ट्रम्पद्वारा क्यानाडाली उत्पादनमा लगाइएको ५० प्रतिशत भन्सार महसुलको दायरा हेरफेर

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा लगाइएको ५० प्रतिशत अतिरिक्त भन्सार महसुलको दायरा परिवर्तन गरेका छन् । शुक्रबार हस्ताक्षर गरिएको घोषणापत्रअनुसार केही वस्तुलाई महसुलको सूचीबाट हटाइएको छ भने केही नयाँ वस्तु थपिएका छन् । नयाँ व्यवस्था अक्टोबर ३० देखि लागू हुनेछ । ह्वाइट हाउसको वेबसाइटमा प्रकाशित घोषणापत्रअनुसार, क्यानाडाबाट अमेरिकामा आयात गरिने प्लाइवुडका पाता, केही कागजजन्य उत्पादन, निश्चित प्रकारका मेसिनरी तथा रेफ्रिजरेसन उपकरण र प्याकिङका लागि प्रयोग हुने केही क्रेट तथा बाकसमा अब ५० प्रतिशत अतिरिक्त भन्सार महसुल लाग्ने छैन । यसको विपरीत, क्यानाडाबाट आयात गरिने केही प्रकारका भल्भ, गलैँचा, फोहोरजन्य उत्पादन तथा अन्य निश्चित सामग्रीमा भने ५० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाइनेछ । घोषणापत्रअनुसार, अक्टोबर ३० वा त्यसपछि अमेरिकामा उपभोगका लागि आयात गरिने वा भण्डारणबाट उपभोगका लागि निकालिने वस्तुमा संशोधित व्यवस्था लागू हुनेछ । घोषणापत्रमा भन्सार महसुलको दायरामा गरिएको परिवर्तनले अमेरिकी वाणिज्य क्षेत्रमा परेको भार वा बेफाइदालाई सन्तुलनमा ल्याउने उल्लेख छ । साथै, यो कदम अमेरिकी हित र सार्वजनिक हितअनुकूल रहेको दाबी गरिएको छ । ट्रम्प प्रशासनले क्यानाडाले अमेरिकी मोटरगाडी तथा तिनका पार्टपुर्जाको निर्यातमा गरेको भनिएको भेदभावपूर्ण र अनुचित व्यवहारको प्रतिक्रियास्वरूप अतिरिक्त भन्सार महसुल लगाइएको तर्क गरेको छ । यसअघि ट्रम्पले अगस्ट २२ मा क्यानाडाबाट आयात हुने करिब २० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा ५० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाएका थिए । अमेरिकी कदमको जवाफमा क्यानाडाले पनि सोही बराबर मूल्यका अमेरिकी वस्तुमा भन्सार महसुल लगाएको थियो । क्यानाडाको उक्त प्रतिकारात्मक कदम सेप्टेम्बर ८ देखि लागू भएको थियो । दुवै देशबीचको भन्सार विवादले उत्तर अमेरिकाका दुई प्रमुख व्यापारिक साझेदारबीचको आर्थिक सम्बन्धमा थप तनाव उत्पन्न गरेको छ । -सिन्ह्वा
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

एनपीएल खेल्न पाकिस्तानका कप्तान फर्हान नेपाल आइपुगे
काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र पाकिस्तान टी-२० टिमका कप्तान साहबजादा फर्हान नेपाल आइपुगेका छन् । शनिबार उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका... ...

हर्मुज जलमार्गमा विशाल तेलवाहक जहाज बारुदी सुरुङमा ठोक्किएर विस्फोट
दुईटा विशाल तेलवाहक जहाज शुक्रबार नौसैनिक बारुदी सुरुङमा ठोक्किएर विस्फोट भएका छन्। ...

दुई कार ठोक्किँदा एकको मृत्यु, छ घाइते
दुई कार आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। ...

छ महिनाभित्र जानकी आँखा अस्पतालको अवस्था सुधार गर्छौं : मनिष झा
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जनकपुरधामस्थित श्री जानकी आँखा अस्पताललाई ६ महिनाभित्र सुधार गरी व्यवस्थित बनाउने बताउनुभएको छ । अस्पतालको निरीक्षण गर्दै सांसद झाले अस्पतालको भौतिक संरचना, जनशक्ति व्यवस्थापन र आर्थिक सुशासनमा सुधार गरी ६ महिनाभित्र देखिने परिवर्तन ल्याउने बताउनुभएको हो । जनकपुरधामको पहिचानसँग जोडिएको जानकी आँखा अस्पतालमा पर्याप्त भौतिक संरचना र आर्थिक स्रोत हुँदाहुँदै पनि ...


