Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

बैंकर्स संघको अध्यक्षमा ग्लोबल सिइओ रेग्मी

Share:WhatsAppFacebookX (Twitter)Telegram
बैंकर्स संघको अध्यक्षमा ग्लोबल सिइओ रेग्मी
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाल बैंकर्स संघको ४०औँ वार्षिक साधारणसभाले संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्रराज रेग्मीलाई निर्विरोध निर्वाचित गरेको छ । उपाध्यक्षमा कुमारी बैंकका सिइओ रामचन्द्र खनाल निर्वाचित हुनुभएको छ । निवर्तमान अध्यक्षमा माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइराला रहनुहुनेछ । सदस्यहरूमा नेपाल बैंकका सिइओ तिलकराज पाण्डेय, सानिमा बैंकका सिइओ पवनकुमार आचार्य, सिद्धार्थ बैंकका सिइओ रामेश्वरप्रसाद बस्याल र एनएमबी बैंकका सिइओ गोविन्द घिमिरे हुनुहुन्छ । त्यसैगरी सदस्यहरूमा नबिल बैंकका सिइओ मनोजकुमार ज्ञवाली, नेपाल एसबिआई बैंकका सिइओ रामकुमार तिवारी, प्राइम कमर्सियल बैंकका सिइओ सञ्जीव मानन्धर हुनुहुन्छ भने सल्लाहकारमा हिमालयन बैंकका सिइओ अशोकशमशेर राणा हुनुहुन्छ । नयाँ कार्यसमितिले नेपालको बैंकिङ क्षेत्रको संस्थागत प्रतिनिधित्व, बैंकिङ प्रणालीको सुदृढीकरण तथा वित्तीय क्षेत्रका साझा मुद्दामा समन्वय र सहकार्यलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
राष्ट्रिय खेलकुद: जुम्लामा फुटबल प्रतियोगिताको तयारी पुरा
Latest NewsJust now

राष्ट्रिय खेलकुद: जुम्लामा फुटबल प्रतियोगिताको तयारी पुरा

जुम्ला । यहाँ आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पुरा भएको छ । पहिलोपटक हिमाली जिल्लामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको खेल हुने भएपछि... ...

रातोपाटी
झापाको ८६ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बिमामा आबद्ध
Latest NewsJust now

झापाको ८६ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बिमामा आबद्ध

झापा । झापा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुने नागरिकको सङ्ख्या आठ लाख ५७ हजार १९९ पुगेको छ । स्वास्थ्य बिमा बोर्डका अनुसार यो झापाको कूल जनसङ्ख्याको ८६ प्रतिशत हो... ...

रातोपाटी
भेलदेखि जेलसम्म : ‘एक नारीः अनेक सङ्घर्ष’ मा पौडिँदा
Latest NewsJust now

भेलदेखि जेलसम्म : ‘एक नारीः अनेक सङ्घर्ष’ मा पौडिँदा

सिर्जना समाजको प्राण हो । मान्छेभित्रका दुःखद् कहानीका कहालीलाग्दा अवस्था जो भित्रभित्रै गुम्सिएर ढलान बन्न विवश हुन्छन् तिनले सहज रूपमा साहित्यानुभूति तरल बनाइदिन्छन् र मान्छेलाई बाँच्ने सजिला बाटा निर्माण गरिदिने एकमात्र शक्तिशाली औजार हो साहित्य । सूत्रबद्ध गरी यिनै अन्तरवेदना–दुःखकष्ट, रुवाइ, छट्पटी, चिन्ता र चित्कारलाई बाहिर निकालेर मन विरेचित गर्ने अद्वितीय औजार कविता हो । चाहे पद्य होस् वा गद्य ...

हिमालय टाइम्स
पुस्तक : प्राडा.भट्टको ‘जीवन सहयात्री’मा रुमलिँदा
Latest NewsJust now

पुस्तक : प्राडा.भट्टको ‘जीवन सहयात्री’मा रुमलिँदा

प्राडा.अर्जुनदेव भट्टले लेख्नु भएको जीवन सहयात्री नामक २०८३ सालमा प्रकाशित भएको छ । यो उपन्यासको दोस्रो विश्वयुद्धपीडित शीर्षकभित्र दोस्रो विश्वयुद्धको ज्वालामा युरोप डढी रहेको थियो । हिटलरका सामु निभाउनै नसकिने आगोको ज्वाला भई तगारोको रुपमा प्रस्तुत भएको सोभियत सङ्घ आमनेसामने हुँदै गएको छ । युरोपका थुप्रै देशहरूले झैँ स्टालिनको देश हिटलरका अगाडि घुँडा टेक्ने छैन भन्ने जोकोही पनि विश्वास गर्थे ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement