Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/साल्ट ट्रेडिङको सुपथ मूल्य पसलबाट आठ लाख रुपैयाँभन्दा बढीको खाद्यान्न बिक्री

साल्ट ट्रेडिङको सुपथ मूल्य पसलबाट आठ लाख रुपैयाँभन्दा बढीको खाद्यान्न बिक्री

10/29/2026, 8:17:22 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
साल्ट ट्रेडिङको सुपथ मूल्य पसलबाट आठ लाख रुपैयाँभन्दा बढीको खाद्यान्न बिक्री

काठमाडौं – चाडपर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, मकवानपुरले सञ्चालन गरेको सुपथ मूल्य पसलबाट आठ लाख रुपैयाँभन्दा बढीको खाद्यान्न बिक्री भएको छ । सरकारले तोकेको छुट मूल्यमा नुन, चिनी, तेल र मैदा बिक्री गर्दा दसैँ बिदाको अवधिसम्म उक्त कारोबार भएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख मधुसुधन अधिकारीका अनुसार गत असोज १ गतेदेखि सुरु गरिएको सुपथ मूल्यमा खाद्यान्न बिक्री कार्यक्रमअन्तर्गत सर्वसाधारणले बजार मूल्यभन्दा सस्तोमा दैनिक उपभोग्य वस्तु खरिद गरेका छन्। चाडपर्वका बेला उपभोक्तालाई राहत दिने उद्देश्यले सरकारले दिएको निर्देशनअनुसार छुट मूल्यमा खाद्यान्न बिक्री गरिएको उनले बताए । सुपथ मूल्य पसलबाट प्रतिव्यक्ति छ पोका नुन, छ किलो चिनी, पाँच लिटर तेल र पाँच किलो मैदा उपलब्ध गराउने व्यवस्था गरिएको थियो। सबै उपभोक्ताले समान रूपमा छुटको सुविधा पाऊन् भन्ने उद्देश्यले खरिदको सीमा निर्धारण गरिएको अधिकारीले जानकारी दिए । कार्यालयका अनुसार बजारको प्रचलित मूल्यभन्दा चिनीमा प्रतिकिलो पाँच रुपैयाँ, नुनमा दुई रुपैयाँ, मैदामा सात रुपैयाँ र तेलमा प्रतिलिटर सात रुपैयाँ छुट दिइएको थियो। यस अवधिमा ५० किलोका ६० बोरा चिनी, १० क्विन्टल नुन, सात क्विन्टल मैदा तथा ५०० लिटर तेल बिक्री भएको छ । चाडपर्व लक्षित सुपथ मूल्यमा खाद्यान्न बिक्री कार्यक्रम कात्तिक मसान्तसम्म सञ्चालन हुने कार्यालय प्रमुख अधिकारीले बताए। साल्ट ट्रेडिङले दसैँ, तिहार र छठपर्वलाई लक्षित गर्दै असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मकवानपुरसहित विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ। कम्पनीका अनुसार बिर्तामोड, विराटनगर, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, त्रिशूली, पोखरा र बागलुङमा उपभोक्तालाई छुट मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

सिरहामा ८४ किलोभन्दा बढी गाँजासहित दुई जना पक्राउ
ताजा खबरJust now

सिरहामा ८४ किलोभन्दा बढी गाँजासहित दुई जना पक्राउ

जनकपुरधाम । सिरहाको औरही गाउँपालिकाबाट प्रहरीले ८४ किलोभन्दा बढी गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा औरही गाउँपालिका–२ तुलसीपुरका ५३ वर्षीय छेदी दास र बरियारपट्टी गाउँपालिका–३ शिवनगरका ६५ वर्षीय... ...

रातोपाटी
बहुमत नपाएपछि धाँधली भएको नेतन्याहुको आरोप
ताजा खबरJust now

बहुमत नपाएपछि धाँधली भएको नेतन्याहुको आरोप

काठमाडौं । इजरायलमा भएको निर्वाचनको ९७ प्रतिशत मतगणना सकिँदा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लिकुड पार्टी नेतृत्वको गठबन्धनले बहुमत प्राप्त गर्न सकेको छैन । त्यसपछि नेतन्याहुले अरब पार्टीहरूमाथि चुनावमा धाँधली गरेको आरोप लगाएका छन् । नेतन्याहुले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिमा आतंकवादलाई समर्थन गर्ने र यहुदी राज्य समाप्त पार्न चाहने अरब पार्टीहरूले मत ‘चोरेको’ आरोप लगाएका हुन् । उनले घुसखोरी, धम्की, हिंसा, ...

केन्द्रबिन्दु
कांग्रेसका १९ पदाधिकारी र २१० केन्द्रीय सदस्यले आज शपथ लिँदै
ताजा खबरJust now

कांग्रेसका १९ पदाधिकारी र २१० केन्द्रीय सदस्यले आज शपथ लिँदै

१५औँ महाधिवेशनबाट चुनिएका पदाधिकारी र केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएसँगै पार्टीको नयाँ कार्यसमिति सक्रिय हुनेछ। ...

कान्तिपुर
बिजुली मर्मतका लागि राखिएको भर्‍याङ चढेर कैदी भागेपछि...
ताजा खबरJust now

बिजुली मर्मतका लागि राखिएको भर्‍याङ चढेर कैदी भागेपछि...

पाेखरा । कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय व्यतित गरिरहेका कैदी भागेको घटनाले कारागारको सुरक्षा व्यवस्थामाथि प्रश्न उब्जिएको छ । गत असोज ३१ गते राति २ः०० बजेतिर... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play