‘सिटीस्क्यान’ बिग्रिएको दुई वर्ष भयो, मर्मत गरिएन

तुलसीपुर (दाङ) । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष(आइसियू) छैन । यसले गर्दा गम्भीर प्रकृतिका बिरामीलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्था छ । लामो समयदेखि यसरी बिरामी रेफर गर्दा अस्पतालप्रति हेर्ने दृष्टिकोण नकारात्मक हुने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मोहम्मद नुरुल होदाले बताए । ‘अस्पतालाई रेफर सेन्टर भनेर ब्याङ्ग्य गर्ने गरिन्छ’, उनले भने, ‘आइसियू नहुँदा यसरी बिरामी रेफर गर्नुपर्ने अवस्था छ ।’ अस्पतालमा सिटीस्क्यान सेवाको पनि अभाव छ । उक्त उपकरण बिग्रिएको दुई वर्षभन्दा बढी भइसकेको छ । तर, त्यसको मर्मत हुन सकेको छैन । मर्मत खर्च निकै महँगो भएकाले त्यो मेसिन मर्मत नहुँदा त्यो सेवा पनि प्रभावित रहेको मेसु डा नोहाले जानकारी दिए । त्यस्तै हेमोडायलासिस सेवामा पनि चरम सङ्कट देखिएको छ । अस्पतालसँग भएका १६ डायलासिस मेसिनमध्ये हाल ९ वटा मात्र सञ्चालनमा छन् । बाँकी बिग्रिएका छन् । यसका कारण विपन्न परिवारका ९० जनाभन्दा बढी बिरामीले पालो कुरिरहेको उनले बताए । यी समस्याले गर्दा अस्पतालमा सेवा प्रभावमा केही असज भएको उनले बताए । अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेले पनि डायलासिस सेवामा देखिएको समस्या समाधानका लागि थप पहल आवश्यक रहेको जानकारी दिए । हाल अस्पताल १४१ श्ययामा सञ्चालित भए पनि यसले सञ्चालनको अनुमति भने ५० शैयाको छ । रासस
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

मदन बुढा : ‘कारागारमा पुस्तकालय’ अभियान चलाइरहेका जेनजी
काठमाडौँ । गत वर्ष भदौ २३ गतेको जेनजी आन्दोलनको अग्रपंक्तिमा देखिएका अनुहारमध्ये कोही सांसद–मन्त्री बनेका छन् । कतिपय अहिले पनि सडकमै छन् र सरकारलाई विभिन्न विषयमा खबरदारी गरिरहेका छन् । यी... ...

सलमान खानको प्रशंसा गर्दा टाइगर श्राफ बिश्नोई गिरोहको निशानामा परेको प्रहरी अनुसन्धानको खुलासा
मुम्बई । बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार गर्नुको पछाडि अभिनेता सलमान खानको प्रशंसा गरेको विषय पनि जोडिएको हुन सक्ने प्रहरी अनुसन्धानबाट खुलेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार, पक्राउ परेका... ...

सवारी दुर्घटना: ६ जनाको मृत्यु, २२९ घाइते
गएको २४ घण्टामा विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन्। यसअवधिमा गाडी दुर्घटनामा परेर २ सय २९ जना घाइते भएका प्रहरीले जनाएको छ। दुर्घटनामा परेर रुपन्देही, नवलपरासी, कास्की, स्याङ्जा, कैलाली र काभ्रेमा गरेर ८ जनाको मृत्यु भएको हो। दुर्घटनामा परेर काठमाडौँ उपत्यकामा १९ जना घाइते भएका छन्। त्यसैगरी बागमती प्रदेशका ब... ...

ट्रम्पद्वारा क्यानाडाली उत्पादनमा लगाइएको ५० प्रतिशत भन्सार महसुलको दायरा हेरफेर
न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा लगाइएको ५० प्रतिशत अतिरिक्त भन्सार महसुलको दायरा परिवर्तन गरेका छन् । शुक्रबार हस्ताक्षर गरिएको घोषणापत्रअनुसार केही वस्तुलाई महसुलको सूचीबाट हटाइएको छ भने केही नयाँ वस्तु थपिएका छन् । नयाँ व्यवस्था अक्टोबर ३० देखि लागू हुनेछ । ह्वाइट हाउसको वेबसाइटमा प्रकाशित घोषणापत्रअनुसार, क्यानाडाबाट अमेरिकामा आयात गरिने प्लाइवुडका पाता, केही कागजजन्य उत्पादन, निश्चित ...


