जुट्दछ । यही पाटो कि त व्यावहारिक सुसेधन्दामा जुटेर जीवनयात्रालाई शरीरको अंशमात्र बनाउँछ, कि त शङ्का आशङ्काले कुण्ठित जीवनलाई मृत्युको मुखमा मिल्काउँछ । शरीर दृश्यजगत्को पिण्ड हो । यो समयानुसारका कर्ममा आफूलाई समाहित गराउन चाहन्छ । यसबाट विमुख यसलाई राख्नु अर्थात् भोगबाट अलग राख्न खोज्नु व्यक्ति विजयको महानता होइन पराजयको तल्लो पक्ष हो । यसमा पहिलो कमजोरी चेतनात्मक उचाइको अभाव हो, दोस्रो कमजोरी परम्परागत अन्धविश्वासी सोचको बन्धन हो, तेस्रो कमजोरी समाजप्रतिको भय, चौथो कमजोरी कानुननियमले निर्धारण गरेका बन्धनप्रतिको त्रास हो । यी चार भयबाट कुण्ठित मान्छे या त डिप्रेसनबाट ग्रस्त भएर आत्महत्या गर्न पुग्छ या त कमजोर वैचारिक मानसिकताको शरीर बोकेर सामान्य जीवन गुजार्छ । यस मनोलोकको सङ्केत पनि व्यञ्जनात्मक अर्थमा एक नारी अनेक सङ्घर्ष शीर्षक औपन्यासिक कृतिमा हामी पाउन सक्छौं । शरीर दृश्यजगत्को पिण्ड हो । यो समयानुसारका कर्ममा आफूलाई समाहित गराउन चाहन्छ । यसबाट विमुख यसलाई राख्नु अर्थात् भोगबाट अलग राख्न खोज्नु व्यक्ति विजयको महानता होइन पराजयको तल्लो पक्ष हो । यसमा पहिलो कमजोरी चेतनात्मक उचाइको अभाव हो, दोस्रो कमजोरी परम्परागत अन्धविश्वासी सोचको बन्धन हो, तेस्रो कमजोरी समाजप्रतिको भय, चौथो कमजोरी कानुननियमले निर्धारण गरेका बन्धनप्रतिको त्रास हो । यस कृतिले दृष्टिबिन्दुका रूपमा परम्परागत अनुशासनलाई सुखीजीवनको रूपमा सिद्ध गर्ने प्रयास गरेको छ । समाजले जतिसुकै लाञ्छित गरे पनि घरव्यवहारले जतिसुकै घृणा र तिरस्कार गरे पनि पतिले विदेशमै बसेर कष्टपूर्ण जीवन बिताइरहेकी पत्नीका भनाइमा विश्वास नगरिकन तिनै घरपरिवारका झुटा आक्षेपलाई सत्यमा अडिक एक नारी अन्तत विजयी भएको सिद्ध गरिएको छ । उपन्यासको सुरुसुरुतिरको नायक हरिस घरपरिवार सबैलाई एकैचोटि समग्रमा माथि उठाऊँ भन्ने लक्ष्यका साथ सीमित घेराको साझा विचारवाहक प्रतिनिधि पात्रका रूपमा देखिन्छ र डलरको बिरुवा हुर्काउन विदेशतिर हुइकिन्छ । यो पनि एउटा परम्परावादी बिमारी विचार हो । भएको चिजले अरूको हुनु अलग कुरा हो । व्यक्ति, व्यक्तिका लागि जन्मिन्छ ऊ आफू मजबुत भएपछि रहे भएको चिजले अरूको हुनु अलग कुरा हो नत्र एक सामान्य सोच र सीमाको व्यक्तिले त्यति ठूलो आदर्श अनजानमै अँगाल्नु जीवन असफलताको परिचय हो । हो, महापुरुषहरू, समाजका टावर पर्सनालिटीले आफू मेटिएर अरूको भलाइमा समर्पित हुनुलाई सच्चाजीवन ठान्दछन् । ‘खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ? आफू मिटाई अरूलाई दिनु जहाँ छ’ यो देवकोटाको भनाइ हो । यस हाराहारीमा हिँड्न खोज्ने व्यक्तिले यस खालका आदर्श राख्नु स्वभाविक पनि हुन्छ तर सामान्य जीवन सोच भएका व्यक्तिले राखेका ठूला महत्वाकाङ्क्षा प्राप्तिका सम्भावनाभन्दा निकै टाढा पुगी आफूसमेत समाप्त भइन्छ । यस बुझाइमा नायक हरिसलाई उठाउन हर सङ्कटमा अग्नि परीक्षा पार गर्दै गएको देखिन्छ नायिका ममताले । त्यसबेला र केहीहदसम्म अहिले पनि परम्परामा लिप्त नेपाली समाजमा सासूले बुहारीलाई अत्यन्त तुच्छ व्यवहार गर्ने, कमाउने दाजुभाइका श्रीमतीले श्रीमान्कै आडमा देउरानीले जेठानीलाई सासू वा ससुरालाई माध्यम बनाएर सके आफैँ अग्रसर भई कमजोरलाई हेप्ने, दबाउने अझ आत्महत्या गर्न विवश बनाउनेसम्मका क्षुद्र व्यवहार गर्ने समाजमा घरपरिवार छँदैछन् । यी सबै कारुणिक अवस्थाकी प्रतिनिधि अनुहार बनेर यस उपन्यासकी नायिका ममता उभिएकी छे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
Latest NewsJust now

खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन

म्याग्दी । कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन् । परम्परागत खाद्यबालीको खेती छाडेर सुन्तलाखेतीमा लागेका सुर्केमेलाका खेतबारीको... ...

रातोपाटी
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
Latest NewsJust now

ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल

भोजपुर । जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन् । पदमार्गको प्रचारप्रसार गर्दै... ...

रातोपाटी
राष्ट्रिय खेलकुद: जुम्लामा फुटबल प्रतियोगिताको तयारी पुरा
Latest NewsJust now

राष्ट्रिय खेलकुद: जुम्लामा फुटबल प्रतियोगिताको तयारी पुरा

जुम्ला । यहाँ आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पुरा भएको छ । पहिलोपटक हिमाली जिल्लामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको खेल हुने भएपछि... ...

रातोपाटी
झापाको ८६ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बिमामा आबद्ध
Latest NewsJust now

झापाको ८६ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बिमामा आबद्ध

झापा । झापा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुने नागरिकको सङ्ख्या आठ लाख ५७ हजार १९९ पुगेको छ । स्वास्थ्य बिमा बोर्डका अनुसार यो झापाको कूल जनसङ्ख्याको ८६ प्रतिशत हो... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement